logo

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

 इसीमाना सम्वाददाता     २०८० फागुन २६ गते ०१: १८ मा प्रकाशित     710   पटक पढिएको

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।


प्रतिवेदनका अनुसार २०२३ मा भारत शीर्ष १० देशहरूमा समावेश थियो , जहाँ आफैंमा पूर्ण तानाशाही वा निरंकुश शासन व्यवस्था थियो।

प्रतिवेदनमा भारत २०१८ मा चुनावी तानाशाहीमा तल झरेको र २०२३ को अन्त्यसम्म यो श्रेणीमा रहि रहेको उल्लेख छ ।

‘डेमोक्रेसी विनिंग एंड लूजिंग एट द बैलट ‘मतपत्रमा लोकतन्त्रको जित र हार’ शीर्षकको प्रतिवेदनमा भनिएको छ, ‘यस समूहका दशमध्ये आठ देश निरंकुशता सुरु हुनुअघि लोकतान्त्रिक थिए।

 

ति ८ मध्य कोमोरोस, हंगेरी, भारत, मौरिसस, निकारागुआ र सर्बियामा प्रजातन्त्र समाप्त भयो। २०२३ मा ग्रीस र पोल्याण्ड मात्र लोकतान्त्रिक रहे । लोकतन्त्रको पतनको यो आवृत्ति हालैको अध्ययनसँग मेल खान्छ भने ८० प्रतिशत लोकतन्त्रहरू निरंकुश हुन थालेमा पतन हुन्छन्।

यसमा भनिएको छ, ुवर्षौंदेखि भारतमा अधिनायकवादको प्रक्रियालाई राम्रोसँग अभिलेखन गरिएको छ । जसमा अभिव्यक्ति स्वतन्त्रतामा क्रमिक तर ठूलो गिरावट, मिडियाको स्वतन्त्रतामा सम्झौता, सामाजिक सञ्जालमाथि कारवाही , सरकारको आलोचना गर्ने पत्रकारहरूमाथि कारवाही, उत्पीडनलगायत छन्। जनता, नागरिक समाजमाथि आक्रमण र विपक्षीहरूलाई धम्की दिनेका सामेल रहेका छन।

प्रधानमन्त्री मोदीको नेतृत्वमा सत्तारुढ बहुलवाद विरोधी, हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले उदाहरणका लागि आलोचकहरूलाई मौन बनाउन देशद्रोह, मानहानि र आतंकवाद विरोधी कानूनको प्रयोग गरेको छ।

 

बीजेपी सरकारले २०१९ मा गैरकानूनी गतिविधि (रोकथाम) ऐन (युपिए)) लाई संशोधन गरेर धर्मनिरपेक्षताको लागि संविधानको प्रतिबद्धतालाई कमजोर बनायो।

रिपोर्टमा थप भनिएको छ, ‘मोदी नेतृत्वको सरकारले धार्मिक अधिकारको स्वतन्त्रतालाई पनि दबाइरहेको छ। राजनीतिक प्रतिद्वन्द्वी र सरकारी नीतिको विरोध गर्ने जनतालाई धम्की दिने र शैक्षिक क्षेत्रमा असन्तुष्टिलाई दमन गर्ने चलन अहिले व्याप्त भएको छ ।

 

यसअघि सन् २०२२ को प्रतिवेदनमा भारत तानाशाही देशको सूचीमा शीर्ष १० मा रहेको र त्यहाँको अवस्था झन् बिग्रने उल्लेख गरिएको थियो ।

 

यसअघि सन् २०२१ को प्रतिवेदनमा भारतमा २०१४ मा भाजपाको मोदी सरकार आएपछि र उनले हिन्दू-राष्ट्रिय एजेन्डाको प्रवद्र्धन गरेपछि लोकतन्त्रको स्तरमा ठूलो गिरावट आएको उल्लेख गरिएको थियो ।

द वायर.इनबाट अनुवादीत

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.