logo

अश्वमेध महायज्ञको लागि २  सय ५१ कुण्डीय यज्ञ शाला निर्माणकार्य आजदेखि शुरु 

      2/24/2019 गते 00 00 मा प्रकाशित     965   पटक पढिएको

वीरगन्ज १२ फागुन  ।
वीरगन्जमा हुन लागेको अवश्यमेध गायत्री महायज्ञको लागि २ सय ५१ कुण्डीय यज्ञशालाको निर्माण कार्य आजदेखि शुरु भएको छ । आर्दशनगर रगंशालामा आयोजन गरिएको महायज्ञको लागि २ सय ५१ कुण्डीय यज्ञ शाला निर्माणको पुजन आईतबार भव्य रुपमा भएको छ । 


महायज्ञ आयोजन समिति वीरगन्जका संयोजक एव वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, महानगरपालिकाका प्रमुख प्रशासकीय  अधिकृत डा.भिष्म भुषालले संयुक्त रुपमा यज्ञ कुण्डको विधिवत रुपमा पुजापाठ गरी शुरुवात गरेका हुन ।

 

आज चारवटा यज्ञकुण्ड तयारी गरि प्रारम्भ गरिएको छ, कुण्ड यज्ञ पुजनमा मुख्य जजमानको रुपमा रहेका मनोज दास र विशाल पटवारीको पनि सहभागिता रहेको थियो । यज्ञ कुण्डको विधिवत पुजन भएपछि आजदेखि २ सय ५१ यज्ञ कुण्ड निर्माण कार्य प्रारम्भ हुने छ ।


महायज्ञको पूर्व सन्धयामा सम्पूर्ण यज्ञकुण्ड तयारी हुने आयोजक समितिले जनाएको छ । यज्ञ कुण्डको पुजन शान्तिकुन्ज हरिद्धार भारतबाट आएकी ब्रहमवादणी महिला टोलीले विधिपूर्वक पुजापाठ गरी यज्ञको प्रारम्भ गराएका हो ।

 

ब्रहमवादणी टोलीकी प्रमुख श्यामा राठौरको नेतृत्वमा रहेको महिला टोलीले पुजापाठ गरेका थिए । कुण्ड पुजनमा बोल्दै वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महायज्ञ सफल बनाउन तथारुकताका साथ लाग्न स्वंयसेवकहरुलाई आग्रह गरेका छन । 


हामीले स्वंयसेवकको लागि हरेक सुविधाको व्यवस्था मिलाएका छौ, तर पनि खाना, बस्नमा केही कठिनाई भएतापनि राष्ट्रको सम्बृद्धि, मनुष्यको शिघ्र स्वास्थ्य, धर्मको उत्थानको लागि हुन गईरहेको अश्वमेध गायत्री महायज्ञलाई सफल बनाउन हातेमालो गरेर अगाडि  बढन सवैमा उनले आग्रह गरे ।

 

नेपालको भूमी वीरगन्जमा पहिलो पटक हुन गईरहेको अश्वमेध गायत्री महायज्ञ गौरवको विषय हो उनले भने, सवैको प्रेरणा र सहयोगले हुन गईरहेकोले यसलाई सफल बनाउन हामी दिनरात लाग्न जरुरी रहेको बताए । 


महायज्ञ सफल बनाउन पर्साका सम्पूर्ण सुरक्षा निकायहरु पनि लागि परेको बताउदै महायज्ञमा सहभागि हुन आउँने पाहुनाको स्वागतको लागि वीरगन्जको मुख्यनाका अत्याधिक भिड हुने भएकोले अन्य नाकाबाट पनि प्रवेश गराउने सुरक्षा व्यवस्था मिलाउने काम भईरहेको उनले बताए ।

 

यज्ञ कुण्ड प्रारम्भ पुजन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत  भुषालले भने, महायज्ञ सफल बनाउन गायत्री माताले हामीलाई जिम्मेवारी दिनु भएको छ, यो हाम्रो लागि सौभाग्यको कुरा रहेकोले यसको सफलताको लागि महानगरपालिका निरन्तर लागि पर्ने छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

मुख्यमन्त्री सिंहको नेतृत्वमा उच्चस्तरीय समिति ,लगानीको वतवरण बनाइने

जनकपुरधाम । उधोग ब्यवसायको बिकासका निम्ति आवश्यक कानूनको प्रवन्ध र  समस्याहरुको अल गर्नकालागि मधेश सरकारले उच्चस्तरीय समिति बनाएको छ ।

अराजकताको मार्गमा बेलगाम लेखी, कानूनमन्त्री हुन तर गर्छन गैरकानूनी काम

वीरगंज  । मधेस प्रदेशका सञ्चार तथा गृहमन्त्री राजकुमार लेखीका मधेश प्रदेशकै सरकार बिवादीत र आलोचीत बन्दै छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.