logo

सकारात्मक आध्यात्मिक चिंतन र सदाचारबाट नै जीवनमा शान्ति आउछ - प्रजिअ पौडेल

      5/31/2018 गते 00 00 मा प्रकाशित     1196   पटक पढिएको

बीरगंज १७ जेठ । 
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व धुम्रपान निषेध दिवसको अवसर पारी जनचेतनामुलक चरित्र निर्माण चित्र प्रदर्शनी तथा विचार गोष्ठि कार्यक्रम बिहिवार मुरली बगैंचा बीरगंजमा सम्पन्न गरेको । 


ब्रह्माकुमारी रविना दिदीले आजको दिनमा विश्वमा शान्ति अहिंसा र भाइचाराको स्थापनाकालागि संसारभर जनचेतना मुलुक कार्यक्रम गरिएको जानकारी दिइन । दिदीले सकारात्मक चिंतन र आन्तरिक शक्तिको विकास गरी धुम्रपान लगायत जुनसुकै कुलत या विसंगतिबाट पनि दिर्घकालीन मुक्ति हासिल गरी आफ्नो अमुल्य जीवनको आनन्द लिन सक्ने बताइन  ।

तम्बाकु मुक्ति जनचेतनामूलक चित्र प्रदर्शनी समेत गरीएको उक्त अवसरमा पर्सा प्रजिअ लोक नाथ पौड्याल र प्रहरी उपरिक्षकहरु त्रय (जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक समेत) लाई ब्रह्माकुमारी रविना दिदीले पुष्पगुच्छा र ईश्वरीय सौगात प्रदान गरी स्वागत गरेकी थिइन । 

कार्यक्रममा प्रजिअ लोक नाथ पौड्यालले समाजमा शान्ति सुव्यस्था र अमनचयनको स्थापना गरी नागरिकहरुलाई विकृति विसंगतिबाट मुक्त गराई सुरक्षित र स्वतन्त्रतापूर्वक जीवनयापन गराउने प्रशासनकोे जिम्मेवारी रहेको बताए ।

 

सुसंगत समाज निर्माणकालागि ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रहरुबाट विभिन्न अवसरमा आयोजना गरिने यस्ता जनचेतनामूलक तथा आध्यात्मिक कार्यक्रमहरुबाट निकै सहयोग पुग्नेहुदा यो निकै सराहनिय र समय सान्दर्भिक रहेको बताए  । उनले  संस्थाद्वारा प्रदान गरिने सकारात्मक आध्यात्मिक चिंतन र सदाचारबाट नै जीवनमा शान्ति खुशी र आनन्दको अनुभूति गर्न सकिने बताए  ।


कार्यक्रममा प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज शाह, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका प्रहरी उपरिक्षक टिका प्रसाद पोखरेल, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य वीरेन्द्र यादव, रेडक्रस पर्साका उपाध्यक्ष मधु राणाको सहभागिता रहेको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

अराजकताको मार्गमा बेलगाम लेखी, कानूनमन्त्री हुन तर गर्छन गैरकानूनी काम

वीरगंज  । मधेस प्रदेशका सञ्चार तथा गृहमन्त्री राजकुमार लेखीका मधेश प्रदेशकै सरकार बिवादीत र आलोचीत बन्दै छ ।

सदरमुकाममै छैन सार्वजनिक शौचालय तर वर्षौ अगाडि भयो खुला दिशामुक्त घोषणा

सिरहा । सिराह जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भएको वर्षै भइसकेको छ । अचम्म त के भने खुला दिशामुक्त भएको सिराह जिल्लाको सदरमुकाम सिराहमा एउटा पनि सार्वजनीक शौचालय छैन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.