logo

सशस्त्र प्रहरीलाई ठुलो सफलता ,स्रोत नखुलेको २२ लाख रुपैया सहित साह समातिए

      6/4/2020 गते 00 00 मा प्रकाशित     895   पटक पढिएको

सशस्त्र प्रहरीले  स्रोत खुलाउन नसकेको २२ लाख ४८ हजार नेपाली रुपैयाँ सहित बाहुदरमाई नगरपालिका– ५ भौराटार निवासी २० वर्षीय  प्रकाश साहलाई पक्राउ गरेको छ । 

पर्सा जिल्लाको पश्चिमी दक्षीणी सीमावर्ती छिपहरमाई गाउँपालिकाको भिस्वाबाट ना ४३प २८०२ नम्बरको मोटरसाइकल पैसा लिएर आउदै गरेको अवस्थामा बन्जारी भन्ने ठाउँमा प्रहरीले ति युवालाई  पक्राउ गरेको सशस्त्र प्रहरी पर्साका उपरिक्षक दीपेन्द्र कुंवरले बताउनु भयो ।

 

सशस्त्र प्रहरीका निरिक्षक हरि पराजुलीको कमाण्डमा खटिएको गस्ती टोलीले साहलाई पक्राउ गरेको हो ।

 

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीका अनुसार विशेष सूचनाको आधारमा बिहान साढे ९ बजेको समयमा चेक गर्दा ना ४३ प २८०२ नम्बरको मोटरसाइकलको ट्यांकीमा बनाइएको फल्स बटम भित्रबाट २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो ।

 

प्रहरीले साहलाई   नियन्त्रणमा लिएर चेक गर्दा २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो ।

पराजुलीले साह सहित  बरामद भएको पैसा आवश्यक कारवाहीकोलागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको बताउनु भयो ।  हजार, पाँच सय, सय र पचासका नोट बरामद भएका छन् ।

यसैगरी, भिस्वा प्रहरीले १० लाख नगदसहित छिपहरमाई गाउँपालिका, चेरगाहा टोल निवासी लालबाबू साहलाई पक्राउ गरेको छ। मोटरसाइकलमा सवार साहबाट स्रोत नखुलेको १० लाख नगद बरामद भएको र आवश्यक कारबाईको लागि जिप्रका, पर्सा पठाइएको भिस्वा प्रहरी चौकीले जानकारी गराएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला

काठमाण्डौ । काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला परेको छ ।

लागु औषध खैरो हिरोइन  सहित इनर्वाका अन्सारी पक्राउ

वीरगंज । लागु औषध खैरो हिरोइन  सहित  वीरगञ्ज महानगरपालिका वडा नं १६  ईनर्वाका २२ वर्षिय मुस्तुफा अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.