वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।
स्व. सर्राफको तेस्रो स्मृति सभाको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित विशेष समारोहमा पत्रकार आशु सर्राफलाई पुरस्कृत गरिएको हो।
यात्रा डेली डटकमका डेस्क सम्पादक आशु सर्राफलाई २१ हजार रुपैयाँ राशिसहित प्रशंसापत्र प्रदान गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले दोसल्ला ओढाई सम्मानित गर्दै पत्रकारितामा उनको सक्रियता, प्रतिबद्धता र योगदान प्रशंसनीय रहेको बताएका छन्।
समारोहमा विभिन्न वक्ताहरूले स्व. नरेश सर्राफको पत्रकारिता यात्रालाई स्मरण गर्दै उनको सत्यनिष्ठा, पेशागत निष्ठा तथा मूल्य–मान्यताले नयाँ पुस्ताका पत्रकारलाई प्रेरणा दिएको उल्लेख गरे। उनीहरूको भनाइमा स्व. सर्राफले देखाएको मार्गदर्शन आजका पत्रकारका लागि सन्देशमूलक बनेको छ।
पुरस्कार वितरण कार्यक्रममा स्व. सर्राफका परिवारका सदस्य,नेपाली कम्युनिष्ट पार्टीका नेता बालगोपाल थापा, पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, सशस्त्र प्रहरी उपरिक्षक पुरन भट्ट ,नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने , मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा पर्साका अध्यक्ष ओमप्रकाश खानल प्रेस सेन्टर मधेशका अध्यक्ष निरज पिठाकोटे , समाजवादी प्रेस संगठनका नेता बृजलाल पासवान, मनोज पटेल संचारीका समुह मधेशका सचिव कविता खड्का लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूको भनाइ अनुसार, समारोहले स्व. सर्राफको स्मृति र पत्रकारिताप्रति उनको समर्पणलाई अझ सजीव बनाएको छ।
तपाईको प्रतिक्रिया