logo

आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत

      5/29/2018 गते 00 00 मा प्रकाशित     1206   पटक पढिएको

काठमाडौं १५ जेठ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । उनले ब्यवस्थापिका संसदमा बजेट पेश गर्दै यस्तो जानकारी गराएका हुन् ।

यस्तो रकमको खर्चबाट आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक बृद्धि हुने अर्थमन्त्रीको भनाइ छ । सरकारले आगामी आर्थिक बर्षको मूल्य बृद्धि ६.५ प्रतिशतको सीमामा राख्ने जानकारी दिएको छ ।

 

सरकारले रुग्ण उद्योगलाई सार्वजनिक–निजी साझेदारी अवधारणमा संचालन गरिने जनाएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै रुग्ण उद्योगहरुलाई निजी साझेदारी अवधारणमा संचालन गर्ने घोषणा गरेको हो । यसैगरी सरकारले राष्ट्रिय आपूर्ति कम्पनी  स्थापना गर्ने भएको छ ।

साथै हाल संचालमा रहेको खाद्य संस्थान र नेशनल ट्रेडिङलाई पनि सोही कम्पनी अन्तरगत ल्याईने भएको छ ।
शैक्षिक प्रमाणपत्र धिता राखेर ७ लाख रुपैयाँसम्म ऋण पाइने भएको छ ।

आर्थिक वर्ष २०७५÷७६ सालको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुरा बताएका हुन् ।  उक्त ऋण लिए वापत ५ प्रतिशत ब्याजदर तिर्नु पर्ने बताइएको छ । त्यसैगरी वैदेशिक रोजगारीमा जानेलााई सीपमुलक तालिम दिएर मात्रै विदेश पठाइने बताइएको छ ।


हरेक स्थानीय तहमा प्राविधिक शिक्षा सुरु गरिने भएको छ । आर्थिक वर्ष २०७५÷७६ सालको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री  खतिवडाले उक्त कुरा बताएका हुन् ।  त्यस्तै शिक्षाको विज्ञान प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब बजेट विनियोजन भएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋणको लिने व्यवस्था, सबै सामदायिक विद्यालयमा उच्च गतिको इन्टरनेटको व्यवस्था गरिने बताइएको छ ।

 दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर बनाउने घोषणा गरिएको छ भने मानव विकास सुचकांक भन्दा कमजोर रहेका जिल्लामा ५ कक्षासम्म दिवा खाजाको व्यवस्था गरिने भएको छ ।  शिक्षक दरबन्दी पनि पुर्नसरचना गरिने बताइएको छ ।  विश्विद्यालय अनुदान १४ अर्ब विनियोजन गरिएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको स्थापना गरिने तथा आर्युवेदिक विश्वविद्यालयका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.