logo

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८२ सावन १२ गते ०८: ०६ मा प्रकाशित     1517   पटक पढिएको

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

 

आगामी दुई वर्षकालागि नेपालको अध्यक्षतमा २५ सदस्यीय नयाँ  कार्य समिति सर्वसम्मत चयन भएको हो  । 

 

 महाधिबेशनले महिला उपाध्यक्षमा ईश्वरा शर्मा र अन्य दुई उपाध्यक्षमा रामबहादुर पुन र ईन्द्रकमल राजभाटलाई निर्विरोध चयन गरेको छ भने महासचिबमा दिपक राउत , महिला सचिबमा रश्मी निरौला र सचिबमा दीर्कबहादुर मल्ललाई चयन गरेको छ । 

 

त्यस्तै कोषाध्यक्षमा सुरज खरेल र सह–कोषाध्यक्षमा बिनोद शाही, युवा संयोजकमा बिनेश थापा, महिला संयोजकमा सरिता पौडेल धमला चयन भएका छन् । 

May be an image of 15 people and text
लुभेनको क्षेत्रीय संयोजकमा रोजन भट्टराई, गेन्ट संयोजकमा सुमन कोइराला, आन्ट्रोप संयोजकमा अशोका केसी, ब्रसेल्स संयोजकमा शैलजा शर्मा सापकोटा, ब्रुगे संयोजकमा जीवन शर्मा र बेष्टण्डे संयोजकमाच कैलाश डाँगी चयन भएका छन् । 


त्यसैगरी सदस्यहरुमा ध्रुव सिंम्खडा, तुमलाल रञ्जन सिंम्खडा, टिका चापागाँइ, रमेश पौडेल, चाँदनी खड्का, आशिष गुरुङ र अनिता आचार्य चयन भएका छन् । 


आइसीसी सदस्यमा किशन के.सी. चयन भएका छन् । महाधिबेशन  गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता फणिन्द्र पन्तले ९२ देशका ८० हजार भन्दा बढि सदस्यहरु संगठनमा आवद्ध भएको स्मरण गर्दै संस्था गठनको पहिलो दशकमा संगठन निर्माण र दोश्रो दशकबाट रुपान्तरणको बाटोमा हिडेको बताए  । 

 


पन्तले आफु अनुकुल विधानको ब्याख्या र आफु हार्न नजानेकै कारण अहिले संस्थाहरुमा समस्या आएको बताए  ।  उनले भने लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया हो निर्वाचन हार जीत हुन्छ लोकतन्त्रको डम्फू बजाउनेहरुले हार स्वीकार गर्न पनि सक्नु पर्छ ।

May be an image of 7 people and people smiling

हार स्वीकार गर्न नसक्ने अतिवादका कारण आफू अनुकुल बिधानको ब्याख्या गर्ने प्रवृतिका कारण अहिले एनसीसीमा समस्या देखिएको उनले बताए । पन्तले  एनसीसीहरुलाई आ–आफ्नो देशमा बसेर काम गर्न स्वायत्तता प्रदान गरेता पनि केन्द्रलाई चिन्दिन, विधि विधान मान्दैनौ भन्ने एनसीसीहरुलाई पनि केन्द्रले नचिन्ने बताए  । 

 

प्रवासी नेपाली मञ्च, युरोपका सचिब शालिक थपलियाले विधान, प्रक्रिया  र पद्धती नमान्नेहरुको अभिष्ठ पुरा नहुने ठोकुवा गरे । बिशेष परिस्थितिमा भएको अधिवेशन प्रति ऐक्यवद्धता जनाउदे थपलियाले समाजलाई जोडन मंचले सहयोगीको भूमिका निर्वाह गरिरहने बताए । 


अधिवेशनमा महिला संयोजक अनुजा प्रधान , केन्द्रीय पर्यबेक्षक टिकाराम सापकोटा, केन्द्रीय सदस्य हरी भट्टराई  ,एनआरएनएका पूर्व केन्द्रीय प्रवक्ता शिव बरुवाल  ,एनआरएनए नेदरल्याण्डकी अध्यक्ष सब्वु पौडेल , पूर्व अध्यक्ष खड्कबहादुर के.सी.प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष अनिल थापा ,प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने  एनआरएनएकी पूर्व सदस्य सरु चापागाँइ, एनआरएनए बेल्जियमकी सल्लाहकार ईशा गुरुङ, पासा पँुच बेल्जियमकी मुना ताम्राकार, अनेसास बेल्जियमका पूर्व अध्यक्ष एवं साहित्यकार विमल गिरी, एनआरएनए नेदरल्याण्डका महासचिब सुजन कटवाल लगायतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए । 


कार्यक्रमको दोश्रो शत्रमा महासचिब रुविना शर्माले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिईन ।  महासचिब शर्माले १० औं अधिबेशन रुपान्तरणको अधिबेशन भएको हुँदा अवको कार्यसमितिले रुपान्तरणको पक्षमा योजनाबद्ध तरिकाले काम गर्न सुझाब व्यक्त दिइन । 


शर्माले भनिन ‘राष्ट्र चलाउन संविधान चाहिन्छ भने संघसंस्था चलाउन विधान । एनआरएनए बेल्जियम विधान विपरित संचालन भएको हुँदा आज संस्था र समुदायको यो अवस्था आएको हो’ । 

May be an image of 12 people, people smiling and text
शर्माले दुई बर्षको अवधिमा आफु नेतृत्वबाट प्रताडित हुनुपरेको बताउँदै यस्तो अवस्था नआउन बिचारको सम्मान र विधिबाट संचालन हुनु पर्ने बताइन । उनले अव एनआरएनए बेल्जियम रुपान्तरणको बाटोमा अगाडी बढ्नु पर्ने सुझाव दिईन ।

 

नेपाली राष्टिय गानबाट शुभारम्भ भएको उद्घाटन कार्यक्रममा स्वागत भाषण समितिकी सचिब ईश्वरा शर्माले गरेकी थिइन भने कक्षा तीनमा अध्ययनरत सुहाना कट्टेलले नृत्य प्रस्तुत गरेकी थिईन । 

अध्यक्षको प्रतिवद्धता

नव निर्वाचित अध्यक्ष लोकेन्द्र नेपालले विभिन्न उतार चढावका बाबजुद आफू जिम्मेवारीमा आईपुगेको बताउँदै आगामी दिनमा समाज र सदस्यहरुको भावनालाई आत्मसाथ गर्दै संस्थाको लक्ष्यमा पुग्ने प्रतिवद्धता जनाए  । 


उनले बेल्जियमको समाजलाई एकिकृत रुपले अगाडि बढाउन प्रयत्नशील रहेको बताउँदै अवको कार्यसमिति नियम संगत रुपले अगाडि बढ्ने आश्वासन दिए । 

आफ्नो कमजोरी नदेख्ने प्रबृति कै कारण एनआरएनए बेल्जियम यो अवस्थामा आईपुगेको उनको ठहर छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.