logo

कानूनमन्त्री चौरसियाद्वारा कालोपत्रे सडक शिलान्यास, बहुअवरीदेखि एकटाङ्गासम्म करिब ३ करोडको लागतमा सडक निर्माण हुँदै

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २२ गते ०९: ४६ मा प्रकाशित     582   पटक पढिएको

 वीरगंज । नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले पर्सा जिल्लाको बहुदरमाइ नगरपालिका वडा नम्बर–४ अन्तर्गत बहुअवरीदेखि एकटाङ्गासम्म निर्माण हुने कालोपत्रे सडकको शिलान्यास गरेका छन्।

\

 करिब ३ करोड रुपैयाँको केन्द्रीय बजेटमा निर्माण हुन लागेको सो सडकको लम्बाइ १६ सय मिटर हुनेछ।

 

 कार्यक्रममा मन्त्री चौरसियाले यातायात सहज बनाउन र स्थानीय जनताको जीवनस्तर उकास्न सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका थिए।

 

शिलान्यास कार्यक्रममा प्रदेश सांसद श्याम पटेल, पूर्व मेयर लोक नारायण यादव, नेपाली कांग्रेसका क्षेत्रीय सभापति महम्मद शहाबुद्दिन, सचिव रञ्जित पटेल, सरिफ मिया, इमाम हुसेन मिया, दिनेश यादव लगायत कांग्रेसका विभिन्न तहका नेताहरू तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

स्थानीयवासीहरूले उक्त सडक निर्माणपछि यातायातमा सहजता आउने, व्यापार विस्तारमा टेवा पुग्ने र विकासका सम्भावनाहरू खुल्ने विश्वास व्यक्त गरेका छन्। निर्माण कार्य छिट्टै सुरु भई निर्धारित समयसीमाभित्र सम्पन्न गरिने योजना रहेको जनाइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.