काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।
नेपाल पत्रकार महासंघको आयोजनामा मंगलबार भएको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले वैशाख १५ गतेको घटनामा ज्यान गुमाएका सविन महर्जनको नाम लिएर, उक्त आन्दोलन प्रतिगामी र सत्ता उल्ट्याउने उद्देश्यले गरिएको आन्दोलन भएको दाबी गरे। उनीहरूले सके त्यो दिन अराजकता फैलाएर यस्तो भयावह अवस्था सिर्जना गर्थे कि काठमाडौं राजावादीको हातमा गयो भनेर सिंहदरबार आत्मसमर्पण गर्नुपर्ने अवस्था आउँथ्यो,उनले भने।
मन्त्री गुरुङले आन्दोलनमा ज्यान गुमाउने व्यक्तिको आर्थिक वा सामाजिक पृष्ठभूमिको आधारमा नभई राजनीतिक विचारधाराको मूल्यांकन हुनुपर्ने उल्लेख गरे। लोकतन्त्र मासेर राजतन्त्र ल्याउने उद्देश्यले गरिएको आन्दोलनमा ज्यान गुमाएकालाई सहिद भन्न मिल्दैन, उनले जोड दिए।
त्यस्तो आन्दोलनमा जाने धनी होस् कि गरिब जुनसुकै वर्गको मान्छे भए पनि त्यसले गरेको राजनीतिक विचारको समर्थन गर्यो भन्ने कुरा आउने उनले बताए।
उनले भने, ‘लोकतन्त्रको समर्थन गर्यो कि अधिनायकतन्त्रको ? हामीजस्तै मान्छेहरू के भन्छन् फेरि लोकतन्त्र मासेर राजतन्त्र ल्याउँछु भनेर लागेको आन्दोलनकारी मर्यो, त्यसलाई चाहिँ सहिद गर्नुपर्यो रे।’
यो कुरा पनि लोकतन्त्रवादी र गणतन्त्रवादीबाट आएको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘यो कुरा लोकतन्त्रवादी र गणतन्त्रवादीले भनिदिएपछि राजनीतिको यो नौटंकी कहिले समाप्त हुन्छरु’, उनले प्रश्न गरे।
उनले ०४६ र ०६२र६३ का जनआन्दोलनमा मारिएका व्यक्तिहरूलाई पनि पूर्व राजा ज्ञानेन्द्र शाहले सहिद घोषणा नगरेको स्मरण गराउँदै भने, “हाम्रो सरकार आएपछि मात्रै उनीहरूलाई सहिद घोषणा गरिएको हो।”
मन्त्री गुरुङले सरकारले बनाउने कानूनहरुका बिषयमा चर्चा गर्दै नेपाल पत्रकार महासंघ सहितका सरोकारवालासंग परामर्श गरेर निर्माण गरिने प्रतिवद्धता जनाए ।
पत्रकार सुरेश रजकको विषय भने पृथक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले राज्यले प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्धता राख्ने बताए।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दहालले बिश्वसनीय पत्रकारिताकालागि सूचनाको हकको प्रयोगका बिषयमा प्रकाश पारेका थिए ।
सूचना बिभागका प्रमुख आयुक्त डा. सुरेश आचार्यले सूचनाको हकको प्रयोगको अवस्था यसको आवश्यकता र औचित्यका बिषयमा प्रकाश पारेका थिए । महासंघका बरिष्ठ उपाध्यक्ष् दीपक आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव रामप्रसाद दाहालले गरेका थिए ।
तपाईको प्रतिक्रिया