logo

लेखीद्वारा भएको लेखीको नियुक्ति नसच्याए आन्दोलनमा उत्रने आम सांस्कृतिक मोर्चाको  चेतावनी

 इसीमाना सम्वाददाता     २०८२ असार १३ गते ०९: २७ मा प्रकाशित     368   पटक पढिएको

जनकपुरधाम । चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डको अध्यक्षमा भएको नियुक्तिको बिषयलाई राजनीतिक दलका नेताहरुले पनि आलोचना गर्न शुरु गरेका छन ।

 

यद्धपी नियुक्तिको बिषय अदालतमा पनि प्रवेश गरेको छ । अदालतले मधेश प्रदेश सरकारको गृह  संचार तथा कानून मन्त्रालयलाई  कारण देखाउ आदेश जारी गरेको छ । 


मुद्धा अदालतमा बिचाराधिन भएपनि राजनीतिक संगठनले बिरोध गर्न भने छोडेका छैनन । सरकारले नियुक्त गरेको अध्यक्षको योग्यताको बिषयमा प्श्नहरु उठाइएको छ । 

 

पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य तथा आम सांस्कृतिक मोर्चाका केन्द्रीय इन्चार्ज विजय यादव ‘निर्विज’ ले मधेश प्रदेश सरकारले चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डको अध्यक्षमा किशोर कुमार लेखीलाई नियुक्त गरेकोमा गम्भीर आपत्ति जनाएका छन्।

 

यादवले लेखीको नियुक्तिको आधार र योग्यतामाथि प्रश्न उठाउँदै तत्काल सच्याउन माग गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गर्दै यादवले गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीका भाइ भएकै आधारमा किशोर कुमार लेखीलाई नियुक्त गरिएको आरोप लगाएका छन्।

 

 यद्धपी लेखीले यस्तो आरोपको प्रतिवाद गर्दै आएका छन । यादवले उनले किशोर कुमार लेखीलाई चलचित्र, नाट्य, संगीत वा साहित्य कुनै पनि विधामा अनुभव नभएको व्यक्ति भन्दै यस किसिमको नियुक्तिले प्रदेश सरकारको सुशासनको नारामाथि प्रश्नचिह्न खडा गरेको बताएका छन्।

 

यादवले मधेश प्रदेशमा सक्षम कलाकार तथा संस्कृतिविद्हरूको अभाव नहुँदा नहुँदै पनि अनुभवहीन व्यक्तिलाई नियुक्ति गरिनुले ‘कार्यकर्ता भर्ना’को प्रवृत्ति देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले मुख्यमन्त्री सिंहलाई यस विषयमा तत्काल ध्यानाकर्षण गराउँदै यदि यो नियुक्ति नसच्याइएमा आम सांस्कृतिक मोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

भानु जयन्तीकाे अवसरमा साहित्यकार लाठ र अधिकारीका कृति पुरस्कृत

वीरगञ्ज । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीमा एक कार्यक्रम सम्पन्न भएकाे छ ।

नेकपा एमालेको मधेश प्रदेशको चोथौ बैठक, खानेपानीको वैकल्पिक व्यवस्था गर्न  केन्द्रीय ‌प्रदेश र स्थानीय सरकारसँग माँग

वीरगंज नेकपा (एमाले) मधेस प्रदेश कमिटीको चौथो बैठकले  मधेस प्रदेशमा लामो समयदेखि आवश्यक पानी नपरेको कारण मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी सिंचाई तथा खानेपानीको वैकल्पिक व्यवस्था गर्न आवश्यक बजेट परिचालन गर्न केन्द्रीय ‌प्रदेश र स्थानीय सरकारसँग माँग गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.