logo

निकृष्ट राजनीतिक खेलले महानगर बिचलीत हुदैन ,गुनासाका बारेमा बनायो शक्तिशाली छानविन समिति 

      4/30/2020 गते 00 00 मा प्रकाशित     1572   पटक पढिएको

बीरगंज १८ बैशाख ।

बीरगंज महानगरपालिकाले राहतको चामल डल्ला परेको,अखाद्य रहेको भन्ने गुनासो आएपछि त्यस बिषयमा छानविन गर्नकालागि छुट्टै समिति बनाएको छ ।

 

बीरगंज महानगरपालिकाका उपसचिव बरिष्ठ अधिकृत अरुण महतोको संयोजकत्वमा सुमन श्रेष्ठ र हरिशंकर सिंह रहेको समिति बनाएको महानगर  प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो । 

 


बीरगंज महानगरपालिका भित्र वडा नं १४ मा बुधवार राहत बितरणकालागि  ९ सय ५० किलो चामल पठाइएको थियो । त्यही चामल मध्य दुई तीन बोरामा चामल डल्लो परेको फेला परेको थियो । 

 


बीरगंज महानगरपालिकाले महानगर भित्र ३० हजार ५ सय घरपरिवारलाई राहतको ब्यवस्थापन गर्नु पर्छ । त्यसकोलागि चामल उत्पादन गर्ने उधोगहरुसंग खरिद सम्झैता भएको र सिधै वडाहरुमा चामल पुर्याउने गएिको छ ।

 

बुधवार पनि उद्योगबाट चामल सिधै वडामा पठाइएको थियो । एउटा एउटा बोरा चेकजाँच गरेर ल्याउन सम्भव पनि हुदैन प्रमुख सरावगीले भन्नु भयो “काम गर्दा कमजोरी भएको होला भन्ने ठानेर अखाद्य चामल आउदा फिर्ता गरेर फ्रेस चामल पठाउने गरेका थियौ । तर यसमा केही मान्छेलाई राजनीति गर्ने रहर जागेर आयो अव हामी पनि छानविन गर्छौ ।

 

राहत बितरणको समग्र प्रक्रिया छानविन गर्ने हो महानगर प्रमुख सरावगीले भन्नु भयो कुनै वडामा राहत लाने नवाड्ने बेचेर खाको समेतको गुनासो आएको छ यि र यस्ता सबै गतिबिधिलाई अव छानविनको दायरामा ल्याउछौ ।

 


उहाँले मानवीय रुपमा अन्जान बश भएका कमजोरीलाई आधार बनाएर कोरोना बिरुद्धको लडाईलाई राजनीतिक रंग दिएर कमजोर बनाउने प्रयास भएको छ त्यसबाट महानगर बिचलित नहुने बताउनु भयो । उहाँले मानवता बिरुद्धको यस्तो निकृष्ट कार्यको महानगर  घोर भत्र्सना गर्दछ भन्नु भयो ।  

 


लकडाउन छ । यत्रो नागरिकको ब्यवस्थापनको कुरा छ  । सबै ठाउमा जनप्रतिनिधि स्थानीय प्रशासन लागेर नागरिकको भोकको समस्यालाई काबूमा राख्ने प्रयास भइरहेको छ ।

 

तर केही मान्छेहरु जसलाई नागरिकको होइन आफनो राजनीतिक स्वार्थी अभिष्टको चिन्ता छ  । उनीहरु सामान्य मानवीय कमजोरीलाई मुद्धा बनाउन लागेको प्रति चिन्ता ब्यक्त गर्न थालिएको छ । 

 


वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वडा नं १४ मा बुधबार पठाएको ९ सय ५० किलो चामलमध्ये ३ वटा बोराको चामल डल्लो परेको भेटिएको स्वीकार गर्नु भएको छ । उहाँले त्यो चामल फिर्ता लगेर राम्रो चामल पठाउने प्रवन्ध गर्दा वडा नं १४ का वडाध्यक्ष भरत कुर्मीले चामल फिर्ता गर्नु भएन । 

 

उधोगहरु कम मजदुर संख्यामा चलाउन परेको छ । बोराहरुको उत्पादन छैन । यो असामान्य अवस्थामा करिब ५ सय टन चामल  किन्दा थोरै समस्या देखिनु स्वभाविक हो ।  

 

महानगर प्रमुख सरावगीले भन्नु भयो “सूचना पाएपछि त्यस्तो चामल वितरणको अनुमति  दिएका छैनौ तुरुन्तै फिर्ता गरेर नयाँ ल्याउनेगरी व्यवस्थापन गरेका छौं ।

 

वडा नं १४ मा अखाद्य भनी फेला परेको चामल महानगरले फिर्ता गर्नकालागि गाडी पठाउदा वडाध्यक्ष भरत कुर्मीले फिर्ता नदिएको र त्यसलाई मुद्धा बनाएका छन । राहत वितरणको अनुगमन गर्न वीरगञ्ज महानगरपालिकाले कार्यपालिका सदस्य अरबिन्द गुप्ता, सुशील साह कानु र निरञ्जन सर्राफ रहेको अनुगमन समिति पनि बनाएको छ।

 

अनुगमन समितिका सदस्य अरबिन्द गुप्ता वडा नं १४ बाट मात्रै गुनासो आएको बताउनु हुन्छ । उहाँले खात लगाएर राख्दिा पनि   पिंधमा रहेको चामलको बोरामा डल्लो पर्न सक्छ वा पानी परेर त्यस्तो भएको पनि हुन सक्छ ।

 

तीन वटा बोरामा देखिएको समस्या थियो तिल लाई पहाड बनाउने काम भएको उहाँको भनाई छ  । उहाँले पनि महानगरले अधिकार सम्पन्न छानविन समिति बनाएकोले त्यसको दायरामा आफूहरु पनि रहेकोले  अव छानवि पछि के गर्नु पर्छ त्यही बाटो महानगरले अख्तियार गर्ने बिश्वास ब्यक्त गर्नु भयो । वडा नं १४ फेला परेको चामलको नमुना परिक्षणकालागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा पठाइएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.