logo

अराजकताको मार्गमा बेलगाम लेखी, कानूनमन्त्री हुन तर गर्छन गैरकानूनी काम

 इसीमाना सम्वाददाता     २०८२ असार ११ गते ०७: ४७ मा प्रकाशित     1351   पटक पढिएको

वीरगंज  । मधेस प्रदेशका सञ्चार तथा गृहमन्त्री राजकुमार लेखीका मधेश प्रदेशकै सरकार बिवादीत र आलोचीत बन्दै छ ।

 

 लेखीले मिडिया काउन्सिलको कार्यकवाहक अध्यक्ष तोकेर गैर कानूनी काम गरेपछी मधेश प्रदेश सरकारनै बिवादमा परेको हो । 


लेखीले मिडिया काउन्सिलका सदस्य सुरेश यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन । तर  प्रदेश  संचार सम्बन्धी ऐनमा मिडिया काउन्सिलमा कार्यवाहक अध्यक्षको परिकल्पना नै गरिएको छैन ।

 

ऐनको दफा ९ मा आम संचार प्राधिकरणको अध्यक्ष पद कुनै कारणले खाली भएमा अर्को ब्यवस्था नभए सम्मकालागि मनत्रालयले कार्यवाहक अध्यक्ष तोक्न सक्ने प्रवन्ध रहेको छ । तर मिडिया काउन्सिलको बिषयमा ऐनमा केही बोलिएको छैन ।

 

मधेश सरकारको गृह संचार तथा कानून मन्त्रालयका प्रवक्ता गणेश नायकले समेत मिडिया काउन्सिलमा ऐनले कार्यवाहक अध्यक्षको ब्यवस्था नगरेको स्वीकार गरे । उनले भने मन्त्रीजीले दिनु भयो तर एनमा भने ब्यवस्था छैन ।

 

ऐनमा अनेकौ समस्या रहेका छन त्यसलाई संशोधन परिमार्जन गरे सच्याउने दिशामा मन्त्रीको ध्यान गएको देखिदैन तर कानूनमै नभएको ब्यवस्था लागू गरेर उनले मधेश सरकारलाई आलोचना गर्नु पर्ने अवस्था सृजना गरेका छन । 

May be an image of 4 people, dais and text


लेखी नेकपा एमालेका केन्द्रीय सदस्य पनि हुन । उनको कार्यसम्पादन देखेर पार्टी र प्रेस चौतारी नेपालले गम्भिर आलोचना गरेका छन । कतिपय बिषय त सार्वजनीक समेत भएका छन ।

 

पार्टीको निर्देशन बेगर अराजकरुपमा हिडेका लेखीको कदम सरकार संचालनमा पनि सबै मान्य मूल्य र मान्यताको खिलाफमा छन ।

 

कानूनको शासन लागू गर्ने जिम्मेवारी बोकेको मनत्रालयको मन्त्रीको काम नै गैरकानूनी भएपछि यो सरकारले सुशासन ,बिकास, पारदर्शीताका पक्षमा गरेको प्रतिवद्धता केवल हात्तीको देखाउने दाँत भएका छन । 

उनी नेकपा एमालेबाट मधेश प्रदेशको गृह तथा सञ्चारमन्त्री भएका हुन् कि अन्य पार्टीबाट भएका हुन् भनेर एमाले निकटका पत्रकारहरु नै यतिबेला दोधारमा परेका छन् ।

 

उनले पछिल्लो समय मिडिया काउन्सिलमा चारजनालाई नियुक्ति दिएका थिए ।


उनले मिडिया काउन्सिलमा नियुक्त गरेका चारै जना एमाले निकट नरहेको प्रेस चौतारी मधेश प्रदेशका जिम्मेवार व्यक्तिले नै बताउन थालेका छन् ।

 

 मन्त्री लेखीले मिडिया काउन्सिल मधेश प्रदेशको सदस्यमा नियुक्त गरेको एकजना महिलाले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यलाई नै दुर्व्यवहार गरेपछि यो विषयले झनै चर्चा पाएको छ ।

मिडिया काउन्सिलमा नियुक्त सदस्यले समाचारको बिषयमा पत्रकारलाई  दुर्व्यवहार  गरेको बिषयमा मुलुकको प्रमुख संगठन प्रेस चौतारी नेपालले बिज्ञप्ति जारी गरेर झालाई कारवाही गर्न माँग गरेको छ ।

 

काउन्सिल सदस्य झाले आफनो पदीय मर्यादा अनुरुपको आचारण नगरेको भन्दै चौतारीले कारवाही माँग गरेको हो । झाले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका बख्तियार अलिलाई समाचार डिलिट गर्न भन्दै दुर्व्यवहार गरेको आरोप लागेको छ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.