वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
अधिवेशनमार्फत अन्य पदाधिकारीहरू पनि चयन भएका छन्। नयाँ नेतृत्वले पर्सामा तेक्वान्दो खेलको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति अझ सबल बनाउन कार्ययोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
पुनः अध्यक्ष निर्वाचित भएका श्रेष्ठले आफूलाई दिएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै खेलाडीको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने आश्वासन दिएका छन्।
उनले तेक्वान्दो खेललाई जडदेखि उच्चस्तरसम्म विस्तार गर्ने र आगामी प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा ल्याउन योगदान गर्ने बताए।
कार्यक्रमा तेक्वान्दो संघ केन्द्रीय नेता गुरु गौतमा प्रदेशका पूर्व मन्त्री ओमप्काश शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया