logo

 मिस्टर नारायणीको उपाधी लामालाई

      3/25/2017 गते 00 00 मा प्रकाशित     1381   पटक पढिएको

वीरगंज १२ चैत्र । मिस्टर नारायणी श्री खुल्ला सुगठन प्रतियोगिताको उपाधि मनिस मान लामाले हात पारेका छन् ।
फिटनेश स्टुडियो नेपालको आयोजनामा आज वीरगंजको नेशनल मेडिकल कलेजमा भएको खुल्ला शारीरिक सुगठन प्रतियोगिताको नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध÷निर्देशक बसरुदिन अंसारी, नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्यायले संयुक्त रुपमा उदघाटन गरेका थिए  ।
प्रतियोगितामा आलोक मिश्रा द्वितिय, सुरेश राजबंशी तृतिय र अजय कुमारले चौथो स्थान हासिल गरे ।  नेशनल मेडिकल कलेजका प्रबन्ध÷निर्देशक बसरुदिन अंसारीले  प्रतियोगिताका प्रथम विजेतालाई रु. १ लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार र चौथोलाई २० हजार नगद, प्रमाणपत्र सहित मेडलल सम्मान गरे ।
 प्रतियोगितामा नारायणी अञ्चल भरीका ५५, ६०, ६५, ७० केजी समुहका २२ जनाले सहभागीता जनाएका थिए । 
कार्यक्रममा पर्साका प्रहरी उपरिक्षकद्वय गोबिन्द कुमार साह र रबिन्द्र ठाकुर, एसियन डिष्टिलरीका उदय बिष्ट, वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, नेपाल तेक्वान्डो संघका केन्द्रीय सदस्य शिवशंकर पटेल, लगायतको विशेष उपस्थिति रहेका थियो ।
प्रतियोगिताका विजेतालाई मलेसिया, सिंड्डापुर ५ दिनका लागि भ्रमणको व्यवस्था समेत गरिएको आयोजकले जनाएका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.