logo

मरे मरे बचाउनुस भन्दै कराएका अग्रवालको प्राभइभेट केभिनमा बस्ने इच्छा अपुरै ,सातदिन न्यायीक हिरसातमा

      4/8/2020 गते 00 00 मा प्रकाशित     1558   पटक पढिएको

काठमाडौं २६ चैत  । पैसाकालागि प्रतिष्ठा दाउमा लगाउने कुरा कतिपयलाई सहजै हुन्छ । नेपाल जस्तो भ्रष्टाचार संस्थागत भएको मुलुकमा त अनधिकृत कारोवारका कारण पैसा कमाउनेहरुको सामाजिक प्रतिष्ठा पाउने संस्कृति छ ।

 

फूर्ती र शक्तिको उपयोग तिनैले गर्ने कुरा आम छ नै  । त्यसको पछिल्लो उदाहरण सुलभ अग्रवालको रुपमा बाहिरिएको छ । सुलभ नाम भएका तर असहज अवस्था सृजना गरेर धन जम्मा गर्ने समाज भित्र अरु पनि धेरै छन । 

जगदम्बा ग्रुपका अध्यक्ष सुलभ अग्रवाललाई पैसाको कमी थियो र ? संकटको घडीमा उनी कालो बजारी गर्दै हिडनु पर्यो ? यस्ता प्रश्न कतिपयको मनमा उठछ तर मुलुकले असहज र संकट परेको बेलामै कमाउन पल्केकाहरुकोलागि त यस्ता महामारी अवसर नै हुने गर्दछ । 

अग्रवाल किन समातिए?

सुलभ अग्रवाललाई प्रहरीले समातेर कालोबजारी नियन्त्रणमा भूमिका खेल्यो भन्ने लाग्ला तर प्रहरीको यो काममा एउटा इमान्दार प्रयत्न बाहेक अरु दक्षता भने देखिदैन । प्रहरीले परिचालन गरेको जनशक्तिले दिएको सूचनाका आधारमा अग्रवाल प्रहरीको हात लागेका होइनन ।

 

कुटनितिक नियोगको नम्बर प्रयोग गरेर काठमाण्डौ बिनाकुनै रोकटोक गाडी कुदाउदै आएका अग्रवालले कतिपय अवस्थामा प्रहरीको सलाम भेट्थे ।

 

त्यस्तो भिआइपीलाई प्रहरीले शंकाको आधारमा हेर्ने सम्मको दुष्साहस गर्ने कुरै थिए । कोरोना भाइरसको संक्रमणको फैलावट जुन गतिमा भएको छ त्यसको पहिचान नियन्त्रणकालागि बिभिन्न उपकरणको आवश्यकता त छदैछ । ज्वरो नाप्ने थर्मल गन अहिले देश भरिका स्थानीय तहहरुले किन्न खोजिरहेका छन ।

 

संसार भरि यसको खपत बढेकोले पर्याप्त पाउन पनि गार्हो छ । तर ठुला घरानकाले बढी लगानी गरेर अभाव सृजना गरेर ५ हजारको बस्तु १५ हजारमा बेच्ने काम हुने नै भयो ।

 

पश्चिम तिरका एक जना सप्लार्यसलाई थर्मल गन चाहियो  उता सप्लाई गर्न । अग्रवालसंग माल भएको उनले बुझेका थिए। अग्रवालसंग कुरा हुदा १५ हजारबाट एक पैसा नघटेपछि “अप्रेशन”को योजना तयार भयो । त्यसपछि मात्र प्रहरी क्रिेता बन्यो र अग्रवाललाई फन्दा पार्न सक्यो । 


अस्पतालमा बस्ने अग्रवालको जुक्ति 

अग्रवाललाई दरबारमार्गस्थित प्रहरी बृत्तको हिरासतमा राखेको छ । शुरुमा हिरासतभित्र छिर्नै नमानेका सुलभलाई प्रहरीले त्यहाँ छिराउन बल प्रयोग गर्नुपरेको थियो ।

हिरासतमा राखिएलगत्तै शुरु भयो, नाटक । उनको जुत्ता,मोजा र बेल्ट खोल्दै प्रहरीले मोबाइल,पर्स, घडीजस्ता सामान ड्युटी अफिसरको जिम्मा लगायो । अनि, सुलभ छाती समाउँदै कराउन थाले, ‘मरेँ मरेँ‘मलाई बचाउनुस्‘’

अग्रवालले नर्भिकमा लैजान भनेका थिए । तर प्रहरीले सरकारी अस्पताल र चिकित्सककोमा बाहेक निजीमा लान नमिल्ने बताएर उनको वतानुकुलित कक्षमा बस्ने धोको तुहाइदिए ।

यसो त मंत्री ठुला नेता  ब्यपारी र  प्रहरीकै उच्च पदस्थ अधिकारीले उनको सुविधाकालागि सिफारिश गरेका थिए । तर अदालतको आदेश बिना निजीमा लान नमिल्ने भएपछि अग्रवाल बीर अस्पताल पु्र्याइए ।

अग्रवाल सात दिन न्यायीक हिरसातमा 

व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।


थर्मल गनको कालो बजारी गरिरहेको अवस्थामा मंगलबार  प्रहरीले अग्रवाललाई नक्सालबाट समातेको थियो । 


शंकर ग्रुपका सन्चालक  नेपाल उधोग परिसंघका उपाध्यक्ष समेत रहेका अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ । यद्यपि उनले प्रहरीलाई प्रारम्भिक वयान दिँदा सो आरोप अस्वीकार गर्दै आएका छन् ।


उनले आफ्ना कर्मचारीहरुका लागि आवश्यक स्वास्थ्य सामग्री लकडाउन अघि नै काठमाडौंको न्यूरोडबाट किनेको बताएका छन् ।

उनी कूटनीतिक नियोगको गाडी चढेर स्वास्थ्य सामग्री बिक्रीका लागि नक्साल पुगेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीको दाबी छ ।

उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई विगो जफत र विगो बराबरको जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायँ हुने सुरक्षा स्रोतले बतायो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.