वीरगंज । सीमरामा हिजो सम्पन्न अन्तराष्ट्रिय महिला फूटवलको उपाधी बिभागीय टोली एपिएफले उचालेको छ ।
नेपोभिट जीतपुर सीमरा अन्तराष्ट्रिय आमन्त्रण महिला फूटवलको सोमवार सम्पन्न फाइनल खेलमा एपीएफले अर्को बिभागीय टोली नेपाल आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
खेलको मध्यान्तर सम्म नेपाल आर्मीले १ गोल गरेर आफनो बढ्त कायम गरेको थियो । तर मध्यान्तरपछिको खेलमा एपीएफको आक्रमक प्रहारलाई आर्मीले रोक्न सकेन ।
एपीएफका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भएको हो। एपीएफका खेलाडीहरूको संयमित र आक्रामक खेलले निर्णायक भूमिका खेलेको थियो।
यस जितसँगै एपीएफले उपाधि सहित नगद पुरस्कार हात पारेको छ भने उपविजेता बनेको नेपाल आर्मीले समेत नगद तथा ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगिता जीतपुर–सिमरा उपमहानगरपालिकाको सहयोगमा सम्पन्न भएको हो।
तपाईको प्रतिक्रिया