logo

लोकतन्त्रको उपहास, पर्साका आधादर्जन स्थानीय तहले गरे जनताको अधिकार र विश्वासमाथि कुठाराघात

 इसीमाना सम्वाददाता     २०८२ असोज ४ गते ०२: ३१ मा प्रकाशित     208   पटक पढिएको

असोज ।चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि पर्साका आधा दर्जनभन्दा बढी स्थानीय तहले अझै बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन। 

 

आर्थिक वर्षको प्रारम्भमै कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गर्न नसक्दा स्थानीय तहका कर्मचारीहरूको तलब–भत्ता, विकास निर्माणका काम र दैनिक सेवा–सुविधा प्रभावित भएका छन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीका अनुसार जिल्लाका १४ पालिकामध्ये नौ वटा पालिकाले अझै खाता सञ्चालनमा ल्याउन सकेका छैनन।

 

 निर्धारित समयमै नीति–कार्यक्रम र बजेट पारित गर्न ढिलाइ गर्नु, गाउँरनगरसभा मार्फत निर्णय भएको बजेट कागजात कार्यालयमा नपठाउनु, प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार नदिनु जस्ता कारणले बैंक खाता सञ्चालनमा ढिलाइ भएको हो।

प्रभावित पालिका

हालसम्म खाता सञ्चालन हुन नसकेका पालिकामा विन्दवासिनी, कालिकामाई, जगरनाथपुर, जिराभवानी, धोविनी, ठोरी, पकहाँ मैनपुर, सखुवा प्रसौनी र बहुदरमाई नगरपालिकासमेत छन।


त्यस्तै, वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका, छिपहरमाई गाउँपालिका र पर्टेवासुगौली गाउँपालिकाले भने खाता सञ्चालन गरिसकेका छन।

लोकतन्त्र र सुशासनमाथि प्रश्नचिन्ह

स्थानीय तहलाई जनताको सरकार भनिए पनि बैंक खाता सञ्चालनमै ढिलाइ हुनु लोकतान्त्रिक अभ्यास र सुशासनको पक्षमा गम्भीर प्रश्न खडा भएको छ।


लोकतन्त्रको सार जनप्रतिनिधि र जनताबीचको जवाफदेही सम्बन्ध हो। तर बजेट कार्यान्वयनमा ढिलाइ, कानुनी प्रक्रिया बेवास्ता र प्रशासनिक निष्क्रियता देखिँदा नागरिकले अपेक्षा गरेको सेवा र विकास कार्य प्रभावित भएको छ।

 

विशेषज्ञहरू भन्छन्  स्थानीय तहहरू लोकतन्त्रको आधारशिला हुन्। त्यहाँ पारदर्शिता, जवाफदेही र कार्यक्षमता देखिनु पर्ने हो। तर बैंक खाता सञ्चालन जस्तो आधारभूत काममै असफल हुनु, जनताको अधिकार र विश्वासमाथि कुठाराघात हो।


पर्साका पालिकाहरूमा देखिएको यो अवस्था केवल प्रशासनिक कमजोरी मात्र नभई लोकतन्त्रकै अभ्यासमा देखिएको दुर्बलता हो। यदि समयमै सुधार नगर्ने हो भने जनताले चुनेका सरकारप्रति विश्वास गुमाउने खतरा बढ्ने विश्लेषकहरूको भनाइ छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.