logo

होलीमा मासु व्यावसायीको मनपरीले सीमा नाघ्यो, उपभोक्ता भन्छन् राज्यविहिनताको महशुस भयो

      3/11/2020 गते 00 00 मा प्रकाशित     1179   पटक पढिएको

वीरगन्ज, २८ फागुन । मंगलबार होली परेपनि अधिकांशले माछामासु नखाने भएपछि बुधबार (आज) एकदिनपछि होली मनाएका तराईवासीले मासु पनि महंगोमा किन्नु परेको गुनासो गरेका छन् । बुधबार (आज) होली मनाउने भएपछि मासु किन्नेहरुको बिहानैदेखि मासु पसलहरुमा भीड लागेको थियो ।

माछामासु व्यवसायीहरुले भने चाडवाडको मौका छोपेर तोकिएको मूल्यभन्दा बढी मूल्यमा मासु विक्री वितरण गरिरहेको उपभोत्ताहरुले गुनासो गरेका छन् । यसअघि पनि  आपूmखुशी मूल्य निर्धारण गरेर खसीको मासु नौसय रुपैंया प्रतिकिलो विक्री गरेका मासु व्यवसायीहरुले आज होलीको मौका छोपेर एकसयदेखि दुईसय रुपैया बढी (एकहजारदेखि एघारसय सम्म) मा मासु विक्री गरिरहेको उपभोत्ताहरुले गुनासो गरेका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा बसेको उपभोक्तावादी संघसंस्था तथा सरोकारवालाहरुको बैठकले होलीमा माछामासुको मूल्य वृद्धि नगर्ने निर्णय गरेपनि स्थानीय प्रशासनको निर्देशन र निर्णयलाई समेत अटेर गर्दै माछामासु व्यवसायीहरुले मनलाग्दी मूल्यमा माछामासु विक्री गरिरहेका छन् । माछामासु व्यवसायीहरुले मनपरी ढंगले बढी मूल्यमा माछामासु विक्री वितरण गरिरहँदा पनि नियामक निकायले कारवाही गर्न नसकेकोमा उपभोत्ताहरुले भने व्यापक गुनासाहरु गरेका छन् ।

माछामासु व्यावसायीहरुले भने बजारमा अहिले मासुको माग बढेको र उपभोक्ताहरुको भीडबढी भएकोले आपूmखुशी उपभोक्ताले राम्रो मासु माग्दै सय पचास बढी दिएको बताएका छन् । आपूmखुशी मूल्य बढाएका माछामासु व्यवसायीहरुलाई होलीमा नौसय भन्दा बढीमा विक्री वितरण गर्न नपाउने निर्णय गरेपनि उनीहरुले आफैले लिखित सहमति जनाएको निर्णयको बर्खिलापमा उपभोत्तासँग बढी मूल्य लिएका छन् ।

उपभोत्तले महंगोमा मासु किन्न पर्दा समेत बजार अनुगमनमा भने सरोकारवाला निकाय मौन बसेका छन् । मुल्यबृदि गरेको जनगुनासो आएपछि यस सम्बन्धमा मासु व्यवसायी सघका सचिब ग्याँसु मिया देवानसङ्ग कुरा गर्दा उहाँले  मासु व्यवसायीलाई बढी मुल्य नलिई बिक्री गर्न भन्दा नमानेकोले प्रहरीलाई खबर गरि कार्वाही गर्न माग गरेको जवाफ दिएको उपभोक्ता हित संरक्षण मञ्च वीरगन्ज महानगरका अध्यक्ष अजित भुजेलले बताउनुभयो ।

उहाँले उपभोक्ता हित संरक्षण मञ्च बिरगंजले सबै नियमनकारी निकायसङ्ग सम्पर्क गर्दा कोही पनि जवाफदेही नदेखिएको बताउनुभयो । प्रशासनलाई जानकारी गराई सकेकोले अब उपभोक्ताले मासु खरिद गर्दा नौसय भन्दा बढी व्यावसायीले मागे नजिकको प्रहरीलाई उजुरी गर्न सक्ने भुजेलले बताउनुभयो ।

बजार अनुगमनमा स्थानीय तहको मात्रै दायित्व देखाएर संघीय सरकारको प्रतिनिधित्व गर्ने जिल्ला प्रशासन कार्यालय तथा जिल्लामा रहेका वाणिज्य तथा उभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायतका नियामक निकायहरुको पनि अनुगमनमा तदारुकता देखिएको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले भने चाडवाडको समयमा अनुगमनका लागि कर्मचारीहरु पनि नहुँदा बजारको अनुगमनमा प्रभाव परेको बताउनुभयो ।

उहाँले होलीमा कार्यालयमा कर्मचारी अभाव हुँदा अनुगमनमा पठाउन नसकिएको प्रतिक्रिया दिदै यसलाई नियमन गर्ने बताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्चले भने स्थानीय प्रशासनको उदासिनता र मासु व्यवसायीहरुको मनपरीतन्त्रको घोर विरोध गरेको छ । मञ्चका प्रदेश अध्यक्ष केसी लामिछानेले दिनदहाडै माछामासु व्यवसायीहरुले उपभोक्ता ठग्ने काम गर्दा पनि स्थानीय प्रशासनले कारवाही गर्न नसक्नु दुखद भएको बताउदै चाडवाडको नाममा उपभोक्ता ठग्ने व्यवसायीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरेका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.