जनकपुर । मधेस प्रदेश सरकारले मंसिर ९ गते (मंगलबार) सार्वजनिक बिदा दिने भएको छ।
विवाह पञ्चमीको अवसरमा बिदा लागू गर्ने निर्णय आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, जनकपुरधामले सोमबार जारी गरेको सूचनामार्फत सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार २०८१ साल चैत २२ गते प्रकाशित प्रदेश राजपत्रमा समावेश बिदा व्यवस्थाअनुसार विवाह पञ्चमीका दिन प्रदेशभरका सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहनेछन्।
मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालले जारी गरेको सूचनामा नागरिक तथा विभिन्न कार्यालयहरूलाई आवश्यक जानकारीका लागि बिदासम्बन्धी सूचना सार्वजनिक गरिएको उल्लेख छ।
विवाह पञ्चमीका मुख्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू जनकपुरधाममा हुँदै आएका छन्। बिदासँगै मंगलबार सम्पूर्ण प्रदेशमा सार्वजनिक कार्यालयहरू बन्द रहनेछ।

तपाईको प्रतिक्रिया