logo

प्रमाण सहित पुष्टि गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई पर्सा कांग्रेसको चुनौती, प्रधानमन्त्रीलाई बुझायो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १४ गते १०: १० मा प्रकाशित     235   पटक पढिएको

वीरगंज । नेपाली कांग्रेस पर्साले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई कारवाहीको माँग गर्दै पर्साको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।


पार्टीको सबै सहमहामन्त्रीलाई बदनाम गर्ने गरि शुक्रवारको प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष  लिङदेनले भाटभटेनी लुटपाटको घटना सम्बन्धमा राखेको धारणा विरुद्व कारवाहीको मांग गर्दै  प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

 

नेपाली कांग्रेस पर्साले ज्ञापन मार्फत राप्रपा अध्यक्ष लिङ्देनलाई आफनो अभिब्यक्तिलाई प्रमाणका आधारमा पुष्टि गर्न समेत चुनौती दिएको छ । 


 चैत १५ गते राजावादीको आन्दोलनको नाममा जनताको धन लुट्ने पत्रकारको हत्या गर्ने घटनाका कारण जनताबाट तिरस्कृत हुनु परेको बेला षडयन्त्र गर्दै लिङ्देनले दिएको बक्तब्य प्रति माफी माग्नु पर्ने नेपाली कांग्रेसले उल्लेख गरेको छ ।

 

कांग्रेस पर्साले लिङ्देनको गैरराजनीति प्रमाण बिनाको अभिव्यक्तिले पार्टीका सबै सहमहामन्त्रीको  प्रतिष्ठा माथी नै आँच आउने काम भएकाले प्रमाण दिन नसके लिङदेनलाई कारवाही हुनुपर्ने मांग अघि सारेको छ ।


नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष राम नारायण कुर्मीको नेतृत्वमा गएको नेपाली कांग्रेस पर्साको टोलीले पर्साका प्रजिअलाई ज्ञापन बुझाएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

स्रोत नखुलेको  ३२ लाख ३५ हजार रुपैयाँसहित  एक भारतीय नागरिक पक्राउ

मलंगवा । प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६, खुटौनाबाट स्रोत नखुलेको ३२ लाख बढी रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.