logo

नगरभित्रका संक्रमीतलाई होटेलमा आइसोलेटेड गर्ने पर्सागढी नगरपालिकाको निर्णय

      7/31/2020 गते 00 00 मा प्रकाशित     1601   पटक पढिएको

पर्सागढी नगरपालिकाले शुक्रवार जिल्ला प्रशासन कार्यालय पर्सालाई एक पत्र लेखेर नगरभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुलाई बीरगंजको होटेल कुमु प्यालेशमा आइसोलेशन गरिने जानकारी दिनु भएको  । 

 


नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत शालिकराम ढकालले लेख्नु भएको पत्र  अनुसार साउन १७ देखी नगरपालिका पनि अनिश्चितकालकालागि बिदा दिइएको जनाएको छ । 

 


पर्सागढी नगरपालिकामा ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा धेरै स्वास्थ्यकर्मीनै रहेका छन । स्वास्थ्यकर्मी संक्रमीत भएपछि नगरपालिका भित्र रहेका स्वास्थ्यसंस्थाहरु पनि बन्द भएका छन ।

 

संक्रमीत छ जनालाई एउटा स्वास्थ्य संस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनु भयो । स्वास्थ्यकर्मीको पनि अभाव रहेकोले उहाँहरुलाई सार्ने तयारी गरिरहेको उहाँले जानकारी दिनु भयो । उहाँले नगरभित्र आइसोलेशन निर्माण गर्ने बिषयमा समेत छलफल भइरहेको उहाँले बताउनु भयो ।

 

पर्सागढी नगरपालिकाले सूचना जारी गरेर बीरगंजको होटेलमा आइसोलेशन संचालन गर्ने सूचना जारी गरे पनि जिल्ला संकट ब्यवस्थापन केन्द्रलाई भने यो बिषयमा कुनै जानकारी नदिइएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । उहाँले होटेलमा आइसोलेशन संचालनको कुनै पनि खालको अनुमती नदिइएको बताउनु भयो । 


पर्सा जिल्लामा ६२ जना संक्रमीतहरु बीरगंजको गण्डक अस्पतालमा निर्माण गरिएको अस्थायी नारायणी कोरोना अस्पतालमा भर्ना गरिएका छन ।

 

अन्य १ सय २६ जना अस्पताल भन्दा बहिर रहेका छन । त्यस मध्य लक्षण नदेखिएका कतिपय ब्यक्तिहरु बीरगंजका होटेलमा आफै पैसा तिरेर आइसोलेटेड भएर बसेका छन । अस्पतालमा रहेका ६२ मध्य ३६ जनामा कोरोना भाइरसको संक्रमण पछि देखिने लक्षणहरु देखिएको चिकित्सकले जनाएका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

सदभाव भड्काएको आरोपमा पक्राउ परेकाहरुलाई  ६ दिन न्यायीक हिरासतमा राख्न अदालतको आदेश

वीरगन्ज । सामाजिक सदभाव बिथोल्ने आरोपमा पक्राउ परेकाहरुलाई अनुसनधानकालागि प्रहरीले अदालतबाट म्याद थप गराएको छ ।

कांग्रेस महामन्त्री थापाद्वारा सरकारको तिब्र आलोचना, भन्छन कांग्रेस सरकार अदलबदलमा भने लाग्दैन

वीरगंज। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस नेकपा एमालेसँगको सहमतिमा प्रतिबद्ध रहेको बताएका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.