logo

प्रदेशको प्रशासनीक मुख्यालयमा छैन क्वारेन्टिन, उपमहानगर भूमिका बिहिन

      4/8/2020 गते 00 00 मा प्रकाशित     1035   पटक पढिएको


जनकपुरधाम २७ चैत
कोरोना महामारीको संक्रमणलाई रोक्न स्थानीय सरकारले महत्वपूर्ण काम गरिरहेका छन । तर प्रदेश २ को प्रशासनीक मुख्यालय रहेको जनकपुर उपमहानगरपालिकाले भने आफनो भूमिका देखाउन असफल भएको छ ।

 

उपमहानगरले आफनो प्रयासमा एउटा क्वारेन्टिन र आसोलेशन वार्ड बनाउन सकेको छैन । स्थानीय तहहरुले  विदेश तथा भारतबाट आएकाहरूलाई राख्न सबै स्थानीय तहले क्वारेन्टाइन स्थापना गरेको हुन्।

जनकपुरधाम उपमहानगरपालिकाले ‘लकडाउन’ तेस्रो चरणमा पुगिसक्दा समेत क्वारेन्टाइन स्थापना गर्न सकेको छैन।सबैभन्दा बढी बजेट रहेको जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकाले गरि दुई वटा स्थानीय सरकारले  क्वोरन्टिन बनाउन सकेका छैनन ।

पहिलो चरणको ‘लकडाउन’ लागू भएलगत्तै जनकपुरधामका मेयर लालकिशोर साह, उपमेयर रीताकुमारी मिश्रलगायत उपमहानगरपालिकाका पदाधिकारीहररू वडा नम्बर १४ स्थित मणिपाल कलेजको प्रयोगविहीन भवनमा क्वरेन्टाइन बनाइने भन्दै निरीक्षण गरेका थिए। तर लकडाउनको तेश्रो चरणमा आइपुग्दा समेत त्याहा क्वारेन्टिन बन्न सकेन । 


उपमहानगरले क्वारेन्टाइन बनाउन नसकेपछि वडा नं ७ का वडाध्यक्ष जानकीराम साहले ८ वेडको क्वारेन्टाइन बनाउनु भएको छ । साहले वडामा रहेको रामजानकी प्राथमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गर्नु भएको हो।

प्रदेशकै मुकामसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले क्वारेन्टाइन नबनाएपछि सामाजिक सञ्जालका साथै नगरवासीहरुको तर्फबाट आलोचना भइरहेको छ।

जनकपुर उपमहानगरपालिकाले भने स्थानीयको बिरोधका कारण क्वारेन्टिन बनाउन नसकेको स्पष्ीकरण दिएको छ । 


धनुषाको नगराईन नगरपालिका–५ गंगुलीमा प्रदेश स्वास्थ्य निर्देशनालयले ७५ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ भने ३२ बेड क्षमताको आइसोलेसन वार्ड बनाउने तयारी गरेको छ।

यसैगरी धनुषाधाम नगरपालिकाले ३८, गणेशमान चारनाथ नगरपालिकाले २४, सबैला नगरपालिकाले २५, मिथिला नगरपालिकाले १०, क्षिरेश्वरनाथ नगरपालिकाले ११ र विदेह नगरपालिकाले २५ वेडको क्वारेन्टाइन तयार गरिसकेको छ।

शहीदनगर नगरपालिकाले ३०, कमला नगरपालिकाले १५, मिथिला बिहारी नगरपालिकाले ७, हंसपुर नगरपालिकाले ११, जनकनन्दनी गाउँपालिकाले २०, बटेश्वर नगरपालिकाले २५, धनौजी गाउँपालिकाले १४, औरही गाउँपालिकाले १६ र लक्ष्मिनिया गाउँपालिकाले ७ बेड क्षमताको क्वारेन्टाइन तयार गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.