logo

पथलैया राजस्व कार्यालय चीनीको चस्नीमा डुब्यो , तीन ट्रक चीनी खानयोग्य बनाउने प्रयास फेरी पनि असफल

      3/25/2021 गते 00 00 मा प्रकाशित     1140   पटक पढिएको


प्रधानमंत्रीको प्रत्यक्ष निर्देशनमा चल्ने राजस्व अनुसन्धान कार्यालय पथलैयाले अखाद्य प्रमाणीत चिनी खान योग्य बनाउनलागि अर्को पटक गरेको परिक्षण पनि असफल भएको छ । 


राजस्व हिनामिना भएको हेर्ने यो अड्डाले अखाद्य चिनी खान योग्य बनाएर  ( गुणस्तरीय) चीनीको चास्नीमा डुब्ने प्रयास भने जारी नै राखेको भएपनि असफल भएको हो ।

 

 गत जेठमा  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंका प्रमुख मतिना बैद्यको सहयोगमा परिक्षण गुणस्तरीय बनाएपनि चिनी बजार सम्म जान पाएको थिएन । उपभोक्ता हित संरक्षण मंचको खवरदारीले राजस्वका तत्कालीन प्रमुख राजन बि.सी र बैद्यको योजना असफल भएको थियो । अहिले राजस्व कार्यालय पथलैयाले त्यही चिनी पून परिक्षणकोलागि  फाल्गुण ११ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय  जनकपुरमा दुई बोरा चिनी नमुनाको रुपमा पठाएको थियो ।

 

कार्यालयले परिक्षण पश्चात २३ गते पठाएको प्रतिवेदनमा दुई बोार चिनी मध्य एउटा खान योग्य नरहेको र अर्को ब्याच तथा प्याकीङ मिति नभएको भन्दै गुणस्तरीय नरहेको उल्लेख छ । एउटै चिनी राजस्व कार्यालय पथलैया किन पटक पटक परिक्षण गारउदै छ भन्ने कुरा  गम्भिर प्रश्न बनेर आएको छ । 

 

 सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको प्रज्ञापन पत्र नम्बर एम १०४१।०६।०३।२०२० को मिति २०७६ माघ १३ गते र फागुन १६ गतेको विल विजक नम्बर १४००००२२६९, १४००००७० र १४००००२६६६ बाट ना ८ ख २१५१, ना ६ ख ८३६९ र ना ५ ख ५६७३ नम्बरको तीन वटा ट्रकमा आयात भएको ७२ हजार केजी चिनी २०७६ फाल्गुण २५ गतेका दिन खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय महोत्तरी  जलेश्वर  को च.न.७४१ ले उपभोग्य मिति समाप्त भैसकेकोले आयात गर्न अयोग्य छ भनी प्रतिवेदन दिएको थियो । 

 

 यसअघि पनि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको तीन ट्रक  चीनीको नमुना राजस्व अनुसन्धान इकाइ  कार्यालय पथलैयाले खाद्य प्रविधि तथा गुणस्तर निर्धारण कार्याल हेटौडामा पठाएको थियो ।


राजस्व मात्र हेर्ने कार्यालयले बस्तुको गुणस्तरीयताको मापनमा  न्वारनदेखीको बल निकालेरै लाग्यो । चिनीको चास्नीले अहिलेका कार्यालय प्रमुखलाई त्यो बल दिएको चर्चा चल्न थालेको छ । खाद्य प्रविधि तथा गुणस्तर निर्धारण कार्याल हेटौडाले भने शुरु कार्यालयले गरेको परिक्षण ठिक भन्दै थप परिक्षण गर्न मानेको थिएन ।

 

हेटौडाले नमाने पछि बि.सीले चिनी काठमाण्डौ पठाउनु भएको थियो  । काठमाण्डौमा चीनीको चास्नीको प्रभाव देखा पर्यो र बिभागका महानिर्देशक मतिना बैद्यको निर्देशनमा आयात तथा उपभोग्य अयोग्य चीनी गुणस्तरीय प्रमाणित भएर आयो ।

 

उपभोग्य म्याद समाप्त भएको बस्तु नष्ट गर्नु पर्ने कानूनी प्रावधान रहे पनि तत्कालीन महानिर्देशक बैद्यको निर्देशनमा 
२०७७ बैशाख १७ गते विभाग को च.न.२५५५ र अर्को परिक्षण गरि २०७७ जेठ १४ गतेका दिन च.न.२५८० र २५८१ को प्रतिवेदन जारी गरि चीनी  खान योग्य भनि प्रमाणिकरण गरेको थियो । 


२०७६ फाल्गुण २५ गतेका दिन खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय महोत्तरी  जलेश्वर  को च।न।७४१ ले उपभोग्य मिति समाप्त भैसकेकोले आयात गर्न अयोग्य छ भनी जारीको प्रतिवेदनको ठिक उल्टो हुने गरि चीनी गुणस्तरीय भएको प्रतिवेदन दिन चीनीको चास्नी बाहेक अरु कुन बिधिले काम गर्न सक्छ र ? भन्ने प्रश्न त्यतिवेला उठेको थियो। 

 
राजस्वसंग मात्र आफनो सरोकार रहेको बताउने र प्रधानमंत्रीको प्रत्यक्ष निगरानीमा चलेको राजस्व अनुसन्धान कार्यालय पथलैयाले फेरी पनि त्यही चीनीको गुणस्तर परिक्षण गर्न पठाएर के गर्न खोजेको भन्ने प्रश्न उठेको छ । 


सन २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना उल्लेख गरिएको छ । उल्लेखित मिति अनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामै समाप्त भएको छ ।

 
उपभोक्ता हित हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले राजस्व अनुन्धान कार्यालय पथलैयाले मुद्धा हेर्ने अधिकारी समक्ष कागजात र गाडी नपठाएर अपारदर्शी काम गरेको बताउनु भयो ।

 
एउटा कार्यालयले गुणस्तरहिन भनेको छ त्यती मात्र होइन उपभोग्य मिति समेत नाघेको प्रमाण दिएको अवस्थामा फेरी गुणस्तर मापन किन गरिएको हो ?  उपभोक्ता हित हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले प्रश्न गर्नु भएको छ ।   यसले अपारदर्शी खेल तर्फ संकेत गर्छ उपभोक्ताको हित प्रतिकूलको यस्तो काम सहन नगरिने उहाँले चेतावनी दिनु भयो ।

 

यो पनि पढनुहोस

प्रधानमंत्रीको नाकैमुनी चीनीको चास्नीमा कर्मचारी पौडिदै,सम्पूर्ण सिस्टम कोल्याप्स,भरोसा लायक कोही रहनेन

http://esimana.com/detail/3017/परधनमतरक-नकमनक-चनक-चसनम-करमचर-पडदसमपरण-ससटम-कलयपसभरस-लयक-कह-रहनन

 

जलेश्वर भन्सार बाट भित्रिएको ७२ टन अखाद्य चिनी बारे भन्सार बिभाग किन बोल्दैन ?

http://esimana.com/detail/2532/जलशवर-भनसर-बट-भतरएक-७२-टन-अखदय-चन-बर-भनसर-बभग-कन-बलदन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.