logo

गाडीले हैन मान्छेले कोरोना सार्छ, पर्यटन पुनरुत्थानका लागि भारतीय गाडी आउन दिनुपर्छः नगर प्रमुख सरावगी

      3/10/2021 गते 00 00 मा प्रकाशित     1139   पटक पढिएको

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पर्यटन पुर्नउत्थानका लागि सीमा नाकामा लागेको प्रतिबन्ध हटाउनुपर्ने बताउनु भएको छ  ।

 

होटेल तथा पर्यटन ब्यवसायी संघ र पर्यटन पत्रकार संघको आयोजनामा पर्यटन पूर्नउत्थानकालाग  साझेदारी कार्यक्रमको उद्धघोष कार्यक्रमलाई उद्धघाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 


उहाँले  मान्छेबाट मान्छेमा कोरोना सर्ने भएपनि सीमामा भारतीय गाडीलाई रोकेर मान्छे आउन अनुमति दिईएको बताउनु भयो  । 


‘गाडी रक्सौलमा छोडेर मान्छे आउन पाउने यो कस्तो नियम हो ? अनि भन्सारमा समान लिएर गाडी आउँदा कोरोना नआउने ? ’ उहाँले भन्नुभयो  ‘गाडीले हैन मानिसले कोरोना सार्छ, प्रोटोकल बनाएर लागु गरौं । भारतीय गाडीलाई आउन दिँदा पर्यटन क्षेत्र माथि उठ्छ । सीमा क्षेत्रमा रोक लगाएर पर्यटन क्षेत्रलाई माथि उठाउन सकिँदैन ।’

प्रमुख सरावगीले भन्नुभयो , ‘एउटा टुरिष्ट आउँछ भने उसले आफूलाई र परिवारलाई कुनै वाधा अवरोध हुन्छ कि हुँदैन । भनेर सोच्छ । त्यसैले पर्यटक चढेको गाडीमा स्टिकर लगाएर प्रहरी प्रशासनले दुःख नदिने वतावरण बनाउँनुपर्छ ।’


पर्यटकलाई आर्कषित गर्नका लागि विभिन्न योजना बनाएपनि संघ सरकारको असहयोगका कारण काम अघि बढ्न नसकेको उहाँको भनाई छ । 
उहाँले संघ, प्रदेश र स्थानीय सरकार तीनै तहबीच समन्वय भए पर्यटन पुर्नउत्थानमा धेरै काम गर्न सकिने उहाँको तर्क छ । ‘रामभौरी भाठामा पर्यटकलाई लिएर कसरी जान सकिन्छ ? सौराहामा जस्तो ठाउँको विकास पर्सामा किन नगर्ने ? ’ नगर प्रमुख सरावगीले भन्नु भयो  ‘युपी र बिहारका पर्यटकलाई मात्रै तान्न सकेपनि राख्ने ठाउँ पुग्दैन । तर स्थानीय तहले मात्रै चाहेर हुँदैन ।’

 

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका संरक्षक अनिल रुँगटाले कोभिडले होटल तथा पर्यटन व्यवसाय ९ महिनासम्म शुन्य अवस्थामा रहेको बताउनु भयो । तर राज्यबाट प्याकेज घोषणा गरेर उचित सम्बोधन हुन नसकेको उहाँको भनाई छ । 


‘कोभिड महामारीबाट थला परेका होटललाई सरकारले कुनैपनि हिसाबले सहयोगको घोषणा गरेन, यसबाट पर्यटन क्षेत्रको विकासका लागि चासो लिएको छैन भन्ने प्रष्ट देखिएको छ । ’ उहाँले भन्नु भयो “  ‘वीरगञ्जमा पर्यटन क्षेत्रको विकासका लागि मात्रै नभएर अन्य पूर्वाधार निर्माणमा कतैबाट कुनै किसिमको सहयोग प्राप्त छैन । नयाँ संचरना आउन सकेको छैन, भएका संरचनाको पुर्नउत्थान भएको छैन । धुलोमय सहरमा बसिरहेका छौं । पर्यटन प्रवद्धन त्यति सहज छैन ।’ 


सकारात्मक हिसाबले काम गर्न सकेको खण्डमा ठूलो उपलब्धी हाँसिल गर्न सकिने बताउँदै उहाँले पर्यटकीय गन्तव्य पहिचान गरेर राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनु भयो । 
सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले दिर्घकालिन र अल्पकालिन योजना बनाएर अगाडी बढाउन आग्रह गर्नुभयोे । उहाँले वीरगञ्ज पर्यटनको संभावना बोकेको सहर भएको बताए । 


‘ वीरगञ्ज पर्यटनका लागि धेरै संभावना बोकेको ठाउँ छ, छेउमै पर्सागढी, गढीमाईसँगै पर्सा राष्टिय निकुञ्ज छ ।’ उहाँले भन्नु भयो े ‘तर एकदिन हैन, दुई दिन हैन, वर्षौदेखि सीमा नाकामा कालो धुलो धुवा कायम छ । नाकामा चिल्लो बाटो हुँदै पर्यटक आउने वातावर बनाउँ, धुँलो रहि दशगजा क्षेत्र बनाउन अभियान सञ्चालन गर्नुपर्छ ।’ 

वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले भारतीय पर्यटकलाई हेर्ने नजरमा परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो  । उहाँले  बोर्डरको दुवैतिर खुशहाल जिन्दगी बनाउन हातेमालो गर्नुपर्ने बताउनु भयो  । 
‘रक्सौलदेखि पटना एयरलाईन्स सुचारु गर्ने, रक्सौलबाट सुपरफाष्ट ट्रेन व्यवस्था मिलाउन सके ‘गेट वे अफ नेपाल’ हुँदै नेपाल आउन चाहाने तेस्रो मुलुकको पर्यटक आउँछन् । ’ उपाध्यक्ष गुप्ताले भन्नु भयो  ‘बोर्डरको दुवैतिर ५० किलोमिटर वरपर खुशहाल जिन्दगी हुनुपर्छ, यसमा भारतको दायित्व बढी हुन्छ । नीजि क्षेत्र, पर्यटन क्षेत्रमा लागेका मानिसहरु, पालिकाहरु एक भएर काम गर्नुपर्छ । ’


कन्टेनर कार्गो लिएर आउने व्यक्तिहरु, पढ्न आउने विद्यार्थीलाई पर्यटक मान्नुपर्ने बताउँदै उहाँले ५ हजार रुपैयाँ लिएर आउँदा प्रहरीले समात्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भयो  । भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितेश कुमारले गर्न सक्ने सहयोग गर्ने आश्वासन दिनु भयो  । 


होटल व्यवसायी युवराज लामाले वीरगञ्ज अन्र्तराष्ट्रिय पर्यटनको ट्रान्जिट प्वाईन्ट भएको बताउनु भयो  । विगतमा भारतीय र अन्य देशका अफिसियल व्यक्तित्वहरु र व्यवसायका लागि आउने मानिसहरु यहि बस्थे, होटल व्यवसाय अहिलेसम्म पनि त्यहि देखिन्छ । उहाँले होटल व्यवसायलाई पर्यटन व्यवसायको रुपमा परिणत नगर्दा होटल व्यवसाय पनि जोखिममा रहेको बताउनु भयो  । 


पर्यटक तान्नका लागि गन्तव्यलाई पहिचान गर्ने र आकर्षक बनाउने, गन्तव्यस्थलमा विभिन्न गतिविधि विकास गर्ने र सेवा, राष्टिय र अन्र्तराष्टिय पर्यटकलाई आवश्यकता अनुसारको सेवा दिनुपर्नेमा जोड दिनु भयो  । 
‘पर्सा ट्रान्जिट प्वाईन्ट हो, अरु ठाउँसँग सहकार्य गर्नुपर्छ, जनकपुर, बारा पर्यटन व्यवासायीसँग हातेमालो गर्नुपर्छ, पर्सामा होल्ड गरेर टुर प्याकेज बनाएर बेच्न जरुरी छ ।

 

’ लामाले भन्नु भयो  ‘स्थानीय तहबीच पनि साझेदारी गर्न र क्रस बोर्डर प्रमोसन हुन अवश्यक छ । कार्यान्वयन नगर्ने खतरा भन्दा माथि उठ्नुपर्छ । ’


नेपाल पत्रकार महासंघ प्रदेश २ उपाध्यक्ष के.सी. लामिछाने विचार गोष्ठी र अन्र्तक्रियामा रुमल्लिएर पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउनु भयो  । ‘एउटा प्रोडक्ट बनाएर लन्च गर्न नसकेको अवस्था छ, वीरगञ्जमा आएर एक दुई दिन पर्यटकले के गर्ने ? त्यसका लागि पूर्वाधार बनाउनुपर्छ । वीरगञ्जमा ठूला ठूला होटल छन्, दुई दिन वीरगञ्जमा बस्ने प्याकेज के छ ? उत्तर भेटिँदैन ।’ उहाँले भन्नु भयो  ‘गर्मी वातावरणमा कस्तो पर्यटकीय गन्तव्य आवश्यक छ । पर्सागढीमा पर्यटकलाई आर्कषित गर्न सकिन्छ की ? हवाई जहाज चढेर, भिषा लगाएर आउनेलाई मात्रै पर्यटक मान्ने गरिँदो रहेछ । भारतीय चार चक्के सवारी साधनका कारण पोखरामा जाम लागेको सुनिन्छ । पटना र दिल्लीबाट मानिस किन हामीकहाँ आउने ? ’


होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले सीमा खुलेपछि पुर्नउत्थान योजना सार्वजनिक गर्ने तयारी गरेपनि जति प्रयास गर्दापनि सफल नभएको बताए ।


कार्यक्रममा कुमु प्यालेसकी सञ्चालिका शुशिला थापा र रोयल पार्टी प्यालेसकी सञ्चालिका सञ्चमाया श्रेष्ठलाई सम्मान गर्नुको साथै होटल तथा पर्यटन संघ वीरगञ्जमा आवद्ध सदस्य होटल तथा पर्यटन व्यवसायीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । पर्यटन पत्रकार संघका अध्यक्ष शंकार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य रितेश त्रिपाठीले पर्यटन पुर्नउत्थानका लागि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.