logo

स्वास्थ्य सेवा र शिक्षा सेवा कर खारेजको घोषणा ,बहुसंख्यक नागरिकलाई लाभ मिल्ने

      5/29/2018 गते 00 00 मा प्रकाशित     1498   पटक पढिएको

काठमाण्डौ १५ जेठ ।
स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बालबालिका तथा युवाको शारीरिक र मानसिक विकासमा खेलकुदलाई जोड दिइने गरी बजेट कार्यक्रम ल्याइएको बताए । सबै प्रदेशमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला निर्माण गर्न बजेट व्यवस्था गरिएको उनले बताए ।

अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत नेपालको पहिचान विकास गर्न १८ औँ एसियाली खेलकुद र १३ औँ दक्षिण एसियाली खेलकुद र राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत गरेर २ अर्ब ४ करोड रुपैयाँ बिनियोजन गरिएको उनले बताए ।

सरकारले ७ सय ५० मेगावाटको जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको छ ।

 आगामी आर्थिक वर्ष २०७४ ०७८५ को बजेट मार्फत सरकारले यो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको हो ।
 सरकारले कर्मचारीको भत्ता भने २ हजार रुपैयाँले बढाएको छ । कर्मचारीहरुले अब वार्षिक १० हजार रुपैयाँ पोशाक भत्ता पाउने छन् । यस पटक कर्मचारीको तलब भने बृद्धि भएन ।

कारले निजी प्रयोजनका ठूला सीसीको  सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १ हजार सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ ।

अर्थमन्त्री  खतिवडाले  बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने र मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने पनि बताएका छन् ।

 सरकारले बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अब नागढुंगा नौबिसे खण्डको निर्माण आगामी वर्षबाट सुरु गरिनेछ । त्यसैगरी टोखा छहेर गुर्ज भञ्ज्याङ खण्डमा पनि अर्को सुरुङ बन्ने छ ।

बिपी रामजमार्गको खुर्कोट चियाबारी खण्डमा पनि सुरुङ बनाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । त्यसैगरी सिद्धार्थ राजमार्गमा सिद्धबाबामा पनि सुरुङ निर्माण गरिनेछ । बिपीनगर खुटिया दिपायल खण्डमा पनि सुरुङमार्ग बनाइनेछ ।

गणेशमानमार्गको थानकोट चिल्ताङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । त्यसैगरी कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।

 सरकारले आगामी आर्थिक वर्ष २०७५र७६ का लागि आयकरमा नयाँ व्यवस्था गरेको छ । सरकारले आयकरको हालको सीमामा पुनर्विचार गरेको हो ।

जसअनुसार अब आयकरका सीमा १०, २० र ३० प्रतिशत कायम गरिएको छ ।

हाल आयकरमा १, १५, २५ र ४० प्रतिशतका सीमा (स्ल्याब) छन् । हाल विहे नगरेका व्यक्तिलाई करयोग्य आयमा साढे ३ लाखसम्म १ प्रतिशत, साढे ३ लाखदेखि साढे चार लाखसम्ममा १५ प्रतिशत, साढे चार लाखदेखि २५ लाखसम्ममा २५ प्रतिशत र २५ लाखभन्दा बढीमा ४० प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।

त्यस्तै, दम्पतीको हकमा करयोग्य आयमा ४ लाखसम्म १ प्रतिशत, ४ लाखदेखि ५ लाखसम्ममा १५ प्रतिशत, पाँच लाखदेखि २५ लाखसम्म २५ प्रतिशत र २५ लाखभन्दा बढीमा ४० प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।

 सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । तर, त्यसका लागि कर भने तिर्नुपर्नेछ ।

कामदारले करविना नै काँचो सुन ल्याउन पाउने छैनन् । अहिले ५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुपर्दैन ।

अर्थमन्त्री युवराज खतिवडाले कामदारलाई कर तिरेर सय ग्रामसम्म काँचो सुन ल्याउन दिने घोषणा गरेका छन् ।

 सरकारले स्वास्थ्य सेवा र शिक्षा सेवा कर खारेजको घोषणा गरेको छ । अहिलेसम्म शिक्षा सेवामा एक प्रतिशत र स्वास्थ्य सेवामा जारी हुने बिजकको ५ प्रतिशत शुल्क लिने व्यवस्था थियो ।

सरकारको यो शुल्क हटाउने निर्णयले बहुसंख्यक नागरिकलाई लाभ मिल्नेछ । यस्तो सेवा शूल्क अहिले शैक्षिक तथा स्वास्थ्य संस्थाले सेवाग्राहीबाटै असुलिरहेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

मितेरी पुलमा एसएसबीले फेरी पोस्ट बनायो,भारतीय भन्सारको छ असहमती

वीरगञ्ज । नेपाल भारतको मैत्री समबनलाई सुधार गर्न कुटनीति पहलकदमीले लय समाति रहेको बेलामा भारतीय सीम सुरक्षाबलको एक पक्षीय निर्णयका कारण संशय पैदा भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.