logo

प्रमाणपत्र मात्र सफलता प्राप्त गर्न पर्याप्त हुदैनः पूर्वराज्यमन्त्री अन्सारी

 इसीमाना सम्वाददाता     २०८२ जेठ ३१ गते ०५: २६ मा प्रकाशित     2078   पटक पढिएको

वीरगञ्ज । सफलताको लागि किताबी ज्ञान मात्र पर्याप्त नहुने भन्दै व्यवहारिक ज्ञान र व्यक्तित्व विकासका सीपहरू आवश्यक हुनेमा वक्ताहरूले जोड दिएका छन्।

 

वीरगञ्ज कलेजले बीबीएस प्रथम वर्षका विद्यार्थीका लागि आयोजना गरेको  “सञ्चार, आत्मविश्वास र सहकार्य”  सम्बन्धी “सफ्ट स्कील” तालिमको उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन्।

May be an image of 7 people and text that says 'BIRGUNJ COLLEGE Shreepu Birguri "THE POWER OF SOFT SKILLS: Training COMMUNICATION, CONFIDENCE & COLLABORATION" AFFILIATED TO: BBS Year DATE:2082-02-31 2082-02-31 DATE: 51-534360 6-534360,+9779855012037 9855032037 0١- . am বুট'

होटल भिस्वामा आयोजित कार्यक्रममा बोल्दै मधेस प्रदेशका पूर्वराज्यमन्त्री तथा प्रदेशसभा सदस्य रहबर अन्सारीले प्रमाणपत्र मात्र सफलता प्राप्त गर्न पर्याप्त नहुने भन्दै व्यक्तिका व्यक्तिगत गुण, सामाजिक व्यवहार, सञ्चार क्षमता र सहकार्य गर्ने सीपहरू अनिवार्य हुने बताए।

 

कलेज सञ्चालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले व्यक्तिगत गुण, सञ्चार शैली र सहकार्य क्षमताको विकास युवाहरूका लागि दीर्घकालीन सफलता प्राप्त गर्ने माध्यम हुने उल्लेख गर्दै, यस्ता तालिमहरू व्यवहारिक जीवनमा अत्यन्त उपयोगी हुने बताए।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी .लामिछानेले तालिममार्फत ज्ञान र सीप मात्र नभई सही सूचना प्राप्त गर्न पनि विद्यार्थी सक्षम बन्नुपर्ने बताए।

 

उनले सञ्चार सीपहरू विद्यार्थीको आत्मविश्वास बढाउने, स्पष्ट प्रस्तुति दिन सक्ने र निर्णय क्षमता विकास गर्ने उपाय भएको बताए। उनले संञ्चारसीप गुणात्मक बनाउकालागि सहि सूचनाको आवश्यकतामा जोड दिए । 

 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्याब्सनका सल्लाहकार प्रकाश उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत भाषण कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले गरेका थिए भने कार्यक्रममा सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, कलेजका शिक्षक, विद्यार्थी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.