logo

सुरक्षीत गर्भपतनको क्षेत्रमा राम्रो काम गर्न नसकिएको प्रमुख सिंहको स्वीकारोक्ती,हातेमालो गरेर अगाढि बढ्न अपिल

 इसीमाना सम्बाददाता      २०८१ असोज ६ गते १६: ३२ मा प्रकाशित     661   पटक पढिएको

वीरगञ्ज । बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सुरक्षित गर्भपतनको क्षेत्रमा महानगरले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरेका छन ।

 

स्वास्थ्य लाईभ डटकमले आइतवार वीरगन्जको होटेल मकालुमा आयोजना गरेको सुरक्षित गर्भपतन सम्बन्धी मिडिया सचेतना र जवाफदेहीता सम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन ।


उनले महानगरले बगही स्वास्थ्यकेन्द्र मार्फत सुरक्षीत गर्भपतन सम्बन्धी सेवा उपलब्ध गराउदै आएको जानकारी दिए । उनले आजको युवापीढीका वीचमा सुरक्षीत गर्भपतन सम्बन्धी सचेतना बढाउन आवश्यक रहेको चर्चा गरे ।

 

सुरक्षीत गर्भ पतन सम्बन्धी तथ्याकंहरु त छन उनले भने तथ्याकं केलाएरमात्र हुनै सुरक्षती गर्भपतन सम्बन्धमा ठोस नीति बनाएर काम गर्नु पर्छ जस्तो लाग्छ ।

 

उनले सचेतना जगाउन मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै बीरगंजलाई कर्मक्षेत्र बनाएर काम गर्नेहरु सबैजना एक ठाउँमा आउन आवश्यक रहेको बताए ।

 

वर्षमा एक पटक गोष्ठी संगोष्ठी गरेर होइन सचेतनाको कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा उनले जोड दिए । उनले गर्भपतनकालागि असुरक्षीत सेवा दिने त्यस्ता मेडिकल स्टोर छन जाहाबाट औषधीहरु बिक्री भइरहेका छन त्यसलाई नियन्त्रण गर्न महानगरले नसकेको चर्चा गर्दै प्रमख सिंहले यो बिषयमा पनि हातेमालो गरेर अगाढि बढ्न अपिल गरेका छन ।

 

उनले सूचनाको अभावका कारण पनि कतिपय कुरा प्रथामिकता पर्न नसकेको चर्चा गर्दै सूचना प्रणाली समेत बिकास गर्न आवश्यक रहेको बताए ।


नारायणी अस्पतालका प्रसुती रोग विशेषज्ञ डाक्टर मञ्जु रायले नेपालमा गर्भपतनको कानूनी व्यावस्था र उपलब्ध उपचार सेवा तथा हालसम्मको गर्भपतनको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

 

उहाँले नेपालमा २००२ देखि केही शर्तहरुको आधारमा गर्भपनतका लागि कानूनी मान्यता प्रदान गरेको र हालसम्म ७७ वटै जिल्लाका जिल्ला अस्पताल तथा सीमित स्वास्थ्य केन्द्रहरुमा गर्भपतनका सेवाहरु उपलब्ध रहेको बताए ।

औषधिद्वारा गर्भपतन गर्ने ७७ वटा जिल्ला अस्पतालका केही स्वास्थ्य संस्थाहरुमा र १२ हप्ता वा सो भन्दा माथिको गर्भपतनका लागि ३७ वटा स्वास्थ्य संस्थाहरुबाट सेवा उपलब्ध रहेको उनले बताए ।

स्वास्थ्य लाइभ डटकमका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस स्वास्थ्य निर्देशनालयका नर्सिङ अधिकृत आरती ठाकुर, वीरगन्ज महानगरपालिकाका जनस्वास्थ्य शाखाका अधिकृत अनिशकान्त कुश्वाहा लगायतले गर्भपतनको सेवा र अवस्थाको बारेमा प्रस्तुतीकरण  थियो । कार्यक्रमको सञ्चालन सुप्रिया साहले गरेकी थिईन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.