logo

प्रदूषण नियन्त्रण युनिट जडानपछि सीमराको युनिटेक खुल्यो  

      1/20/2019 गते 00 00 मा प्रकाशित     1649   पटक पढिएको

माघ ७, वीरगञ्ज । प्रदुषण नियन्त्रण युनिट जडान गरेपछि डेढमहिनादेखि बन्द रहेको युनिटेक सिमेण्ट प्रालि शुक्रबारदेखि पुनः संचालनमा आएको छ ।

 

२०६४ सालमा जितपुर–सिमरा उपमहानगरपालिकाको बजनीमा क्लिंकर उद्योग खुल्ने समयमा कुनै मानववस्ती नभएपनि उक्त स्थानमा उद्योग स्थापना भएपछि विस्तारै मावनवस्तीको विकास हुन गई उद्योगलाई नै उत्पादनमा समस्यामा भएको छ ।

 

३० करोड रुपैयाँ लगानी पुगिसकेको उद्योगमा डेढमहिना अघि स्थानीयबासिन्दाको विरोधपछि उत्पादन बन्द भएको थियो । उद्योगको धूलोले वायु प्रदूषण भई स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै कोरिडोरका सिमेण्ट उद्योगहरुका लागि आवश्यक क्लिंकर उत्पादन गर्ने एकमात्र उद्योगले वायु प्रदुषण फैलाएको भन्दै स्थानीयले गत मंसिर २३ गते उद्योग बन्द गराएका थिए ।

 

जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेललगायतका जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मीलगायतले उद्योगमा जडान गरिएको प्रदुषण नियन्त्रण युनिटको स्थलगत अवलोकन पश्चात उद्योग संचालन गर्न स्थानीय पनि सहमत भएका हुन् ।

 

प्रदूषण नियन्त्रण गर्ने मेशिन जडान गरेपछि अहिले उद्योग सञ्चालन हुँदा प्रदुषण नदेखिएको स्थानीयले बताए । यद्यपि उद्योगले प्रदुषण गरे/नगरेको हेर्न स्थानीयले एक हप्ताको समय मागेका छन् । नगर प्रमुख पौडेलले उद्योगले जडान गरेको प्रविधिबाट सुधार देखिएको र प्रदुषण नियन्त्रणको उपायले निरन्तरता पाउनुपर्ने उनको भनाई छ ।

 

यसअघि स्थानीयलको प्रदर्शनपछि मेयर पौडेलकै उपस्थितिमा स्थानीयले एउटै परिसरमा रहेको युनिटेकसहित शालिमार सिमेण्टमा ताला लगाइदिएका थिए । उद्योग व्यवस्थापन र स्थानीयबीच शालिमार सिमेण्ट सञ्चालन गर्न दिने सहमति भए पनि युनिटेक भने संचालन गर्न दिएका थिएनन् । युनिटेकले वायु प्रदुषण फैलाएर स्थानीयको स्थास्थ्य र खेतिपातीमा प्रतिकूल असर पारेको आरोप स्थानीयले लगाएका थिए ।

 

उद्योगका सञ्चालक अशोककुमार वैदले ६ करोड रुपैयाँको लागतमा चिनियाँ प्रविधिमा आधारित प्रदूषण नियन्त्रण गर्ने डक्टिङ सिस्टम जडान गरिएको जानकारी दिए । यो प्रविधिले क्लिंकर उत्पादन गर्दा उड्ने धुलालाई सोसेर वायुमण्डलमा वाफमात्र निस्कासन गर्ने वैदले बताए ।

 

डेढ महीना उद्योग बन्द हुँदा कम्पनीलाई १ करोड रुपैयाँ र सरकारलाई साढे २ करोड रुपैयाँ राजस्व घाटा भएको दाबी उनको छ । उद्योग स्थापना गर्दा वरपरमानव वस्ती नभएपनि विस्तारै उद्योग वरिपरि मानव वस्तीको विकास हुदै जाँदा उद्योगलाई नै समस्या हुने गरेको उद्योगीहरुको गुनासो छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.