logo

कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव ब्यवस्थापनमा स्थानीयको अवरोध

      7/28/2020 गते 00 00 मा प्रकाशित     1010   पटक पढिएको

कोरोना संक्रमणबाट वीरगञ्जमा मृत्यु भएका भारतीय व्यापारीको शव गएको मध्यराति गाडिएको छ । मृतक भारतीय नागरिक सहित पाँच जना संक्रमितको शव व्यवस्थापन छुट्टा छुट्टै तीन ठाउँमा गरिएको छ ।

 

स्थानीयको विरोधकै कारण कोरोना विशेष अस्पतालमा साउन ११ गते बिहान  मृत्यु भएका भारतीय नागरिकको शव व्यवस्थापनमा समस्या भएको थियो ।

 

१२ गते मध्यरातमा तिलावे खोलाको किनारमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शवलाई खाल्डोमा गाडेको हो । शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको भएपनि स्थानीयले अवरोध गरेपछि प्रहरीले पनि सहयोग गर्दै आएको छ ।

 

स्थानीय प्रशासन र महानगरपालिकाले भनेको स्थानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि राती तिलावेमा संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिनुभयो । १२ गते वीरगञ्ज–३१ बेल्वाको जंगलमा शव व्यवस्थापनका लागि गएको नेपाली सेनाको टोलीलाई स्थानीयले बाटैमा रोकेका थिए ।

 

जेसिबी र ट्याक्टरसहित तोकिएको स्थानमा खाल्डो खन्न जान लागेको सेनाको टोलीलाई वीरगञ्ज–३२ टेढाका स्थानीयले बाटैमा रोकेका हुन् । गाउँको नजिक कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नदिने अडान स्थानीयले राखेका थिए ।

 

नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति कर्णेल मदनजंग राणा उपयुक्त स्थानको छनौट नहुँदा शव व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो । गाउँदेखि टाढा निकुञ्जको जंगलमा लगेर शव गाड्दा स्थानीयले आपत्ती जनाउन नहुने उहाँले बताउनुभयो ।

 

दुई दिनअघि स्थानीयले विरोध गर्दा अब फेरि त्यस ठाउँमा शव व्यवस्थापन नगर्ने मौखिक सहमति भएको स्थानीय जनप्रतिनिधिले बताए । स्थानीयवासी, राजनीतिक दलका स्थानीय नेता र जनप्रतिनिधिसँग समन्वय गरेर मात्रै शव व्यवस्थापनको निर्णय लिनुपर्ने उहाँको सुझाव छ ।

 

स्थानीय प्रशासनले भने स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर शव लैजाँदा समेत अवरोध भएको जनाएको छ । १० गते पनि स्थानीयले भित्री जंगलमा शव गाड्दा आपत्ती नहुने बताए पनि हिजो बाटैमा रोकेको सेनाको भनाइ छ । नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति कर्णेल मदनजंग राणा उपयुक्त स्थानको छनौट नहुँदा शव व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.