logo

पर्सा प्रहरी प्रमुखको धम्कीका कारण असुरक्षा बढ्यो,काम गर्ने वतावरण सहज बनाउन संघको माँग

      5/1/2020 गते 00 00 मा प्रकाशित     2653   पटक पढिएको

बीरगंज १९ ।
सुरक्षाकर्मीबाट धम्की खेप्नु परेको भन्दै बीरगंजका भंसार एजेन्टले सुरक्षाको बिश्वाशयोग्य बतावरण बनाउन सरकारसंग माँग गरेका छन ।

 

 संघका कार्यवाहक अध्यक्ष निर्मल प्रसाद कुर्मीले शुक्रवार एक बिज्ञप्ति जारी गरि आफूहरु पर्सा प्रहरीको नेतृत्वबाट डाराउनु पर्ने अवस्था आएको बताउनु भएको छ ।

 

ज्यान जोखिममा हालेर काम गरिरहेका भंसार एजेण्टहरुहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर पर्साका प्रहरी उपरिक्षकले भययुक्त अवस्था सृजना गरेको बिज्ञप्तिमा उल्लेख छ । 


सुरक्षाको प्रत्याभूती दिनु पर्ने सुरक्षा निकायले नै धम्की दिएको भनेर सार्वजनीक रुपमा टिप्पणी गरिएको यो बिषय आफैमा निकै चिन्तापूर्ण रहेको छ ।

 

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको छ । सरकारले यो लकडाउन संगै सीमापार ब्यापारलाई संचालन गर्न खास गरि अत्यावश्यक बस्तुको आयात गर्न ब्यवसायीलाई आग्रह नै गरेको छ ।

 

सरकारको यो आग्रहई सहज बनाईदिने काममा सुरक्षा निकायले भूमिका खेल्नु पर्नेमा ज्यान जोखिममा हालेर काम गर्नेहरुलाई हतोत्साही गर्ने पर्सा प्रहरीको कदम आलोचना योग्य  नै छ। 

 

अती आवश्यक खाधान्न,पेट्रोलियम पर्दाथ र औषधीजन्य बस्तु आयातमा भन्सार एजेन्टहरुलाई सघाउनु सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको भएपनि बेशाख १४ गते इनर्वा प्रहरी चौकीले  ईप्रन ४०७ का सहायक भन्सार एजेन्ट कर्मचारी लालबाबु यादवलाई नगद रकम सहित पक्राउ गरेको घटनाले सरकारी घोषणालाई प्रहरीले उल्लंघन गरेको देखिन्छ ।

 

कस्टम ड्युटी तिर्न जाँदा यादवसंग ११ लाख ५० हजार रुपैया थियो । त्यही रकमको स्रोत नखुलेको भन्दै पर्सा प्रहरीले मुद्धा चलाएपछि एजेन्ट संघले प्रहरीको यो कदम प्रति खेद ब्यक्त गरेको छ । 


नेपाल राष्ट्र बैँकले भन्सार प्रकृुयाको लागि रु .१० लाख सम्म नगद बोक्ने  अनुमति दिएको छ।गुड फर पेमेन्टको लागि बैँक जानै पर्छ । बैँक सचालन पनि दिनमा २ देखि ३ घण्टाको लागि समय निर्धारण गरिएको छ। एक जना एजेन्टले करिव चार वटा सम्म आयातकर्ताको  एक साथ सामान छुटाउने जिम्मेवारी लिएका हुन्छन  ।

 

यो अवस्थामा समान छुटाउकालागि संकलन गरेको पैसा एकमुष्ट देखिनु स्वाभाविक हो । यही कुरालाई स्रोतको हवला दिएर पर्सा प्रहरी प्रमुखले भययुक्त वतावरण बनाएको ब्यवसायीले टिप्पणी गरेका छन । 

 


यही बिषयमा भंसार प्रशासक ,एजेण्ट संघ र प्रहरीवीच भएको छलफलमा समेत प्रहरी प्रमुखले स्रोत नखुलेको पैसा फेला पारे अरुलाई पनि यस्तै कारवाही हुने भन्दै  ढाडो चेतावनी दिएपछि एजेन्टहरु झनै तर्सिएका छन ।

 

संकटकालीन अवस्थामा राज्यले आवहान गरेको  भावनालाई सम्मान गर्दै ज्यान जोखिममा राखेर राज्यलाई सेवा दिदै आएका आयातकर्ता र एजेण्टले त्रिपक्षीय बैठकमा समेत वतावरण बनाउन पहल गरे ।

 

बैठकमा पैसा दिएका ब्यपारीले हाम्रो पैसा हो भनेर स्रोत देखाए कागजपत्र देखाए तर प्रहरी प्रमुखले अदालतको बाटो देखाएर धम्कीपूर्ण भाषको प्रयोग गर्नु भयो ।

 

अनलाईन काम गर्न प्रहरी प्रमुखको जोड थियो तर उहाँकै ब्यवस्थापनमा बैकहरु तीन घण्टा भन्दा बढी समय खुल्दैनन । त्यती समयमा काम हुदैन । यस्तो अवस्थामा प्रहरीको अगाडि निरिह भएका भंसार कार्यालय, ऐजेण्ट संघ र आयतकार्ताहरुले समबन्धीत निकाय समक्ष वतावरण बनाउन माँग गरेका छन ।

      

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.