logo

फुटबलको माहोल फर्किने आशा

      4/30/2017 गते 00 00 मा प्रकाशित     1786   पटक पढिएको

वैशाख १८, २०७४ । डेढ दशकपछि वीरगन्जमा आयोजना भएको विशाल मेमोरियल गोल्डकपको फाइनलमा चर्को घामका बावजुद पनि दर्शक ओइरिए । दर्शक टिकट काटेरै खेलाडीको उत्साह बढाउन रंगशाला आएका थिए । घरेलु टिम नकआउट चरणबाटै बाहिरिए पनि स्थानीयमा प्रतियोगिताप्रतिको आकर्षण घटेको थिएन । फाइनलमा पुगेका टिम त्रिभुवन आर्मी र सीएमजी संकटा क्लब काठमाडौंको खेल हेर्न आएका वीरगन्ज पावरहाउस निवासी आनन्द उपाध्याय निकै उत्साहित देखिन्थे ।

उनले लामो अन्तरालपछि वीरगन्जमा राष्ट्रियस्तरको फुटबल हेर्न पाउँदा मन प्रफुल्ल भएको बताए । सबै उमेरका खेलकुदप्रेमी चर्को घाम छिचोल्दै नारायणी रंगशालामा खेल हेर्न आएका थिए । ‘यस्तो प्रतियोगिताले खेलप्रति युवाको आकर्षण बढाउँछ,’ उनले भने, ‘आफ्नै सहरमा करिब १६ वर्षदेखि फुटबल नहुँदा मन उकुसमुकुस भएको थियो ।’
 

प्रतियोगितामा सहभागी आठवटै टिमका खेलाडीले सम्भवतस् पहिलोपटक नारायणी रंगशालामा खेल्ने अवसर पाएका थिए । ठूलो मैदान र सानदार प्यारापिट हुँदाहुँदै पनि यतिका वर्ष किन यहाँ फुटबल आयोजना भएन रु भन्ने जिज्ञासा राखेका थिए विभागीय टिम नेपाल पुलिसका कप्तान जुमनु राईले । ‘आर्थिक तथा व्यापारिक केन्द्र वीरगन्जमा नियमित प्रतियोगिता भए राम्रा खेलाडी उत्पादन हुन सक्छन्,’ उनले भने ।
 

यसैगरी त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले आफू खेलाडी हुँदाका दिन सम्झिए । ‘झन्डै दुई दशक अगाडि यही रंगशालामा इन्डियन एयरलाइन्सविरुद्ध जनकपुर चुरोट कारखानाको टिमबाट मैले खेलेको थिएँ,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा न्यौपानेले विगत सम्झँदै भने, ‘त्यतिखेर यहाँको माहोल गज्जब थियो, चारवटै प्यारापिटमा दर्शक खचाखच भरिएका थिए ।’ अहिले पूर्व र पश्चिमका प्यारापिट मात्र बस्न लायक छन् । दक्षिण र उत्तरका प्यारापिटलाई प्राविधिकले बस्न अयोग्य ठहर गरे पनि शनिबार फाइनल खेल हेर्न आएका दर्शक पूर्व र पश्चिमका ठूला प्यारापिटमा नअटेपछि दक्षिणको प्यारापिटमा पनि बसेका थिए ।
 

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा आयोजक सन्तुष्ट छन् । प्रतियोगिताका संयोजक रोशनकुमार कलवारले चर्को घाम र गर्मीका बावजुद दर्शकले देखाएको उत्साहले खुसी तुल्याएको प्रतिक्रिया दिए । गोल्डकपका लागि आर्थिक तथा व्यापारिक नगरीमा प्रायोजक पाउन धौ–धौ परेको उनले सुनाए । ‘वीरगन्जमा पनि गोल्डकप आयोजन हुन सक्छ रु’ भन्ने अधिकांश प्रायोजकले विश्वास नै गरेका थिएनन्,’ संयोजक कलवार भन्छन्, ‘प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि धेरैको विश्वास जितेका छौं ।’ आगामी वर्ष पनि विशाल मेमोरियल गोल्डकपलाई निरन्तरता दिइने उनले बताए ।
 

डेढ दशक अगाडिसम्म वीरगन्जमा सहिद तेजबहादुर अमात्य, महेन्द्र र लक्ष्मण थापा स्मृति गोल्डकप आयोजना हुन्थ्यो । एकताका यहाँका अनिलबन्धु रूपाखेती, रीतु शाक्य, मनोज भट्टराई, विवेक श्रेष्ठ, देशपाल हमाललगायत खेलाडीले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका थिए । नेपाल मात्र नभई भारतका विभिन्न सहरका टिमका लागि पैसा लिएर खेल्थे । बाराका लखन चौधरी, विनय श्रेष्ठ र सन्तलाल चौधरीले पनि अन्तर्राष्ट्रियस्तरका प्रतिस्पर्धामा आफ्नो कौशल देखाइसकेका छन् । २०४८ देखि ०५९ सम्म नारायणी अञ्चलमै वीरगन्जका खेलाडीको बोलवाला थियो । तर, अहिले वीरगन्जका लागि बलियो टिम बनाउन धौ–धौ पर्ने गरेको छ ।
 

हालै सम्पन्न गोल्डकपमा वीरगन्जको टिममा ४ जना खेलाडी मात्र स्थानीय थिए । बाँकी अन्यत्रबाट ल्याइएको थियो । ‘विगतमा यहाँका खेलाडी पैसा लिएर बाहिर खेल्न जान्थे,’ पर्सा खेलकुद संघका उपाध्यक्षसमेत रहेका कलवारले भने, ‘अहिले परिस्थिति ठ्याक्कै उल्टो भएको छ हामी बाहिरका खेलाडीलाई पैसा तिरेर ल्याउँछौं ।’ राष्ट्रियस्तरको प्रतिस्पर्धाले युवामा खेलप्रति क्रेज बढाउँछ । जानकारका अनुसार जिल्लाका पुराना खेलाडी र खेलकुद पदाधिकारीबीचको मनमुटावले खेलाडीले प्रतियोगितामा मौका नपाएका हुन् । वीरगन्जका दीपेश यादवले नेपाल पुलिस क्लबबाट गोलकिपरको भूमिका निभाइसकेका छन् । ‘तर, विशाल गोल्डकपमा घरेलु क्लबले उनलाई टिममा समावेश गरेन,’ एक पुराना खेलाडीले भने, ‘मनमुटावका कारण दीपेशको ठाउँमा बाहिरका खेलाडीलाई खेलाइयो ।’
 

जीर्ण रंगशाला:
सम्बन्धित क्षेत्रको उदासीनताले १५ हजार दर्शक क्षमताको वीरगन्जको नारायणी रंगशाला खण्डहरमा परिणत हुँदै गएको छ । विशाल गोल्डकप आयोजना हुन केही दिन अगाडिसम्म चौरमा भैंसीका बथान देखिन्थे । भीआईपी प्यारापिट युवाका लागि जुवातास खेल्ने अखडा बनेको थियो । २०३८ सालमा ९० लाख रुपैयाँमा निर्माण भएको रंगशाला काठमाडौंको दशरथ रंगशालापछि दोस्रो ठूलो हो ।


एथलेटिक्स ट्रयाक वरिपरि ढल छोप्न राखिएका अधिकांश पक्की ढक्कन चोरिएका छन् । चारमध्ये तीन प्यारापिटका विभिन्न ठाउँमा प्वाल परेका छन् । भत्केको प्यारापिटबाट फलामे छड निकालेर बेच्ने क्रम बढ्दो छ । राज्यले मोफसलका पूर्वाधार संरक्षणमा उदासीनता देखाएको जनगुनासो बढेको छ । मोफसलमा भएका खेलकुद पूर्वाधारलाई सरकारले ध्यान नदिए अव्यवस्थित सहरीकरणले खेल्ने मैदान अभाव हुने पूर्वराष्ट्रिय खेलाडी विनोद परियारले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.