logo

सिचाइ र मलखाद अभावले पर्सा जिल्लामा धान उत्पादनमा कमी

      12/19/2019 गते 00 00 मा प्रकाशित     1497   पटक पढिएको


बीरगंज ३ पुष ।  
 यसवर्ष पर्सा जिल्लामा धान उत्पादनमा कमी अऐको छ । पर्याप्त वर्षा र सिंचाइको सुविधा उपलब्ध नभएका कारण पर्सा जिल्लामा धान उत्पादन घटेको छ ।

किसानहरु उन्नत जातको धान खेतीप्रति आकर्षित हुने गरेका छन । तर समयमै खेती नहुनु, मलखादको पर्याप्त सुविधा नहुनु र रोग लाग्दा उपचार नपाएर धान उत्पादनमा प्रभाभित भऐको छ । 


तराईका किसानहरुको लागि सिचाइको प्रमुख स्रोत रहेको गण्डक नहरमा यसवर्ष समयमा पानी नआउदा धानको उत्पादन राम्रो हुन सकेन । गतवर्ष ४५ हजार हेक्टरमा गरिएको धान खेतीबाट ५।५ मेट्रिक टन प्रति हेक्टरका दरले दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन भएको थियो ।

 

त्यस्तै यसवर्ष ४७ हजार ५० हेक्टरमा धानबालीको रोपाई भएपनि  उत्पादन भने अघिल्लो वर्ष भन्दा कम भएको छ ।पर्सा जिल्लामा २०७६÷०७७ मा ४।८ मेट्रिक टन प्रति हेक्टरका दरले धान उत्पादन भएकोे छ । यसबाट दुई लाख २५ हजार २४० मेट्रिक टन धान उत्पादन भएको छ ।

 

गत वर्ष भन्दा यसवर्ष १ हजार ४ सय १० मेट्रिक टन कम उत्पादन रहेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताउनुभयो ।


धान बालीमा मलखाद हाल्ने बेलामा नेपाली बजारमा मल अभाव र महँगो पाइने र भारतीय बजारको मल गुणस्तरहीन अथवा उर्वराशक्तिहीन हुने दोहोरो मारमा किसानले खेती धान्नुपरेको थियो । खेत रोपाई गर्ने बेलामा यस वर्ष कम वर्षा भएकाले सीमित ठाउँमा मात्र रोपाई गरेको र खेतमा हाल्ने युरिया मलको चरम अभावको प्रकोप धान उत्पादन परेको छ ।

 

गत वर्ष कठ्ठामा २ं–३ क्वीनटल उत्पादन भएपनि यस वर्ष उत्पादनमा कमी भई प्रति कठ्ठा डेढ क्वीनटल उत्पादन भएकोे छ । धानबालीका खास गरेर डिएपी, युरिया र पोटासले धानको टिलर ९जरा० बढाउने काम गर्छ, जसमा धानको बाला लाग्छ ।

 

मलको कमीले धानको बाला कम हुन्छ वा सानो आकारको हुन्छ । धानबालीको लागि डिएपी, युरिया र पोटास अनिवार्य चाहिन्छ । उत्पादनमा लागेको लागतमूल्य पनि नपाउने अवस्था रहेकोले किसानहरु मर्कामा परेको छन् ।


हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको धानको बीउ वितरण गर्दै आएको छ । पछिल्लो समयमा पर्सा विभिन्न खेतीयोग्य भू–भागमा स्थानीय जातको धानभन्दा उन्नत र हाइब्रिड जातको धान लगाउने क्रम बढेको छ ।  यस वर्ष मलको कारण धान उत्पादनमा धेरै नै कमी भएको छ ।

 

रसायनिक मलको आपूर्ति भने प्रदेश र सङ्घीय सरकारको प्रमुख जिम्मेवारी भए तापनि किसानहरूको हकहितमा हालसम्म कसैले जिम्मेवारीबोध नगरेकोले धान उत्पादन कमी आएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.