logo

ब्यापार घाटा ८७ प्रतिशतले बढ्यो

ब्यापार घाटा ८७ प्रतिशतले बढ्यो

      1/21/2017 गते 00 00 मा प्रकाशित     1735   पटक पढिएको

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो  पहिलो ५ महिनामा आयात ७८ दशमलव ९ प्रतिशतले बढेको छ ।

सो अवधिमा आयात उच्च रुपमा बढ्दा निर्यात भने खुम्चिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अवधिमा निर्यात १७ दशमलव १ प्रतिशतले मात्र बढेको छ । 

तथ्याङ्क अनुसार ५ महिनामा कुल निर्यात ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । तर, आयात भने ३ खर्ब ८२ अर्ब ६४ करोड रुपैयाँको भएको छ । समीक्षा अवधिमा भारतबाट हुने आयात उच्च रुपमा बढेको छ । भारतबाट हुने आयात १ सय ५ प्रतिशतले बढेको छ । यसैगरी चीनबाट भएको आयात ४३ प्रतिशतले बढ्दा अन्य मुलुकबाट भएको आयात पनि ४३ दशमलव ८ प्रतिशतले बढ्न पुगेको छ ।

सवारीसाधन तथा तिनका पार्टपूर्जा, पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपूर्जा, निर्माण सामाग्री लगायतका वस्तुको आयात उच्च रुपमा बढेको छ । तर, कोल्डरोल सिट ईन क्वाईल, हवाईजहाजका पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको छ ।

समीक्षा अवधिमा चीनतर्फको निर्यात भने बढेको छ । सो अवधमिा चीनतर्फको निर्यात ५५ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । तर, चीनतर्फको निर्यातको आधार भने सानो रहेको छ । सो अवधिमा भारततर्फको निर्यात २२ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारततर्फको निर्यात ३९ दशमलव २ प्रतिशतले घटेको थियो । गत वर्ष नाकाबन्दीले गर्दा आयात तथा निर्यातमा उच्च गिरावट आएको थियो ।

वस्तुगत आधारमा जुस, जुटका सामान, खोटो लगायतका वस्तुहरुको निर्यात बढेको छ भने अलैँची, तयारी पोशाक, ऊनी गलैँचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ८७ दशमलव ६ प्रतिशतले बढी ३ खर्ब ५२ अर्ब १ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ३२ दशमलव ४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२ दशमलव २ प्रतिशत रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.