logo

रौतहटको राजपुरमा हैजाको संक्रमण पुष्टि, सवारी आवतजावतमा बन्देज

      २०८१ असोज ७ गते १२: ४३ मा प्रकाशित     682   पटक पढिएको

रौतहट । रौतहटको राजपुर नगरपालिका वडा नं.३ र ४ मा जिल्ला प्रशासन कार्यालय रौतहटले अत्यावश्यक सेवा बाहेकका सवारी आवतजावतमा बन्देज लगाएको छ ।


सो क्षेत्रमा हैजाको संक्रमण फैलदो रुपमा देखा परेपछि स्थानीय प्रशासनले आवागमनमा रोक लगाएको हो ।

 

असोज ४ गत १६ जनाको स्याम्पल संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परिक्षणका लागी पठाइएको नमुनामा १२ जनामा हैजाको जीवाणु फेला परेको, राजपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खुर्शिद आलमले जानकारी दिए ।

 

अहिले झाडा पखालाबाट बिरामी हुनेको संख्या ६० भन्दा बढी भएको छ । ४० जना उपचार पछि घर फर्किएका छन ।


संक्रमण फैलिएको क्षेत्रमा माछामासु ओसार पसार तथा विक्रि समेत निषेध गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

maiking-400x220.jpg
जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट उक्त क्षेत्र भएर जानेआउने कार्य हालको लागि पूर्ण रुपमा बन्देज लगाउने निर्णय गर्दै सुरक्षा निकायलाई सहयोग गर्न नागरिकसंग अपिल गरेको छ । हैजा संक्रमण क्षेत्रमा सुरक्षाकर्मीले माइकिङ्ग सुरु गरेको छ ।

 

राजपुरमा हैजाको संक्रमण फैलिन थालेपछि नगरपालिकाले संघिय सरकार, मधेश प्रदेश सरकार तथा सरोकारवाला सबैलाई हैजा नियन्त्रण्मा सहयोगको अपील गरेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.