logo

नाका फेर्दै भैरहवाका व्यवसायी

      11/28/2017 गते 00 00 मा प्रकाशित     1892   पटक पढिएको

भैरहवा,१३ मंसिर ।
नेपाल–भारत सीमा नाका बेलहिया लामो समयदेखि असहज बन्न थालेपछि व्यवसायीले पनि रुट परिवर्तन गर्न थालेका छन् ।

लामो समय चेकजाँजमा बस्नुपर्दा आयातित सामानको लागत बढ्न जानेभन्दै वीरगञ्ज, कृष्णनगर र नेपालगञ्ज नाका भएर भैरहवाका व्यवसायीले सामान ल्याउन थालेका हुन् । 

आयात निर्यातलाई सहज बनाउन पटक पटक माग गरे पनि त्यसको सुनुवाई नभएको र भारतीय प्रहरीले चेकजाँचका नाममा एक सातासम्म सीमा पारी नै सवारी साधन रोक्दा लागत बढ्न गई बाध्य भई नाका परिवर्तन गर्नुपर्ने अवस्था आएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्माले बताए । 


भारतीय सुरक्षाकर्मीका कारण नेपाल–भारत सीमानाका गत साउनदेखि असहज बनेको छ । बेलहिया नाका असहज बनेपछि आयात निर्यात प्रभावित भएको छ भने राजश्व संकलनमा समेत गिरावट आएको छ ।

दैनिक २ करोडसम्म राजस्वमा नोक्सान भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी गोपाल खत्रीले जानकारी दिए । सरकारले तोकेको लक्ष्य पूरा गर्न दैनिक १७–१८ करोडसम्म राजस्व संकलन गर्नुपर्नेमा अहिले १५ करोडको हाराहारीमा मात्रै राजस्व संकलन भएको उहाँले बताउनुभयो । ‘लक्ष्य अनुसार हालसम्म ९२ प्रतिशत मात्रै राजस्व संकलन भएको छ उनले भने, यसले अन्तिम लक्ष्य प्रभावित हुने देखिन्छ’ ।

विभिन्न बहानामा भारतीय पक्षबाट यो नाकामा असहज स्थिति सिर्जना हँुदै आएको भनिए पनि के कारणले अवरोध भएको हो भन्नेबारेमा नेपाली अधिकारीहरू अनभिज्ञ छन् ।

यसले नेपालकै दोस्रो र सहजरूपमा रहेको यो नाकामा आयात तथा निर्यातकर्ताहरूले झण्झट र दुःख व्यहोर्नु परेको छ । मधेस आन्दोलनका बेला भएको अघोषित नाकाबन्दीका बेलासमेत तुलनात्मक रूपमा सहज रहेको यो नाकामा त्यसयता भने अन्य नाकाको तुलनामा भारतीय पक्षबाट असहज अवस्था सिर्जना हँुदै आएको छ ।

एक महिनाअघि भैरहवा आएकी भारतीय दूतावासको वाणिज्यतर्फको प्रथम सचिव मैथिली झाले यस क्षेत्रका उद्योगी व्यवसायीसँगको भेटमा व्यवसायीले आफूहरूसँग सहकार्य गरेमा छिट्टै नै नाकामा समस्या समाधान हुने र यसको लागि आफूले विशेष पहल गर्ने बताएकी थिईन् ।

तर आफूहरूले पटकपटक यसबारेमा भारतीय सुरक्षा अधिकारीहरूको समेत ध्यानाकर्षण गराएको तर सुनुवाई नभएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्माले बताए । “भारतीय सुरक्षा अधिकारीले माथिको आदेशमा चेकजाँच गरिएको भनिरहेका छन्, तर के कति कारणले धेरै दिन गाडी रोकिएको छ, यसबारे केही बताएका छैनन्” उनले भने ।

विगतमा सुनौली नाकाबाट एक हजारभन्दा बढी मालबाहक गाडी आउने गरेकोमा अहिले असहजताका कारण ३ सय वटा गाडी मात्र आइरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले बताए।

 सामग्री आयात गर्न अत्यन्तै समस्या रहेको कारण आफूहरू धरायसी अवस्थामा पुगेको उनको भनाइ छ । “उद्योगको लागि दक्षिण अफ्रिकाबाट कोइला मगाउँछौँ । सुनौलीसम्म कोइला ल्याउँदा जति खर्च लाग्दैन, त्योभन्दा बढी सुनौली नाकाबाट उद्योगसम्म ल्याउँदा खर्च लाग्छ” उनले भने ।

सुनौली नाकामा भन्सार र प्रहरीले ट्याक्स भन्दै अवैध असुली गर्दा आफूहरू मारमा परेको उद्योगी अरुण गोयनकाले बताए । “नाकाबाट सामग्री आयात गर्दा भारतीय पक्षले प्रहरी ट्याक्स, गाडी मुभमेन्ट ट्याक्स, क्रसिङ ट्याक्स, मिडिया ट्याक्सको नाममा अनेक स्थानमा रकम असुल्ने गरेको छ”–उनको गुनासो छ ।

सुनौली नाकामा अहिले पनि १०–१२ किलोमिटर लामो गाडीको लाइन छ । ५–६ दिनसम्म सीमापारी नै चेकजाँचका नाममा बस्दा व्यवसायीको लागत बढ्ने र स्वभावैले नाका परिवर्तन गर्न बाध्य हुने भन्सारका सूचना अधिकारी खत्रीको भनाइ छ ।

“हामीले पनि भारतीय पक्षसँग धेरैपटक कुरा ग¥यौं, तर अब चेकजाँचका नाममा धेरै दिन लगाउँदैनौँ भनेर आश्वासन दिन्छन्, व्यवहारमा भने त्यस्तो पाइएको छैन” उन भने ।  

सुनौली नाकामा ट्राफिकको समस्या, एकीकृत भन्सार चेकपोष्ट निर्माणमा भारतले चासो नदेखाउनु, क्वारेन्टाइन चेकपोष्ट नहुनु, प्रहरीको अवैध रकम असुलीलगायतको कारण समस्या उत्पन्न भएको र यसको समाधान गर्नका लागि पनि उद्योगीहरूले आग्रह गर्दै आएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.