logo

उम्मेदवार चयनकालागि नयाँ शक्तिले बनायो कार्यदल

      5/21/2017 गते 00 00 मा प्रकाशित     1179   पटक पढिएको

बीरगंज ७ जेठ ।नयाँ शक्ति पार्टीको पर्सा जिल्ला कमिटीले ७ सदस्यीय कार्यदल निर्माण गरेको छ । कार्यदलले जिल्लाको स्थानीय तहकोनिर्वाचनकोलागि उम्मेदवारहरुको सिफरिश गर्ने छ । पार्टीका पर्सा संयोजक बलिराम साहको अध्यक्षतामा बसेको बैठकले कार्यदल निर्माण गरेको प्रचार समितिका संयोजक तवरेज अहमदे जानकारी दिए । बैठकमा पर्सा जिल्लामा पार्टीको अवस्था राजनीतिक शक्ति संन्तुलन र सांगठानिक कामको बारेमा छलफल भएको थियो । कार्यदलमा पार्टीका संयोजक बलिराम साहले संयोजकको भूमिका निर्वाह गर्ने छन । सदस्यहरुमा तवरेज अहमद ,योगेन्द्र साह,मुकेश दिवेदी,राजदेव पासवान,सुवोध पाण्डे लगायतका रहेका छन । बैठकले संगठनको हित बिपरित काम गरेको भन्दै मुरली मनोहर मुतरिकालाई पार्टीको साधारण सदस्यताबाट समेत निष्काशन गर्ने निर्णय गरेको छ । बैठकले तवरेज अहमदको संयोजकत्वमा प्रचार तथा घोषणा मस्यौदा समिति फैयाज अहमदको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति  र राजदेव पासवानको अध्यक्षतामा आर्थिक परिचालन समिति निर्माण गरेको छ । बैठकमा पार्टीका प्रदेश नं २ का इन्चार्ज महेन्द्र पासवानको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

पर्सा प्रहरीद्वारा भारी परिमाणमा चरेश बरामद,तस्करीको संजाल तोडी छाडने एसपी मिश्रको उद्घोष

वीरगन्ज । पर्सा प्रहरीले एक मालबाहक ट्रकबट ३१९ किलो लागु औषध  चरेश बरामद गरेको छ।

आर्थिक पत्रकारिता सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न

वीरगंज । नेपाल धितोपत्र बोर्डको आयोजनामा र नेपाल पत्रकार महासंघ, पर्साको सहकार्यमा एक दिने अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.