logo

अब म्यादी होइन निर्वाचन प्रहरी, सवा एक लाख भर्ना गर्ने सरकारको तयारी

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १६ गते ०२: ३१ मा प्रकाशित     469   पटक पढिएको

काठमाडौँ । निर्वाचन सुरक्षाका लागि भर्ना गरिने जनशक्तिलाई अब ‘निर्वाचन प्रहरी’ नामकरण गरिने भएको छ।

 

यसअघि नेपाल प्रहरी मातहत भर्ना हुने अस्थायी जनशक्तिलाई ‘म्यादी प्रहरी’ भनिँदै आएकोमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यसलाई ‘निर्वाचन प्रहरी’ का रूपमा परिचय दिन लागिएको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नाम परिवर्तनले कामप्रति अपनत्व र भूमिकाको स्पष्टता झल्किने बताए।

 

गृह मन्त्रालयका अनुसार ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ को मस्यौदा प्रहरी प्रधान कार्यालयले तयार गर्दैछ। निर्वाचन प्रहरी नेपाल प्रहरी मातहत रहनेछन् र उनीहरूको कार्यअवधि चयनदेखि मतपरिणाम नआउन्जेलसम्म गणना गरिनेछ।

 

निर्वाचन सुरक्षामा खटिने जनशक्तिलाई प्रहरी जवानको आधारभूत तलबमान अनुसार पारिश्रमिक दिइनेछ। सोही जिल्लामा कार्यरत जवानको स्केलअनुसार रासन भत्ता पनि प्रदान गरिनेछ। विगतका अभ्यासअनुसार पोसाक, सवारी भत्ता तथा यात्रा खर्च लगायतका सुविधा पनि उपलब्ध गराइने बताइएको छ।

 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरीलाई ४० दिनका लागि प्रतिदिन ८६९ रुपैयाँका दरले ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक, ७ हजार २० रुपैयाँ रासन भत्ता, हिमाली जिल्लामा न्यूनतम दरअनुसार अतिरिक्त रासन, ६ हजार रुपैयाँ पोसाक, १ हजार रुपैयाँ ज्याकेट, १ हजार रुपैयाँ यातायात खर्च तथा तीन दिनका लागि दैनिक ३०० रुपैयाँका दरले खाजा खर्च दिइएको थियो।

 

आगामी निर्वाचनका लागि करिब १ लाख ३० हजार निर्वाचन प्रहरी भर्ना गर्ने सरकारको तयारी छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सागढीबाट दुई थान सालको काठ र साइकल बेवारिसे अवस्थामा बरामद

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–८ रमौली टोलबाट प्रहरीले बेवारिसे अवस्थामा दुई थान सालको काठ र एउटा साइकल बरामद गरेको छ।

कृषि अनुसन्धानमा नयाँ गति थप्दै मधेशको निर्देशनालय, पूर्वाधार र राजस्व वृद्धिमा देखियो उपलब्धि

वीरगञ्ज । कृषि क्षेत्रको अनुसन्धान, उत्पादन वृद्धि र आधुनिक प्रविधिको विस्तारलाई केन्द्रमा राख्दै बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशले आफ्नो गतिविधि तीव्र बनाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.