logo

ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठको निर्देश ,हरेक शुक्रवार एक घण्टा पढाई बाँकी समय खेलकुद अनिवार्य

 इसीमाना सम्वाददाता     २०८१ फागुन १३ गते ०८: ४९ मा प्रकाशित     474   पटक पढिएको

ठोरी । ठोरी गाउँपालिकाको आयोजनामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलवार भव्य रूपमा सम्पन्न भएको छ । 

समापन समारोह गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा  जसमा विजयी विद्यालयका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो
। 
प्रतियोगितामा श्री सरस्वती मा.वि, गौतमनगरले १० स्वर्ण, १३ रजत र ७ कास्य पदक जित्दै पहिलो स्थान हासिल गर्यो ।

श्री नेपाल राष्ट्रिय मा.वि, ओडारले ८ स्वर्ण, १ रजत र ५ कास्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्यो भने श्री ज्ञान बाटिका मा.वि, सुवर्णपुरले ५ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेर उत्कृष्ट प्रदर्शन गर्यो । 


लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शील्ड जित्न सफल श्री सरस्वती मा.वि, गौतमनगरले शिल्ड स्थायी रूपमा आफ्नो बनाएको छ ।

समापन समारोहमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आगामी वर्षदेखि विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री उपलब्ध गराउने घोषणा गरेका छन । 

 साथै, ठोरीका २१ वटै विद्यालयलाई हरेक शुक्रबार एक घण्टा मात्र पढाई गरेर बाँकी समय खेलकुदमा समर्पित गर्न निर्देशन दिएका छन  । फागुन ११ गते सुरु भएको प्रतियोगिता मंगलवार समापन भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.