logo

निकृष्ट राजनीतिक खेलले महानगर बिचलीत हुदैन ,गुनासाका बारेमा बनायो शक्तिशाली छानविन समिति 

      4/30/2020 गते 00 00 मा प्रकाशित     1398   पटक पढिएको

बीरगंज १८ बैशाख ।

बीरगंज महानगरपालिकाले राहतको चामल डल्ला परेको,अखाद्य रहेको भन्ने गुनासो आएपछि त्यस बिषयमा छानविन गर्नकालागि छुट्टै समिति बनाएको छ ।

 

बीरगंज महानगरपालिकाका उपसचिव बरिष्ठ अधिकृत अरुण महतोको संयोजकत्वमा सुमन श्रेष्ठ र हरिशंकर सिंह रहेको समिति बनाएको महानगर  प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो । 

 


बीरगंज महानगरपालिका भित्र वडा नं १४ मा बुधवार राहत बितरणकालागि  ९ सय ५० किलो चामल पठाइएको थियो । त्यही चामल मध्य दुई तीन बोरामा चामल डल्लो परेको फेला परेको थियो । 

 


बीरगंज महानगरपालिकाले महानगर भित्र ३० हजार ५ सय घरपरिवारलाई राहतको ब्यवस्थापन गर्नु पर्छ । त्यसकोलागि चामल उत्पादन गर्ने उधोगहरुसंग खरिद सम्झैता भएको र सिधै वडाहरुमा चामल पुर्याउने गएिको छ ।

 

बुधवार पनि उद्योगबाट चामल सिधै वडामा पठाइएको थियो । एउटा एउटा बोरा चेकजाँच गरेर ल्याउन सम्भव पनि हुदैन प्रमुख सरावगीले भन्नु भयो “काम गर्दा कमजोरी भएको होला भन्ने ठानेर अखाद्य चामल आउदा फिर्ता गरेर फ्रेस चामल पठाउने गरेका थियौ । तर यसमा केही मान्छेलाई राजनीति गर्ने रहर जागेर आयो अव हामी पनि छानविन गर्छौ ।

 

राहत बितरणको समग्र प्रक्रिया छानविन गर्ने हो महानगर प्रमुख सरावगीले भन्नु भयो कुनै वडामा राहत लाने नवाड्ने बेचेर खाको समेतको गुनासो आएको छ यि र यस्ता सबै गतिबिधिलाई अव छानविनको दायरामा ल्याउछौ ।

 


उहाँले मानवीय रुपमा अन्जान बश भएका कमजोरीलाई आधार बनाएर कोरोना बिरुद्धको लडाईलाई राजनीतिक रंग दिएर कमजोर बनाउने प्रयास भएको छ त्यसबाट महानगर बिचलित नहुने बताउनु भयो । उहाँले मानवता बिरुद्धको यस्तो निकृष्ट कार्यको महानगर  घोर भत्र्सना गर्दछ भन्नु भयो ।  

 


लकडाउन छ । यत्रो नागरिकको ब्यवस्थापनको कुरा छ  । सबै ठाउमा जनप्रतिनिधि स्थानीय प्रशासन लागेर नागरिकको भोकको समस्यालाई काबूमा राख्ने प्रयास भइरहेको छ ।

 

तर केही मान्छेहरु जसलाई नागरिकको होइन आफनो राजनीतिक स्वार्थी अभिष्टको चिन्ता छ  । उनीहरु सामान्य मानवीय कमजोरीलाई मुद्धा बनाउन लागेको प्रति चिन्ता ब्यक्त गर्न थालिएको छ । 

 


वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वडा नं १४ मा बुधबार पठाएको ९ सय ५० किलो चामलमध्ये ३ वटा बोराको चामल डल्लो परेको भेटिएको स्वीकार गर्नु भएको छ । उहाँले त्यो चामल फिर्ता लगेर राम्रो चामल पठाउने प्रवन्ध गर्दा वडा नं १४ का वडाध्यक्ष भरत कुर्मीले चामल फिर्ता गर्नु भएन । 

 

उधोगहरु कम मजदुर संख्यामा चलाउन परेको छ । बोराहरुको उत्पादन छैन । यो असामान्य अवस्थामा करिब ५ सय टन चामल  किन्दा थोरै समस्या देखिनु स्वभाविक हो ।  

 

महानगर प्रमुख सरावगीले भन्नु भयो “सूचना पाएपछि त्यस्तो चामल वितरणको अनुमति  दिएका छैनौ तुरुन्तै फिर्ता गरेर नयाँ ल्याउनेगरी व्यवस्थापन गरेका छौं ।

 

वडा नं १४ मा अखाद्य भनी फेला परेको चामल महानगरले फिर्ता गर्नकालागि गाडी पठाउदा वडाध्यक्ष भरत कुर्मीले फिर्ता नदिएको र त्यसलाई मुद्धा बनाएका छन । राहत वितरणको अनुगमन गर्न वीरगञ्ज महानगरपालिकाले कार्यपालिका सदस्य अरबिन्द गुप्ता, सुशील साह कानु र निरञ्जन सर्राफ रहेको अनुगमन समिति पनि बनाएको छ।

 

अनुगमन समितिका सदस्य अरबिन्द गुप्ता वडा नं १४ बाट मात्रै गुनासो आएको बताउनु हुन्छ । उहाँले खात लगाएर राख्दिा पनि   पिंधमा रहेको चामलको बोरामा डल्लो पर्न सक्छ वा पानी परेर त्यस्तो भएको पनि हुन सक्छ ।

 

तीन वटा बोरामा देखिएको समस्या थियो तिल लाई पहाड बनाउने काम भएको उहाँको भनाई छ  । उहाँले पनि महानगरले अधिकार सम्पन्न छानविन समिति बनाएकोले त्यसको दायरामा आफूहरु पनि रहेकोले  अव छानवि पछि के गर्नु पर्छ त्यही बाटो महानगरले अख्तियार गर्ने बिश्वास ब्यक्त गर्नु भयो । वडा नं १४ फेला परेको चामलको नमुना परिक्षणकालागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा पठाइएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.