logo
Sunday, 25 May 2025, 8:30:37 pm

ठोरीको ठुटेखोला पुल आजबाट सञ्चालनमा,ठोरीवासीको सपना पुरा हुदै

      5/27/2020 गते 00 00 मा प्रकाशित     1021   पटक पढिएको


 ६ करोडकोलागतमा चार वर्ष अघि निर्माण भएको ठोरीको ठुटेखोला पुल आजबाट सञ्चालनमा आएको छ। पुल संचालन संगै ठोरीबासीको सपना पनि पुरा भएको छ ।

 

पूल निर्माण भएको ४ वर्ष बितेको थियो । तर पुल भएर हिड्न पाइएको थिएन । पुल संचालनमा आएपछि ठोरीबासी खुशी भएका छन ।  

    हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिकाको वडा नं २ र ३ को बीचमा पर्ने ठुटेखोला पुलको पूर्वतर्फबाट भारततर्फ गएको एउटा सिंचाइ कुलो पुरेर पुल सञ्चालनमा ल्याइएको हो।

 

चमरी होल–ठोरी हुलाकी सडक निर्माण कम्पनी बानियाँ कन्स्ट्रक्शनको टिपर चलाएर पुल सञ्चालनको सुरुआत गरिएको जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपानेले बताउनु भयो।


    पुलभन्दा पूर्वबाट भारततर्फ गएको दुईवटा सिंचाइ कुलोको कारण पुलमा सवारी पुग्न पाएको थिएन। दुईमध्ये एउटा कुलो पुरेर आज पुलमा सवारी चलाइएको हो।

 

अर्को एउटा कुलोमा हुलाकी सडक निर्माण कम्पनीले पक्की कल्भर्ट निर्माण गरेर भारततर्फ सिंचाइ पानी छोड्ने भएको छ।

 

यसअघि भारतीय कृषकहरूले दुईवटै कुलो पुर्न नहुने, दुवै कुलोमा कल्भर्ट निर्माण गरी सिंचाइ पानी छोड्नुपर्ने अडान लिंदै पुल सञ्चालनमा अवरोध पु–याएका थिए।

 

यता नेपालतर्फ ठोरी–३ रामनगरका कृषकहरूले भने भारततर्फ गएको सबै कुलो पुर्नुपर्ने अड्डी कसेका थिए।


    बितेको जेठ १० गते ठोरी १, २ र ३ को संयुक्त बैठक बसी भारततर्फको एउटा कुलो पुर्ने र अर्को कुलोमा कल्भर्ट निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज पुजनजीकैको एउटा कुलो पुरेको हो।
  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

पर्साका पटेर्वा सुगौली र जिराभवानी बिरुद्ध अख्तियारमा  शुून्य उजुरी

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षमा पर्साको पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकाको बिरुद्ध उजुरी परेको छैन । पर्साका अन्य स्थानीय तहका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  उजुरीको चाङ नै छ ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.