logo

सवेन्द्र खनालको टिम मलेसियामा सम्मानित

      10/13/2017 गते 00 00 मा प्रकाशित     982   पटक पढिएको

काठमाडौं, २७ असोज : 

                                  एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले फुटबल म्याच फिक्सिङको अनुसन्धानमा पुर्‍याएको  योगदानका लागि नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मानित गरेको छ । शुक्रबार मलेसियाको क्वालालम्पुरमा आयोजित एक समारोहमा म्याच फिक्सिङ अनुसन्धानको नेतृत्व गरेका महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख डिआईजी सर्वेन्द्र खनाल र डिएसपी सुदीपराज पाठकलाई एएफसीका महासचवि डाडो विन्डसोरजोनले सम्मानित गरेका हुन् ।

                                  औपचारिक कार्यक्रममा नेपाल प्रहरीलाई धन्यवाद दिँदै महासचिव विन्डसोरजोन भने, ‘नेपाल प्रहरीसँगको सहकार्य र प्राप्त नतिजाले एशियाली फुटबल जगतलाई अनुशासित राख्न महत्वपूर्ण काम भएको छ । हामी अधिकारी, प्रहरी र नेपाल सरकारबाट निरन्तर यस्तो सहयोगको अपेक्षा राख्दछौं ।’
                                     नेपाल प्रहरीको अनुसन्धानमा म्याचफिक्सिङमा संलग्न भएको पाइएपछि एएफसीले २०७२ असोजमा चार नेपाली खेलाडी र एक सहायक प्रशिक्षकलाई आजीवन प्रतिबन्ध लगाएको थिया । तत्कालीन नेपाली फुटबल टोलीका स्टार खेलाडीहरु सागर थापा, विकास क्षेत्री, सन्दीप राई, रितेश थापा तथा सहायक प्रशिक्षक अन्जन केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

                                      नेपाल प्रहरी, एएफसीले साझेदारी स्पोर्टट्रेडर तथा युनियन अफ युरोपियन फुटबल एशोसिएशन (युईएफए) ले एक वर्षसम्म म्याच फिक्सिङबारे अनुसन्धान गरेका थिए ।
                                      म्याच फिक्सिङ प्रकरणको अनुसन्धानमा तत्कालीन अपराध अनुसन्धान महाशाखाका एसएसपी खनाल (हाल डिआईजी) तथा इन्स्पेक्टर पाठक (हाल डिएसपी)ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

बिश्व प्रेस स्वतन्त्रता दिवसको  अवसरमा वीरगंजमा प्रभात फेरी,लोकतान्त्रिक समाजमा मात्र स्वतन्त्र प्रेसको रक्षा हुने बिश्वास ब्यक्त

वीरगन्ज। नेपाल पत्रकार महासंघ पर्सा शाखा वीरगन्जले शनिबार बिहान वीरगन्जमा प्रभातफेरी गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ।

मानव तस्करी गरेको आरोपमा सिन्धुपाल्चोकका लामा पक्राउ

वीरगन्ज । मानव तस्करी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक चौतरा नगरपालिका वडा नं १ का २३ वर्षिय सुवन लामालाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.