logo

ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठको निर्देश ,हरेक शुक्रवार एक घण्टा पढाई बाँकी समय खेलकुद अनिवार्य

 इसीमाना सम्वाददाता     २०८१ फागुन १३ गते ०८: ४९ मा प्रकाशित     656   पटक पढिएको

ठोरी । ठोरी गाउँपालिकाको आयोजनामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलवार भव्य रूपमा सम्पन्न भएको छ । 

समापन समारोह गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा  जसमा विजयी विद्यालयका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो
। 
प्रतियोगितामा श्री सरस्वती मा.वि, गौतमनगरले १० स्वर्ण, १३ रजत र ७ कास्य पदक जित्दै पहिलो स्थान हासिल गर्यो ।

श्री नेपाल राष्ट्रिय मा.वि, ओडारले ८ स्वर्ण, १ रजत र ५ कास्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्यो भने श्री ज्ञान बाटिका मा.वि, सुवर्णपुरले ५ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेर उत्कृष्ट प्रदर्शन गर्यो । 


लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शील्ड जित्न सफल श्री सरस्वती मा.वि, गौतमनगरले शिल्ड स्थायी रूपमा आफ्नो बनाएको छ ।

समापन समारोहमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आगामी वर्षदेखि विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री उपलब्ध गराउने घोषणा गरेका छन । 

 साथै, ठोरीका २१ वटै विद्यालयलाई हरेक शुक्रबार एक घण्टा मात्र पढाई गरेर बाँकी समय खेलकुदमा समर्पित गर्न निर्देशन दिएका छन  । फागुन ११ गते सुरु भएको प्रतियोगिता मंगलवार समापन भएको हो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.