बीरगंज १ बैशाख ।
बीरगंजमा कोभिड अस्पतालमा संचालनमा आउने भएको छ । वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोभिड–१९ को संक्रमण देखिएपछि अस्पतालको आवश्यकता खडकिएको थियो ।
त्यही आवश्यकतालाई महशुस गरेर, वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्ने दोश्रो तहको कोभिड अस्पताल तत्काल बन्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मंत्रालयले कोभिड अस्पताल संचालन गर्ने निर्णय गरेर नरायाणी अस्पताललाई पत्राचार गरेको छ । नारयाणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्यायले पनि पत्रको प्रतिक्षामा रहेको जानकारी दिनु भयो ।
देशको मुख्य प्रवेशद्वार वीरगञ्जमा कोरोना विशेष अस्पतालको माग पहिलेदेखि नै हुँदै आएको हो । तर प्रदेश २ सरकारले बाराको कलैयास्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वर स्थित जिल्ला अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेकोेले बीरगंज छायामा परेको थियो ।
यस अघि बीरगंज महानगरपालिकाले गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पताललाई भाडामा लिएर कोरोना अस्पताल बनाउने विषय करिब–करिब टुंगोमा पुर्याएको थियो । तर प्रदेश सरकारले त्यसो नगर्न भनेपछि बीरगंज महानगरपालिका पछि हट्नुपरेको थियो।
तीन जनामा कोरोना भाइरसको संक्रमण फेला परेपछि बीरगंजमा भाइरस संक्रमणको जोखिम सतहमा आएको हो । त्यसले जोखिमको स्तरबढाएपछि बीरगंजमा कोराना उपचारको अस्थायी अस्पतालको आवश्यकता देखिएको हो । स्थानीय प्रशासनले यसको बिषयमा सम्बन्धीत मंत्रालयका सचिवसंग कुराकानी गरे पछि संघ सरकार अस्पताल खोल्ने निर्णयमा पुगेको हो ।
संघ सरकारले नारयाणी अस्पतालमा दोश्रो तहको कोभिड अस्पताल संचालन गर्ने भएको हो । दोश्रो तहको अस्पतालमा मध्यम र गम्भिर प्रकृतिका बिरामीको उपचार हुन्छ भने तेश्रो तहमा बहुबिज्ञ सेवा उपलब्ध हुने छ ।
बीरगंजमै नेशनल मेडिकल कलेजमा कोभिड क्लिनीक संचालनमा आउने छ ।
त्याहा हल्का खालको कारोना संक्रमणको उपचार हुन्छ । पहिला संघ सरकारले नारायणी अस्पतलालाई पनि कोभिड क्लिनीक संचालन गर्ने गरि छुट्टयाएको थियो ।
वीरगञ्जमा एक मात्र सरकारी नारायणी उपक्षेत्रीय अस्पताल हो । यहाँ एउटा मात्रै भेन्टिलेटर सुविधा छ भने कोरानाका सम्भावित विरामीलाई राख्न भनेर २५ वटा आइसोलेसन वार्ड बनाइएको छ ।
सरकारी निर्णयछि कुनै अवरोध आएन र सबै साधन र स्रोतको परिचालन गर्न सकेमा कोभिड अस्पताल संचालन गर्न कम्तिमा एक हप्ता लाग्ने नारयाणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्याय बताउनुहुन्छ ।
नारायणी अस्पताललाई नै कोरोना विशेष अस्पताल बनाए पछि त्याहा उपचारकालागि भर्ना रहेका बिरामीलाई अन्यत्र सार्नु पर्छ । अस्पताललाई शिल लगाउनु पर्छ । वतावरणीय रुपमा सरसफाई गर्नु पर्छ त्यस पछि अन्य कुराको ब्यवस्थापन आवश्यक पर्छ ।
नारायणी अस्पतालमा भएको जनशत्तिmले मात्र कोभिड अस्पताल संचालन सम्भव हुदैन डा. उपाध्यायले भन्नु भयो “मधुमेह,बच्चालाई स्तनपान गराउने वा अन्य रोग भएका स्वास्थ्यकर्मीलाई उपचारमा सहभागि गराउन मिल्दैन त्यसैले जनशक्ति ब्यवस्थापनको बिषय पनि हाम्रा चुनौतीपूर्ण छ” ।
जनशक्ति आपूर्तीमा स्थानीय प्रशासनले ठिक भूमिका निर्वाह गर्न सक्नु पर्ने अवस्था छ । अस्पतालको अहिलेको सेटअपमा परिर्वतन गर्नु पर्छ ।
दुईमात्र भेन्टिलेटर रहेको अस्पतालमा कम्तिमा २० वटा भेन्टिलेटर जडान हुनु पर्छ त्यही संख्यामा मोनिटरको आवश्यकता पर्छ । अन्य पूर्वाधार समेतको ब्यवस्था जरुरी हुन्छ । देर आए दुरुस्त आए भन्ने भनाईले सार्थकता पाएको कोभिड अस्पतालको नाारयणी सन्दर्भमा अन्य पूर्वाधार र सुरक्षा तथा क्लिनीकल उपकरणहरु बेलैमा आपूर्ती हुन सकोस ।
तपाईको प्रतिक्रिया