logo

सुरक्षीत गर्भपतनको क्षेत्रमा राम्रो काम गर्न नसकिएको प्रमुख सिंहको स्वीकारोक्ती,हातेमालो गरेर अगाढि बढ्न अपिल

 इसीमाना सम्बाददाता      २०८१ असोज ६ गते १६: ३२ मा प्रकाशित     502   पटक पढिएको

वीरगञ्ज । बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सुरक्षित गर्भपतनको क्षेत्रमा महानगरले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरेका छन ।

 

स्वास्थ्य लाईभ डटकमले आइतवार वीरगन्जको होटेल मकालुमा आयोजना गरेको सुरक्षित गर्भपतन सम्बन्धी मिडिया सचेतना र जवाफदेहीता सम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन ।


उनले महानगरले बगही स्वास्थ्यकेन्द्र मार्फत सुरक्षीत गर्भपतन सम्बन्धी सेवा उपलब्ध गराउदै आएको जानकारी दिए । उनले आजको युवापीढीका वीचमा सुरक्षीत गर्भपतन सम्बन्धी सचेतना बढाउन आवश्यक रहेको चर्चा गरे ।

 

सुरक्षीत गर्भ पतन सम्बन्धी तथ्याकंहरु त छन उनले भने तथ्याकं केलाएरमात्र हुनै सुरक्षती गर्भपतन सम्बन्धमा ठोस नीति बनाएर काम गर्नु पर्छ जस्तो लाग्छ ।

 

उनले सचेतना जगाउन मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै बीरगंजलाई कर्मक्षेत्र बनाएर काम गर्नेहरु सबैजना एक ठाउँमा आउन आवश्यक रहेको बताए ।

 

वर्षमा एक पटक गोष्ठी संगोष्ठी गरेर होइन सचेतनाको कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा उनले जोड दिए । उनले गर्भपतनकालागि असुरक्षीत सेवा दिने त्यस्ता मेडिकल स्टोर छन जाहाबाट औषधीहरु बिक्री भइरहेका छन त्यसलाई नियन्त्रण गर्न महानगरले नसकेको चर्चा गर्दै प्रमख सिंहले यो बिषयमा पनि हातेमालो गरेर अगाढि बढ्न अपिल गरेका छन ।

 

उनले सूचनाको अभावका कारण पनि कतिपय कुरा प्रथामिकता पर्न नसकेको चर्चा गर्दै सूचना प्रणाली समेत बिकास गर्न आवश्यक रहेको बताए ।


नारायणी अस्पतालका प्रसुती रोग विशेषज्ञ डाक्टर मञ्जु रायले नेपालमा गर्भपतनको कानूनी व्यावस्था र उपलब्ध उपचार सेवा तथा हालसम्मको गर्भपतनको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

 

उहाँले नेपालमा २००२ देखि केही शर्तहरुको आधारमा गर्भपनतका लागि कानूनी मान्यता प्रदान गरेको र हालसम्म ७७ वटै जिल्लाका जिल्ला अस्पताल तथा सीमित स्वास्थ्य केन्द्रहरुमा गर्भपतनका सेवाहरु उपलब्ध रहेको बताए ।

औषधिद्वारा गर्भपतन गर्ने ७७ वटा जिल्ला अस्पतालका केही स्वास्थ्य संस्थाहरुमा र १२ हप्ता वा सो भन्दा माथिको गर्भपतनका लागि ३७ वटा स्वास्थ्य संस्थाहरुबाट सेवा उपलब्ध रहेको उनले बताए ।

स्वास्थ्य लाइभ डटकमका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस स्वास्थ्य निर्देशनालयका नर्सिङ अधिकृत आरती ठाकुर, वीरगन्ज महानगरपालिकाका जनस्वास्थ्य शाखाका अधिकृत अनिशकान्त कुश्वाहा लगायतले गर्भपतनको सेवा र अवस्थाको बारेमा प्रस्तुतीकरण  थियो । कार्यक्रमको सञ्चालन सुप्रिया साहले गरेकी थिईन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.