logo

अखाद्य चिनी आयात गर्ने र भन्सार पास गर्नेलाई कारवाहीको माग 

      3/13/2020 गते 00 00 मा प्रकाशित     1596   पटक पढिएको

वीरगन्ज, ३० फागुन । खान अयोग्य चिनी आयात गर्ने र भन्सार पास गर्नेलाई कारवाही गर्न उपभोत्ता हित संरक्षण मञ्च बाराले माग गरेको छ ।


फागुन ११ गते अनुष्का मल्टिप्रपोज कम्पनी प्रालि कागेश्वरी मनोहरा काठमाडौंको नाममा जलेश्वर भन्सार कार्यालयबाट तीनवटा ट्रकमा आयात गरिएका ७२ हजार केजी चिनीको उपभोग्य मिति समाप्त भएको चिनी भन्सार कर्मचारीको मिलेमतोमा जाँच पास गरिएको र मानवीय स्वास्थ्यमा खेलवाड गर्ने काम गरेको भन्दै आयातकर्ता र भन्सार जाँचपास गर्ने दुवैलाई कारवाही गर्न माग गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च बाराका अध्यक्ष नरेश कुमार मोदकले आज लिखित रुपमा जिल्ला प्रशासन कार्यालय बारामा कारवाहीका लागि माग गर्नुभएको हो । जलेश्वर भन्सार कार्यालयबाट जाँचपास भई फागुन २५ गते नै चिनी लोड भएको ट्रक हिडेको जानकारी उपभोत्ता हित संरक्षण मञ्चले जानकारी पाएर पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयमा मौखिक जानकारी गराएपछि  सोही दिन राति १ बजे दुईवटा र हिजो एउटा ट्रक नियन्त्रणमा लिएको थियो ।

खाद्य गुणस्तर आयात निर्यात प्रमाणीकरण कार्यालयले आयातका लागि अयोग्य प्रमाणित गरेर पठाउँदा पठाउँदै पनि जलेश्वर भन्सार कार्यालयले जाँच पास गरेर नेपालको संविधानले मौलिक हकको रुपमा व्यावस्था गरेको उपभोत्ता हित विपरीत काम गरी उपभोक्ता संरक्षणको उल्लंघन गरेको भन्दै कडा कारवाहीको माग गरेको छ ।

त्यस्तै अनुष्का मल्टिप्रपोज कम्पनी प्रालिलाई पनि उपभोत्ता हित संरक्षण ऐन २०७५ बमोजिम कडा कारवाही गर्न साथै तीन ट्रक चिनी राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट न्यून विजकीकरणको मुद्दाको फैसलापछि चिनी नियन्त्रणमा लिएर नष्ट गर्न समेत माग गरेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला

काठमाण्डौ । काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला परेको छ ।

लागु औषध खैरो हिरोइन  सहित इनर्वाका अन्सारी पक्राउ

वीरगंज । लागु औषध खैरो हिरोइन  सहित  वीरगञ्ज महानगरपालिका वडा नं १६  ईनर्वाका २२ वर्षिय मुस्तुफा अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.