logo

बीरगंजका दुईमा कोरोना संक्रमण भेटिएन,परिक्षणकालागि थप अड्तीस जनाको स्वाब पठाइयो

      4/3/2020 गते 00 00 मा प्रकाशित     1052   पटक पढिएको

वीरगञ्ज २१ चैत ।
वीरगञ्जका दुईजनामा गरिएको परिक्षणमा कोरोना भाइरसको संक्रमण नेगेटिभ भेटिएको छ ।  दुईजनाको थ्रोट स्वाब परिक्षणकोलागि काठमाण्डौ पठाइएको  थियो  ।

 

कोरोना संक्रमणको आशंकामा पर्साको ठोरी गाउँपालिका–२ बाट वीरगञ्ज ल्याइएका युवक र उनको भाइको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । चैत १८ गते राति अस्पताल आइपुगेका उनीहरुलाई प्रारम्भिक जाँचपछि आईसोलेसनमा राखिएको छ ।


 परिक्षणको रिपोर्ट आएको छ नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.मदन उपाध्ययाले भन्नुभयो“रिपोर्ट नेगेटिभ छ ”। यो रिपोर्ट आएसंगै ठोरीका नागरिकले राहत महशुस गरेका छन । रिपोर्ट नेगेटिभ आएपनि उनीहरुको ट्राभल हिस्ट्री हेरिने डा.उपाध्यायले बताउनु भयो । उहाँले यो केशमा रिपोर्ट नेगेटिभ आएपनि सबैले सचेतना अपनाउनु पर्ने र सर्तक हुन समेत उहाँले आग्रह गर्नु भएको छ । 


बीरगंजको नारयाणी अस्पतालमा रहेको आइसोलेशन वार्डमा अहिले पनि पाँच जना उपचारकालागि राखिएका छन । त्यसमा पर्साका २ जना अन्य बारा र रौतहटका रहेको डा.उपाध्यायले जानकारी दिनु भयो ।

 

अस्पतालले आज ३ जनाको गरि ३८ जनाको थ्रोट स्वाब परिक्षणकोलागि केन्द्रीय प्रयोगशाला टेकुमा पठाएको उहाँले बताउनु भयो । बीरगंजमा रहेका क्वारेन्टाइनमा ४० भन्दा बढी ब्यक्तिहरुलाई राखिएको समेत उहाँले जानकारी दिनु भयो । 

आइसोलेशन बेड अरुको घोषणा, नारायणीमा निर्माण

नारायणी अस्पतालमा हाल ५ बेडेको आइसोलेसन छ । त्यसमा  २० बेड थप बनाइने भएको छ ।  ५० बेडको आइसोलेशन वार्ड भएको घोषणा गरेको नेशनल मेडिकल कलेजले बिरामीको भर्ना समेत लिन नमानेपछि नारायणी उपक्षेत्रीय अस्पतालमै बेड थप्न लागिएको हो ।

 

बीरगंजका निजी अस्पतालले सबै बिरामीलाई नारायणी अस्पतालमा पठाउन थालेपछि अस्पतालले बिरामीको चापको दवाव महशुस गरेपछि बेड बढाउने पहलकदमी लिएको हो । डा.उपाध्यायको यो पहलकदमीमा पर्साका क्षेत्र नं १ का सासद प्रदिप यादवको उल्लेखनीय सहयोग रहेको छ ।

 

आइसोलेशन बेड करिब ४८ घण्टामा तयार हुदैछ । भूकम्प टोर्नाडो जस्तो बिपत्तीमा भूइमै राखेर पनि उपचार हुन सक्थ्यो डा. उपाध्यायले भन्नु भयो “ कोरोना भाइरसको संक्रमीतकोलागि सम्बेदनशील उपचारकक्ष चाहिने भएकोले  आइसोलेशन बेड थप्नुको बिकल्प रहेन” । जग्गदम्बा ग्रुपमा सञ्चालक राजेश अग्रवाल र रुगंटावेल फेयरको आर्थिक सहयोगमा करिब १० लाखको लागतमा २० वेडको आइसोलेशन वार्ड स्थापना गर्न लागिएको हो ।

 

वार्डको धेरै काम सकियो । शनिवार सम्ममा दाताले हस्तान्तरण गरि सक्ने र सोमवार सम्ममा त्यसमा बिरामीलाई सारेर उपचार गरिने तयारी भइरहेको डा.उपाध्यायले जानकारी दिनु भयो ।


सजिलो बेलामा कमिशन दिएर बिरामी तान्ने बीरगंजका निजी अस्पताललहरुले संकटको बेलामा मानविय सम्बेदनहिनताको चरम नमुना प्रस्तुत गरेका छन ।

 

ढोकामा पुगेको बिरामीलाई उपचार नगरेर अमानीय रुपमा दुत्कार्दै निकालेका छन। ठिक यही अवस्थामा सरकारी अस्पताल भनेर गिज्याइएको नारायणी उपक्षेत्रीय अस्पतालको नेतृत्वले आँट गरेर नागरिकलाई मावीय ब्यवहार सहित उपचार दिने काम गरेको छ । जसले गर्दा  मध्य तराईका नागरिकमा आशाको संचार गराएको छ ।  

 अस्पतालका मेडिकल सुपरिटेन्ड मदन उपाध्यायले निजि अस्पतालहरुले ज्वरो रोगका बिरामीको उपचार गर्न रोकलगाए पछि रोगीहरुको चाप बढेको बताउनु भयो। रोगीहरुको चाप बढेपछि काहा राखेर उपचार गर्ने भन्ने दवाव पनि स्वभाविक रुपमा बढयो ।

उहाँले अस्पतालका सबै बिभाग खाली गर्ने सम्मको प्रस्ताव पर्साका प्रमुख जिल्ला अधिकारी सम्म राख्नु भयो । कुनै पनि हालतमा बिरामीको उपचार गर्ने ब्यवसायीक आचार सहिताको पानला गर्ने चिकित्सक डा.उपाध्यायको यो प्रस्तावले पूर्णता नपाएपछि थप बेड निर्माणको बिकल्पमा लाग्नु पर्ने भयो ।

 

 बिकल्पले २० बेडको आइसेलेशन वार्ड थपिने आधार बनायो । 
नेशनल मेडिकल कलेज बयोधा अस्पतालले  घोषणा गरेको  आइसोलेशनको ५४  बेडमा के हुदैछ भनेर अहिले कसैले प्रश्न गर्नेवाला पनि छैन । त्यो घोषणा दिनकोलागि थिएन प्रचारकोलागि थियो भन्ने आम मान्छेलाई परेको छ । त्यसैले नारयाणी उपक्षेत्रीय अस्पताल तर्फ नै आशाका नजरहरुले हेरिरहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.