logo

राष्ट्रको समृद्धिको लागी अश्वमेध महायज्ञमा दीप बालियो

      3/5/2019 गते 00 00 मा प्रकाशित     1172   पटक पढिएको

वीरगंज,२१ फागुन ।
नेपालको लागि वीरगंजमा पहिलो पटक भइरहेको चार दिने अश्वमेध महायज्ञमा मंगलवार एकै साथ लाखौ दियो बालिएको छ ।

महायज्ञ समाप्तीको पूर्व सन्ध्यामा राती साढे ७ बजे यज्ञस्थल तथा नेपाल भारतका घरघरमा ‘ दीपप महायज्ञ’ स्वरुप दीप प्रज्वलन  गरेको महायज्ञ आयोजक मुल समितिका अध्यक्ष डा.उपेन्द्र महतोले बताए ।

 

उनले पूर्व सूचना अनुसार प्रति व्यक्तिले ५/५ वटा दीप बाल्ने कार्यक्रम अनुरुप लाखौ दीप बालिएको बताए ।


मुल समितिका संयोजक तथा वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले महायज्ञ समितिले मात्र २४ हजार दियोको व्यवस्था गरेको र बाकी हरेक सहभागीले ५ वटा दियो लिएर आएको हुनाले महायज्ञमा मात्रै १ लाख भन्दा बढि दियो बलेको बताएका छन् ।

 

साथै,उनले पर्सा,बारासंगै नेपालको अन्य ठाउँमा दियो बाल्ने कार्यक्रम बारेपनि जानकारी गराइएकाले घरघरमा नेपाल–भारतमा लाखौ दियो बलेको हुन सक्ने दाबी गरे ।उनले शुरुमा २ करोड रुपैयाको खर्च अनुमान गरिए तापनि श्रद्धालु भक्तजनको सख्या तथा खर्चमा पनि वृद्धि हुन सक्ने अनुमान गरेका छन् ।

 

चार दिनमा ५ लाख सहभागी आउने अपेक्षा गरिए तपानि खराब मौसमको कारण भारतको थुप्रै ठाउबाट सहभागी आउन नसकेको तर पनि तीन दिनमा करिब २ लाख भक्तजन सहभागी भइसकेको उनले जानकारी दिए ।


दिप प्रज्वलनका पुर्व अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्याका छोरा तथा देव विश्व विद्यालयका उपकुलपति चिनमय पाण्ड्याले कथा प्रवचन गरेका थिए ।

 

उनले आफनो प्रवचनमा दिप भनेको प्रकाशको प्रतीक भएकोले जीवनमा भगवानसंग श्रद्धा वृद्धि गर्न दियो बालेर आफनो जीवनको अन्धकार हटाई प्रकाशमय जीवनको कामनाको लागि हिन्दू धर्ममा दियो बाल्ने चलन रहेको बताएका थिए ।सामुहकि दीप महायज्ञले सबैको कल्याण,राष्ट्रमा समृद्धि तथा दीर्घ जीवनको लागि महा मृत्युन्जय मन्त्रको वाचन पनि गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

गैरकानुनी ढंगबाट आर्जन गरेको भन्दै बिशेष अदालतमा गौतम बिरुद्ध मुद्धा दायर

काठमाण्डौ । यातायात व्यवस्था कार्यालय वीरगंजका तत्कालीन प्रमुख विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.