logo

बीरगंजको शिल क्षेत्रमा परिक्षण द्रुत पारिने,हजार जनाको थ्रोटस्वाब संकलनकालागि बिशेष टोली परिचालन 

      5/7/2020 गते 00 00 मा प्रकाशित     1398   पटक पढिएको

बीरगंज २५ बैशाख ।

बीरगंजमा एकै परिवारमा १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोरोना भाइरसको परिक्षणलाई बढाइने भएको छ । परिक्षण छिटो र द्रुत गतीमा गर्न सरकारले बिशेष टोली नै परिचालन गरेको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित फेला परेका संख्याको आधारमा जोखिम र संवेदनशील देखिएको बीरगंज लगायतका क्षेत्रमा थ्रोट स्वाबको नमूना संकलन गर्न विशेष टोली परिचालन गरेको छ।

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली स्वास्थ्य मन्त्रालयले बीरगंज नेपालगंज र उदयपुर  पठाएको स्वास्थ्य तथा जनसंख्या मंत्रालयका प्रवक्ता बिकास देवकोटाले जानकारी दिनु भयो ।

 


बीरगंज माहानगर को वार्ड नम्बर १,२,३ मा समुदाय स्तरमा कोरोना परिक्षणकोलागि पठाइएको टोली बीरगंजमा आइपुगेको छ । टोलीले कसरी काम गर्ने भन्ने बिषयमा आज बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीसंग छलफल गरेको छ ।

 

छलफलमा संघीय सरकार ,प्रदेश सरकार नेपाली सेना तथा बिश्व स्वास्थ संगठनको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

बीरगंजबाट एक हजार जनाको थ्रोट स्वाब परिक्षणकालागि संकलन गरिने छ । सरकारले परिचालन गरेको बिशेष टोली बीरगंजमा आइपुगेको छ ।  वीरगञ्‍ज महानगरपालिका–३ छपकैयामा हिजो एकै दिन २ महिने शिशुसहित १७ जनामा संक्रमण पुष्टि भएको थियो। 


देशभर हालसम्म पीसीआर विधिबाट १४ हजार ५०९ नमूना परीक्षण गरिएको छ। त्यस्तै आरडीटी किटबाट ५४ हजार ९३ नमूना परीक्षण गरिएका छन्। क्वारेन्टाइनमा आजसम्म १७ हजार ३७२ जना रहेका छन्।

 

मन्त्रालयले क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, साबुन पानीले हात धुने, मास्क प्रयोग गर्ने, सूचनाका लागि स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका सूचना हेर्न अनुरोध गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

सदभाव भड्काएको आरोपमा पक्राउ परेकाहरुलाई  ६ दिन न्यायीक हिरासतमा राख्न अदालतको आदेश

वीरगन्ज । सामाजिक सदभाव बिथोल्ने आरोपमा पक्राउ परेकाहरुलाई अनुसनधानकालागि प्रहरीले अदालतबाट म्याद थप गराएको छ ।

कांग्रेस महामन्त्री थापाद्वारा सरकारको तिब्र आलोचना, भन्छन कांग्रेस सरकार अदलबदलमा भने लाग्दैन

वीरगंज। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस नेकपा एमालेसँगको सहमतिमा प्रतिबद्ध रहेको बताएका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.