logo

लोकतन्त्रको बर्खिलाप हुनेगरि नेपाली कांग्रेसले कसैसंग सम्झौता गरेको छैनः सभापति द्विवेदी

      7/11/2020 गते 00 00 मा प्रकाशित     1139   पटक पढिएको


नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले  नेपाली कांग्रेस बिधि र बिधानका आधारमा चल्ने लोकतान्त्रिक पार्टी भएको बताउनु भएको छ ।

 

बीरगंज महानगर वडा नं १४ पिप्राको वाडा भेलालाई सम्बोधन गर्दै सभापति द्विवेदीले यस्तो बताउनु भएको हो ।
पार्टी कार्यकर्ता पंक्तिमाझ प्रशिक्षणात्मक मन्तब्य राख्दै सभापति द्विवेदीले पार्टीले स्थापना देखी अहिले सम्म लोकतन्त्रको खिलाफ हुने गरि कसैसंग कुने सम्झौता नगरेको प्रष्ट पार्नु भयो  ।

 

नेपालको प्रजातान्त्रिक आन्दोलनको यो कालखण्डमा धेरै पार्टीहरु बने र बिघठन भए उहाँले भन्नु भयो“ यो लोकतन्त्र प्रतिको निष्ठालेमात्र सम्भव भएको हो । 


नेपाली कांग्रेस बीरगंज महानगर वडा नं १४ का सभापति संजय साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, जिल्ला सदस्य रामबाबु कुर्मि,नेता रामनारायण कुर्मी ,क्षेत्रीय सभापति बिजय कुमार सर्राफ,सह सभापति अरबिन्द कुमार गुप्ता ,नगर सभापति भोला प्रसाद कलवार,ने बि सँघका पुर्ब केन्द्रीय सदस्य सुधिर पटेल,ने बि संघका पूर्व जिल्ला संयोजक  दिलिपराज कार्कि,ने बि संघ पर्साका कार्यवाहक अध्यक्ष  बिकेश पटेल,नेपाली काङ्ग्रेस नगर उपाध्यक्ष  बिशेशवर पटेल, जहुर आलम, शम्साह अन्सारी ,रामनारायण पटेल,आबिद अन्सारी ,मेराज आलम लगायतको उपस्थिति  रहेको थियो ।

 


        सो कार्यकर्ता भेलाले  साबिर अहमद अन्सारीको सभापतित्वमा वडा समिति गठन गरेको छ । समितिको उप सभापतिमा रहमतुल्लाह अन्सारी ,सचिव अफलाक अन्सारी ,सह सचिव सोयब अन्सारी ,कोषाध्यक्क्षमा रहमत अन्सारी रहनु भएको छ । समिति  १७ सदस्यीय बनेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

आर्थिक पत्रकारिता सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न

वीरगंज । नेपाल धितोपत्र बोर्डको आयोजनामा र नेपाल पत्रकार महासंघ, पर्साको सहकार्यमा एक दिने अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा उच्चस्तरीय समिति ,लगानीको वतवरण बनाइने

जनकपुरधाम । उधोग ब्यवसायको बिकासका निम्ति आवश्यक कानूनको प्रवन्ध र  समस्याहरुको अल गर्नकालागि मधेश सरकारले उच्चस्तरीय समिति बनाएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.