logo

फुटबलको माहोल फर्किने आशा

      4/30/2017 गते 00 00 मा प्रकाशित     1396   पटक पढिएको

वैशाख १८, २०७४ । डेढ दशकपछि वीरगन्जमा आयोजना भएको विशाल मेमोरियल गोल्डकपको फाइनलमा चर्को घामका बावजुद पनि दर्शक ओइरिए । दर्शक टिकट काटेरै खेलाडीको उत्साह बढाउन रंगशाला आएका थिए । घरेलु टिम नकआउट चरणबाटै बाहिरिए पनि स्थानीयमा प्रतियोगिताप्रतिको आकर्षण घटेको थिएन । फाइनलमा पुगेका टिम त्रिभुवन आर्मी र सीएमजी संकटा क्लब काठमाडौंको खेल हेर्न आएका वीरगन्ज पावरहाउस निवासी आनन्द उपाध्याय निकै उत्साहित देखिन्थे ।

उनले लामो अन्तरालपछि वीरगन्जमा राष्ट्रियस्तरको फुटबल हेर्न पाउँदा मन प्रफुल्ल भएको बताए । सबै उमेरका खेलकुदप्रेमी चर्को घाम छिचोल्दै नारायणी रंगशालामा खेल हेर्न आएका थिए । ‘यस्तो प्रतियोगिताले खेलप्रति युवाको आकर्षण बढाउँछ,’ उनले भने, ‘आफ्नै सहरमा करिब १६ वर्षदेखि फुटबल नहुँदा मन उकुसमुकुस भएको थियो ।’
 

प्रतियोगितामा सहभागी आठवटै टिमका खेलाडीले सम्भवतस् पहिलोपटक नारायणी रंगशालामा खेल्ने अवसर पाएका थिए । ठूलो मैदान र सानदार प्यारापिट हुँदाहुँदै पनि यतिका वर्ष किन यहाँ फुटबल आयोजना भएन रु भन्ने जिज्ञासा राखेका थिए विभागीय टिम नेपाल पुलिसका कप्तान जुमनु राईले । ‘आर्थिक तथा व्यापारिक केन्द्र वीरगन्जमा नियमित प्रतियोगिता भए राम्रा खेलाडी उत्पादन हुन सक्छन्,’ उनले भने ।
 

यसैगरी त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले आफू खेलाडी हुँदाका दिन सम्झिए । ‘झन्डै दुई दशक अगाडि यही रंगशालामा इन्डियन एयरलाइन्सविरुद्ध जनकपुर चुरोट कारखानाको टिमबाट मैले खेलेको थिएँ,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा न्यौपानेले विगत सम्झँदै भने, ‘त्यतिखेर यहाँको माहोल गज्जब थियो, चारवटै प्यारापिटमा दर्शक खचाखच भरिएका थिए ।’ अहिले पूर्व र पश्चिमका प्यारापिट मात्र बस्न लायक छन् । दक्षिण र उत्तरका प्यारापिटलाई प्राविधिकले बस्न अयोग्य ठहर गरे पनि शनिबार फाइनल खेल हेर्न आएका दर्शक पूर्व र पश्चिमका ठूला प्यारापिटमा नअटेपछि दक्षिणको प्यारापिटमा पनि बसेका थिए ।
 

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा आयोजक सन्तुष्ट छन् । प्रतियोगिताका संयोजक रोशनकुमार कलवारले चर्को घाम र गर्मीका बावजुद दर्शकले देखाएको उत्साहले खुसी तुल्याएको प्रतिक्रिया दिए । गोल्डकपका लागि आर्थिक तथा व्यापारिक नगरीमा प्रायोजक पाउन धौ–धौ परेको उनले सुनाए । ‘वीरगन्जमा पनि गोल्डकप आयोजन हुन सक्छ रु’ भन्ने अधिकांश प्रायोजकले विश्वास नै गरेका थिएनन्,’ संयोजक कलवार भन्छन्, ‘प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि धेरैको विश्वास जितेका छौं ।’ आगामी वर्ष पनि विशाल मेमोरियल गोल्डकपलाई निरन्तरता दिइने उनले बताए ।
 

डेढ दशक अगाडिसम्म वीरगन्जमा सहिद तेजबहादुर अमात्य, महेन्द्र र लक्ष्मण थापा स्मृति गोल्डकप आयोजना हुन्थ्यो । एकताका यहाँका अनिलबन्धु रूपाखेती, रीतु शाक्य, मनोज भट्टराई, विवेक श्रेष्ठ, देशपाल हमाललगायत खेलाडीले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका थिए । नेपाल मात्र नभई भारतका विभिन्न सहरका टिमका लागि पैसा लिएर खेल्थे । बाराका लखन चौधरी, विनय श्रेष्ठ र सन्तलाल चौधरीले पनि अन्तर्राष्ट्रियस्तरका प्रतिस्पर्धामा आफ्नो कौशल देखाइसकेका छन् । २०४८ देखि ०५९ सम्म नारायणी अञ्चलमै वीरगन्जका खेलाडीको बोलवाला थियो । तर, अहिले वीरगन्जका लागि बलियो टिम बनाउन धौ–धौ पर्ने गरेको छ ।
 

हालै सम्पन्न गोल्डकपमा वीरगन्जको टिममा ४ जना खेलाडी मात्र स्थानीय थिए । बाँकी अन्यत्रबाट ल्याइएको थियो । ‘विगतमा यहाँका खेलाडी पैसा लिएर बाहिर खेल्न जान्थे,’ पर्सा खेलकुद संघका उपाध्यक्षसमेत रहेका कलवारले भने, ‘अहिले परिस्थिति ठ्याक्कै उल्टो भएको छ हामी बाहिरका खेलाडीलाई पैसा तिरेर ल्याउँछौं ।’ राष्ट्रियस्तरको प्रतिस्पर्धाले युवामा खेलप्रति क्रेज बढाउँछ । जानकारका अनुसार जिल्लाका पुराना खेलाडी र खेलकुद पदाधिकारीबीचको मनमुटावले खेलाडीले प्रतियोगितामा मौका नपाएका हुन् । वीरगन्जका दीपेश यादवले नेपाल पुलिस क्लबबाट गोलकिपरको भूमिका निभाइसकेका छन् । ‘तर, विशाल गोल्डकपमा घरेलु क्लबले उनलाई टिममा समावेश गरेन,’ एक पुराना खेलाडीले भने, ‘मनमुटावका कारण दीपेशको ठाउँमा बाहिरका खेलाडीलाई खेलाइयो ।’
 

जीर्ण रंगशाला:
सम्बन्धित क्षेत्रको उदासीनताले १५ हजार दर्शक क्षमताको वीरगन्जको नारायणी रंगशाला खण्डहरमा परिणत हुँदै गएको छ । विशाल गोल्डकप आयोजना हुन केही दिन अगाडिसम्म चौरमा भैंसीका बथान देखिन्थे । भीआईपी प्यारापिट युवाका लागि जुवातास खेल्ने अखडा बनेको थियो । २०३८ सालमा ९० लाख रुपैयाँमा निर्माण भएको रंगशाला काठमाडौंको दशरथ रंगशालापछि दोस्रो ठूलो हो ।


एथलेटिक्स ट्रयाक वरिपरि ढल छोप्न राखिएका अधिकांश पक्की ढक्कन चोरिएका छन् । चारमध्ये तीन प्यारापिटका विभिन्न ठाउँमा प्वाल परेका छन् । भत्केको प्यारापिटबाट फलामे छड निकालेर बेच्ने क्रम बढ्दो छ । राज्यले मोफसलका पूर्वाधार संरक्षणमा उदासीनता देखाएको जनगुनासो बढेको छ । मोफसलमा भएका खेलकुद पूर्वाधारलाई सरकारले ध्यान नदिए अव्यवस्थित सहरीकरणले खेल्ने मैदान अभाव हुने पूर्वराष्ट्रिय खेलाडी विनोद परियारले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.