logo

स्वास्थ्य सेवा र शिक्षा सेवा कर खारेजको घोषणा ,बहुसंख्यक नागरिकलाई लाभ मिल्ने

      5/29/2018 गते 00 00 मा प्रकाशित     1771   पटक पढिएको

काठमाण्डौ १५ जेठ ।
स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बालबालिका तथा युवाको शारीरिक र मानसिक विकासमा खेलकुदलाई जोड दिइने गरी बजेट कार्यक्रम ल्याइएको बताए । सबै प्रदेशमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला निर्माण गर्न बजेट व्यवस्था गरिएको उनले बताए ।

अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत नेपालको पहिचान विकास गर्न १८ औँ एसियाली खेलकुद र १३ औँ दक्षिण एसियाली खेलकुद र राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत गरेर २ अर्ब ४ करोड रुपैयाँ बिनियोजन गरिएको उनले बताए ।

सरकारले ७ सय ५० मेगावाटको जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको छ ।

 आगामी आर्थिक वर्ष २०७४ ०७८५ को बजेट मार्फत सरकारले यो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको हो ।
 सरकारले कर्मचारीको भत्ता भने २ हजार रुपैयाँले बढाएको छ । कर्मचारीहरुले अब वार्षिक १० हजार रुपैयाँ पोशाक भत्ता पाउने छन् । यस पटक कर्मचारीको तलब भने बृद्धि भएन ।

कारले निजी प्रयोजनका ठूला सीसीको  सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १ हजार सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ ।

अर्थमन्त्री  खतिवडाले  बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने र मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने पनि बताएका छन् ।

 सरकारले बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अब नागढुंगा नौबिसे खण्डको निर्माण आगामी वर्षबाट सुरु गरिनेछ । त्यसैगरी टोखा छहेर गुर्ज भञ्ज्याङ खण्डमा पनि अर्को सुरुङ बन्ने छ ।

बिपी रामजमार्गको खुर्कोट चियाबारी खण्डमा पनि सुरुङ बनाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । त्यसैगरी सिद्धार्थ राजमार्गमा सिद्धबाबामा पनि सुरुङ निर्माण गरिनेछ । बिपीनगर खुटिया दिपायल खण्डमा पनि सुरुङमार्ग बनाइनेछ ।

गणेशमानमार्गको थानकोट चिल्ताङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । त्यसैगरी कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।

 सरकारले आगामी आर्थिक वर्ष २०७५र७६ का लागि आयकरमा नयाँ व्यवस्था गरेको छ । सरकारले आयकरको हालको सीमामा पुनर्विचार गरेको हो ।

जसअनुसार अब आयकरका सीमा १०, २० र ३० प्रतिशत कायम गरिएको छ ।

हाल आयकरमा १, १५, २५ र ४० प्रतिशतका सीमा (स्ल्याब) छन् । हाल विहे नगरेका व्यक्तिलाई करयोग्य आयमा साढे ३ लाखसम्म १ प्रतिशत, साढे ३ लाखदेखि साढे चार लाखसम्ममा १५ प्रतिशत, साढे चार लाखदेखि २५ लाखसम्ममा २५ प्रतिशत र २५ लाखभन्दा बढीमा ४० प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।

त्यस्तै, दम्पतीको हकमा करयोग्य आयमा ४ लाखसम्म १ प्रतिशत, ४ लाखदेखि ५ लाखसम्ममा १५ प्रतिशत, पाँच लाखदेखि २५ लाखसम्म २५ प्रतिशत र २५ लाखभन्दा बढीमा ४० प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।

 सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । तर, त्यसका लागि कर भने तिर्नुपर्नेछ ।

कामदारले करविना नै काँचो सुन ल्याउन पाउने छैनन् । अहिले ५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुपर्दैन ।

अर्थमन्त्री युवराज खतिवडाले कामदारलाई कर तिरेर सय ग्रामसम्म काँचो सुन ल्याउन दिने घोषणा गरेका छन् ।

 सरकारले स्वास्थ्य सेवा र शिक्षा सेवा कर खारेजको घोषणा गरेको छ । अहिलेसम्म शिक्षा सेवामा एक प्रतिशत र स्वास्थ्य सेवामा जारी हुने बिजकको ५ प्रतिशत शुल्क लिने व्यवस्था थियो ।

सरकारको यो शुल्क हटाउने निर्णयले बहुसंख्यक नागरिकलाई लाभ मिल्नेछ । यस्तो सेवा शूल्क अहिले शैक्षिक तथा स्वास्थ्य संस्थाले सेवाग्राहीबाटै असुलिरहेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.