logo

दुई जना कोरोना भाइरस जीतेर घर फर्किएसंगै गण्डकी प्रदेश संक्रमण मुक्त 

      4/24/2020 गते 00 00 मा प्रकाशित     1104   पटक पढिएको


बीरगंज  १२ बैशाख ।

गण्डकी प्रदेश कोरोना भाइरस संक्रमण मुक्त प्रदेश भएको छ ।  संक्रमण पुष्टि भएका गण्डकी प्रदेशका सबै जना उपचार पछि निको भएर घर फर्किएका छन ।

 

बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत १९ वर्षीया किशोरी अंशु सापकोटाको लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएको छ। उनको रिपोर्ट नेगेटिभ आएसंगै गण्डकी प्रदेश अहिलेलाई कोरोना संक्रमण मुक्त भएको हो । 

 

शुक्रबार गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। उनको बिहीबारको रिपोर्ट पनि नेगेटिभ थियो। नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्जको तयारी थालिएको छ।

 

यसैवीच झापाका ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै नेपलमा कोरोना संक्रमित संख्या ४९ पुगेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

सामाजिक सद्भाव र शान्तिका लागि सबै पक्षसँग राजनीतिक दलको अपिल

वीरगन्ज । धार्मिक एवम् सामुदायिक सद्भाव कायम गर्न पर्साका राजनीतिक दलहरुले अपिल गरेका छन् ।

सदभाव भड्काएको आरोपमा पक्राउ परेकाहरुलाई  ६ दिन न्यायीक हिरासतमा राख्न अदालतको आदेश

वीरगन्ज । सामाजिक सदभाव बिथोल्ने आरोपमा पक्राउ परेकाहरुलाई अनुसनधानकालागि प्रहरीले अदालतबाट म्याद थप गराएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.