logo

चार जना स्वास्थ्यकर्मी र एक जना चालक सहित पर्सामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

      6/14/2020 गते 00 00 मा प्रकाशित     1236   पटक पढिएको

पर्सामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको डा. मदन कुमार उपाध्यायले बताउनु भएको छ ।

 

पर्साको पोखरिया नगरपालिकामा रहेको क्वारेन्टिनमा बस्दै आएका ३२ र ३६ वर्षीया महिलासहित २५, २२, ३५, ४५, २४, ३०, २४ र २९ वर्षका पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको छ । पोखरिया क्वारेन्टिनमा बस्दै आए पनि ३२ वर्षीया महिला वीरगञ्जको र २४ वर्षीय एक पुरुष बहुदरमाईका हुन  ।पोखरियामा संक्रमीत मध्य चार जना स्वास्थ्यकर्मी र एकजना एमबुलेन्सका चालक रहेका छन । अन्य चार जना भने क्वारेन्टिनमा आश्रय लिएकाहरु छन ।

 

त्यस्तै विन्दबासिनी क्वारेन्टिनमा रहेका सखु्वाप्रसौनी–३ का ४० वर्षीय र विन्दबासिनी–३ का २६ वर्षीय पुरुषमा, जिराभवानी क्वारेन्टिनमा बस्दै आएका जिराभवानी–१ शान्तिटोलका ३२ वर्षीय पुरुषमा, धोविनी क्वारेन्टिनका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

पर्सागढी नगरपालिका ४ बस्ने ३१ वर्षीया महिला, पटेर्वा सुगौली गाउँपालिका– २ लक्ष्मीपुरका ३७ वर्षीय र पटेर्वासुगौली– ५ निचुटा बस्ने २० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरुपनि  क्वारेन्टिनमा बस्दै आएका थिए ।

 

त्यस्तै बाराका ९ जना संक्रमित सबै पचरौताका छन् । पचारौताका २४, २३, २५, ३८, ३५, ३०, २४, १६ र ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

 


संक्रमीत मध्य पर्सामा ३ जना महिला छन् भने अरु संक्रमित सबै पुरुष हुन । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेट गर्नकालागि सम्बन्धीत निकायमा खवर पठाइएको डा. उपाध्यायले बताउनु भयो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पाँच करोडको लागतमा  चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.