logo

एपिएफलाई हराउँदै सङ्कटा सेमिफाइनलमा

      4/23/2017 गते 00 00 मा प्रकाशित     1509   पटक पढिएको

वीरगञ्ज, १० बैशाख  ।
                               सिएमजी संकटा क्लब, वीरगञ्जमा जारी प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको सेमिफाईनलमा प्रवेश गरेको छ । मर्मत संभारको अभावमा जीर्ण बनेको नारायणी रंगशालामा आईतबार भएको खेलमा विभागिय टोली सशस्त्र प्रहरीको एफिएफलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । 
                           निकै प्रतिश्पर्धात्मक खेलमा संकटाका लागि दुवै गोल जर्सी नं ९ का राज पौडेलले गरे । उनले पहिलो हाफ हुन २ मिनेट बाँकी छँदा पहिलो गोल गरेका राजले खेलको  ४७ औं मिनेटमा दोस्रो गोल गरेका थिए । उनी नै आईतबार म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार हात पारे । सिएमजीका जर्सी नं ३ प्याट्रिक जोन, र जर्सी न ४ का पिटर सेगनले पहेंलो कार्ड खाएका थिए ।

                             सोमबार विजय युथ कल्ब हेटौडा र नव जनजागृति युवा क्लब सिमराबीच खेल हुने प्रतियोगिताका संयोजक रोशन कुमार कलवारले जानकारी दिए । 


तस्विरहरु: मनिष पौडेल

Photo: Manish Paudel

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

दुई वालिका मृत्यु प्रकरण ,इट्टा उधोगका संचालक साहलाई कारवाही गर्न स्थानीयको माँग

वीरगञ्ज । इट्टा उत्पादनका क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुवेर पर्सामा दुई बालिकाको ज्यान गएको छ । पर्सागढी नगरपालिकाको वडा नं ५ बहुअर्वास्थित हिरा इट्टा भट्टाको खाल्डोमा पुरिएर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

मधेश प्रदेशका तत्कालीन सचिव श्रेष्ठसहित १४ बिरुद्ध बिशेष अदालतमा  मुदा दायर,१९ करोड ४६ लाख १३ हजार बिगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठसहित १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालि उपर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.