logo

सिचाइ र मलखाद अभावले पर्सा जिल्लामा धान उत्पादनमा कमी

      12/19/2019 गते 00 00 मा प्रकाशित     1212   पटक पढिएको


बीरगंज ३ पुष ।  
 यसवर्ष पर्सा जिल्लामा धान उत्पादनमा कमी अऐको छ । पर्याप्त वर्षा र सिंचाइको सुविधा उपलब्ध नभएका कारण पर्सा जिल्लामा धान उत्पादन घटेको छ ।

किसानहरु उन्नत जातको धान खेतीप्रति आकर्षित हुने गरेका छन । तर समयमै खेती नहुनु, मलखादको पर्याप्त सुविधा नहुनु र रोग लाग्दा उपचार नपाएर धान उत्पादनमा प्रभाभित भऐको छ । 


तराईका किसानहरुको लागि सिचाइको प्रमुख स्रोत रहेको गण्डक नहरमा यसवर्ष समयमा पानी नआउदा धानको उत्पादन राम्रो हुन सकेन । गतवर्ष ४५ हजार हेक्टरमा गरिएको धान खेतीबाट ५।५ मेट्रिक टन प्रति हेक्टरका दरले दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन भएको थियो ।

 

त्यस्तै यसवर्ष ४७ हजार ५० हेक्टरमा धानबालीको रोपाई भएपनि  उत्पादन भने अघिल्लो वर्ष भन्दा कम भएको छ ।पर्सा जिल्लामा २०७६÷०७७ मा ४।८ मेट्रिक टन प्रति हेक्टरका दरले धान उत्पादन भएकोे छ । यसबाट दुई लाख २५ हजार २४० मेट्रिक टन धान उत्पादन भएको छ ।

 

गत वर्ष भन्दा यसवर्ष १ हजार ४ सय १० मेट्रिक टन कम उत्पादन रहेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताउनुभयो ।


धान बालीमा मलखाद हाल्ने बेलामा नेपाली बजारमा मल अभाव र महँगो पाइने र भारतीय बजारको मल गुणस्तरहीन अथवा उर्वराशक्तिहीन हुने दोहोरो मारमा किसानले खेती धान्नुपरेको थियो । खेत रोपाई गर्ने बेलामा यस वर्ष कम वर्षा भएकाले सीमित ठाउँमा मात्र रोपाई गरेको र खेतमा हाल्ने युरिया मलको चरम अभावको प्रकोप धान उत्पादन परेको छ ।

 

गत वर्ष कठ्ठामा २ं–३ क्वीनटल उत्पादन भएपनि यस वर्ष उत्पादनमा कमी भई प्रति कठ्ठा डेढ क्वीनटल उत्पादन भएकोे छ । धानबालीका खास गरेर डिएपी, युरिया र पोटासले धानको टिलर ९जरा० बढाउने काम गर्छ, जसमा धानको बाला लाग्छ ।

 

मलको कमीले धानको बाला कम हुन्छ वा सानो आकारको हुन्छ । धानबालीको लागि डिएपी, युरिया र पोटास अनिवार्य चाहिन्छ । उत्पादनमा लागेको लागतमूल्य पनि नपाउने अवस्था रहेकोले किसानहरु मर्कामा परेको छन् ।


हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको धानको बीउ वितरण गर्दै आएको छ । पछिल्लो समयमा पर्सा विभिन्न खेतीयोग्य भू–भागमा स्थानीय जातको धानभन्दा उन्नत र हाइब्रिड जातको धान लगाउने क्रम बढेको छ ।  यस वर्ष मलको कारण धान उत्पादनमा धेरै नै कमी भएको छ ।

 

रसायनिक मलको आपूर्ति भने प्रदेश र सङ्घीय सरकारको प्रमुख जिम्मेवारी भए तापनि किसानहरूको हकहितमा हालसम्म कसैले जिम्मेवारीबोध नगरेकोले धान उत्पादन कमी आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.