logo

राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २३ गते ०९: ०८ मा प्रकाशित     974   पटक पढिएको

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।

May be an image of 1 person, dais and text

नेपाल पत्रकार महासंघको आयोजनामा मंगलबार भएको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले वैशाख १५ गतेको घटनामा ज्यान गुमाएका सविन महर्जनको नाम लिएर, उक्त आन्दोलन प्रतिगामी र सत्ता उल्ट्याउने उद्देश्यले गरिएको आन्दोलन भएको दाबी गरे। उनीहरूले सके त्यो दिन अराजकता फैलाएर यस्तो भयावह अवस्था सिर्जना गर्थे कि काठमाडौं राजावादीको हातमा गयो भनेर सिंहदरबार आत्मसमर्पण गर्नुपर्ने अवस्था आउँथ्यो,उनले भने।

May be an image of 1 person and dais
मन्त्री गुरुङले आन्दोलनमा ज्यान गुमाउने व्यक्तिको आर्थिक वा सामाजिक पृष्ठभूमिको आधारमा नभई राजनीतिक विचारधाराको मूल्यांकन हुनुपर्ने उल्लेख गरे। लोकतन्त्र मासेर राजतन्त्र ल्याउने उद्देश्यले गरिएको आन्दोलनमा ज्यान गुमाएकालाई सहिद भन्न मिल्दैन, उनले जोड दिए।

May be an image of 9 people and text

त्यस्तो आन्दोलनमा जाने धनी होस् कि गरिब जुनसुकै वर्गको मान्छे भए पनि त्यसले गरेको राजनीतिक विचारको समर्थन गर्‍यो भन्ने कुरा आउने उनले बताए।

 

 उनले भने, ‘लोकतन्त्रको समर्थन गर्‍यो कि अधिनायकतन्त्रको ? हामीजस्तै मान्छेहरू के भन्छन् फेरि लोकतन्त्र मासेर राजतन्त्र ल्याउँछु भनेर लागेको आन्दोलनकारी मर्‍यो, त्यसलाई चाहिँ सहिद गर्नुपर्‍यो रे।’

May be an image of 16 people, people studying, dais and text

यो कुरा पनि लोकतन्त्रवादी र गणतन्त्रवादीबाट आएको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘यो कुरा लोकतन्त्रवादी र गणतन्त्रवादीले भनिदिएपछि राजनीतिको यो नौटंकी कहिले समाप्त हुन्छरु’, उनले प्रश्न गरे। 

उनले ०४६ र ०६२र६३ का जनआन्दोलनमा मारिएका व्यक्तिहरूलाई पनि पूर्व राजा ज्ञानेन्द्र शाहले सहिद घोषणा नगरेको स्मरण गराउँदै भने, “हाम्रो सरकार आएपछि मात्रै उनीहरूलाई सहिद घोषणा गरिएको हो।”

May be an image of 6 people, people studying and text that says 'विश्वसनीय पत्रकरिताकालागि सूचनाको हकको प्रयोग अन्तरक्रिया कार्यक्रम 2002 वेशास 23 काठमाडो ラ味 राष्टय आरील លព ជាតស្ឋាន ಬಿజ H0D @p_ @p_dhaulakoty ulak'
मन्त्री गुरुङले  सरकारले बनाउने कानूनहरुका बिषयमा चर्चा गर्दै नेपाल पत्रकार महासंघ सहितका सरोकारवालासंग परामर्श गरेर निर्माण गरिने प्रतिवद्धता जनाए ।

पत्रकार सुरेश रजकको विषय भने पृथक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले राज्यले प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्धता राख्ने बताए।

May be an image of 8 people, people studying and text that says 'Crisis of Public trust •Solution: Evidence-based impactful public nterest RTI support to; •Accuracy: verified/ /authentic data, information, records, and process. •Transparency: source evidence behand the story. ·Independence:not ndependence:inotdegende not dependentto onside, Biased unverified sources •Publicinterest: interest: in agenda- public concerns and civil society •Public partnership. @p_dhaulakoty'
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दहालले बिश्वसनीय पत्रकारिताकालागि सूचनाको हकको प्रयोगका बिषयमा प्रकाश पारेका थिए ।

 

सूचना बिभागका प्रमुख  आयुक्त डा. सुरेश आचार्यले सूचनाको हकको प्रयोगको अवस्था यसको आवश्यकता र औचित्यका बिषयमा प्रकाश पारेका थिए । महासंघका बरिष्ठ उपाध्यक्ष् दीपक आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव रामप्रसाद दाहालले गरेका थिए ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.