logo

नागरिकको जीवन प्रति सरकारहरु बेपरवाह,उनीहरुकै कारण प्रदेश २ मा अवस्था चिन्ताजनक,छपकैया क्षेत्रमा द्रुत परिक्षण आवश्यक 

      5/7/2020 गते 00 00 मा प्रकाशित     1142   पटक पढिएको

बीरगंज २५ बैशाख ।

बीरगंजा एकै परिवारका १७ जनामा कोरोजा भाइरसको संक्रमण देखिएपछि कोरना भाइरसको संक्रमणको प्रभाव समुदायमा बढेको निष्कर्ष निकाल्न थालिएको छ ।

 

बैशाख १७ गते बीरगंजको छपकैयाका ३६ वर्षिय युवामा संक्रमण पुष्टि भएपछि उनकै परिवारका थप १७ जनामा बैशाख २४ मा संक्रमण पुष्टि भएको हो । 

कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुमा लक्षण भने त्यस्तो केही पनि नदेखिएको चिकित्सकहरुले बताएका छन । ३६ वर्षिय ति युवा राजनीतिक रुपमा  सक्रिय र समाजसेवामा समेत संलग्न युवा हुन ।

 

राहत बितरणको अभियानलाई सहयोग पुर्याउन उनी आफनो वडामा खटेका थिए । उनको यो सक्रियताले वडाभरिका १ हजार भन्दा बढी नागरिकसंग “कन्टयाक्ट” भएको अनुमान गरिएको छ । उनको जनसम्पर्कका कारण पनि अहिले शिल गरिएको क्षेत्रमा द्रुत गतीमा परिक्षणको आवश्यकता छ ।

 

वैशाख १४ मा वडा न .३ का  ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो । महानगरका सरसफाइ नाइके रहेका ती व्यक्ति वडा ३ मा राहत वितरणमा समेत सक्रिय थिए ।

 

३६ वर्षिय ती युवक सरसफाइ नाइकेबाटै संक्रमित भएको चिकित्सकले आशंका गरेका छन् । चैत ३० मा कोभिड पुष्टि भएका तीन भारतीयको सम्पर्कमा आएको हुन सक्ने भन्दै ती सरसफाइ कर्मचारीको थ्रोट स्वाब परीक्षण गरिएको थियो । 


वीरगन्जमा बैशाख २४ मा  भेटिएका १७ संक्रमितको सम्पर्कमा आएका मध्ये ८१ जनाको पहिचान भएको छ । नारायणी अस्पतालले एउटै टोलमा बस्ने उनीहरूको थ्रोट स्वाब संकलनको तयारी थालेको छ ।

नारायणी अस्पतालमा जम्मा ४ सय भीटीएम छन् । वडा नं ३ को प्रत्यक घरधुरीलाई परिक्षणको दायरामा ल्याउनु पर्ने आवशकयता रहेको नारयाणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन कुमार उपाध्यायले बताउनु भयो ।

 

उहाँले भन्नु भयो“१ हजार भन्दा बढी भिटिएम माँग गरेका छौ सघं र प्रदेश सरकारले दिने त भनेका छन अहिले सम्म आएको चाही छैन ” । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नकालागि जाँचको दायरा बढाउनु पर्नेमा डा.उपाध्यायको जोड छ ।

 

उहाँले सरकारले घोषणा गरेको लकडाउन बढाउने र त्यसमा नागरिकले पालना गर्ने ,परिक्षणको दायरमा बढाउने  सबै सरकारको समन्वयकारी भूमिका हुनु पर्ने आम नागरिकले नैतीक सहयोग गर्नु पर्ने  बताउनु भयो ।

 

तीन तहको सरकारले नागरिकलाई प्रथामिकतामा राख्न नसकेका कारण पनि समस्या भयावह हुन्छ कि भन्ने चिन्ता बढेर गएको छ । प्रदेश २ मा बीरगंजको नारयाणी अस्पताल बाहेक अन्त कतै पनि कोरोना भाइरसको संक्रमणका बिरामी उपचार गर्ने गरि अस्पतालको ब्यवस्था हुन सकेको छैन ।

 

 लकडाउन घोषणाको ४५ दिन पुग्दा समेत अस्पतालको ब्यवस्था गर्न नसक्नुले सरकारी उदासिनतालाई बुझ्न सकिन्छ । बीरगंजमा एकै परिवारमा १७ जनालाई कोरोजा भाइरसको संक्रमण पुष्टि भएपछि नारायणी अस्पतालमा आइसोलेशन बेडको अभाव भएको छ ।

 

२५ बेडको तयारी गरिएकोमा अहिले २७ जना बिरामी उपचारगराई रहेका छन । यो वीचमा नारायणी अस्पतालको मातहतमा रहने गरि गण्डक अस्पताललाई उपयोग गर्ने कुरामा संघ सरकारले प्रदेश सरकारको सर्मथनको प्रतिक्षा गरिरहेको छ ।

 

त्यो दिएको देखिदैन । आफूले नगर्ने संघ सरकारलाई समर्थन समेत नदिने प्रदेश सरकारको यो नीतिले पनि समस्या पैदा गरेको छ । राजनीतिक अहम र बर्चस्वका कारण नागरिकलाई समस्यामा पर्ने प्रवृतिले प्रदेश २ लाई झन जोखिमपूणर्् बनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.